झापा, ६ बैशाख । झापाको शिवसताक्षी नगरपालिकामा जंगली च्याउ खाँदा आज एक जना महिला बिरामी भएका छन् ।
शिवसताक्षी नगरपालिका–११ बस्ने रोशन राईको श्रीमती ३५ वर्षीया चन्द्रकुमारी राईले जंगली च्याउ खाएर बिरामी भएकी हुन् । जंगली च्याउ टिपेर घरमा ल्याएर पकाएर खाएकोमा बिरामी भई उपचारका लागि लाइफ लाइन अस्पताल दमक लगिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । हाल महिलाको अवस्था बोल्न सक्ने मध्यम रहेको छ ।
Facebook Comments Box


