झापा, ७ बैशाख । अमेरिकाले ‘डिपोर्ट’ गरेका तीन जना नेपाली शनिबार काठमाडौँ आइपुगेका छन् ।
अमेरिकी चार्टर्ड विमान जीभीएन १७६ एसएम नम्बरको अमेरिकी जहाजमार्फत् डिपोर्ट हुनेमा चापागाईं, चौधरी र बुढा थरका एक–एक जना रहेका अध्यागमन कार्यालयले जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिअनुसार पुनः तीन जना नेपाली डिपोर्ट भएका हुन्।
यसअघि गएको फागुन २१ गते अमेरिकाले डिपोर्ट गरेका आठ जना र त्यसअघि पनि २७ जना नेपालीलाई लिएर अमेरिकी चार्टर्ड विमान नेपाल आएको थियो। डिपोर्ट भएका नेपालीलाई अमेरिकाको कानुन अनुसार अमेरिकाले नै कारबाही र जरिवाना गर्ने भएकाले नेपालमा भने उनीहरुलाई कुनै कारबाही हुनेछैन। पहिलो चरणमा अवैध रुपमा अमेरिकामा बस्दै आएका १४ लाख ४५ हजार ५ सय ४९ जना आप्रवासीलाई देश निकाला गर्ने तयारी अमेरिकी प्रशासनले गरेको छ।


