झापा, ७ बैशाख । बंगलादेशमा एक हिन्दु नेताको अपहरण गरी हत्या गरिएको छ । हिन्दु नेता भावेशचन्द्र रोयलाई बिहीबार दिउँसो उनको घरबाट अपहरण गरी कुटेर गरी हत्या गरिएको हो।
भारतीय विदेश मन्त्रालयले यसको निन्दा गर्दै भन्यो, ‘बंगलादेशमा हिन्दु अल्पसंख्यकहरूलाई योजनाबद्ध रूपमा हिंसा गरिँदै छ। अपराधीहरू निर्धक्क घुमिरहेका छन् ।’ भावेश रोय बंगलादेश पूजा उद्यापन परिषद्को बिरल एकाइका उपाध्यक्ष थिए । भारतीय सञ्चारमाध्यमका अनुसार यस वर्ष बंगलादेशमा अल्पसंख्यकहरूविरुद्ध ७२ आक्रमण भएका छन् ।
भारतीय विदेशमन्त्री एस. जयशंकरले गत महिना संसदमा बताएअनुसार २०२४ मा बंगलादेशमा राजनीतिक उथलपुथल सुरु भएदेखि अल्पसंख्यकहरूमाथि उत्पीडनका २ हजार ४ सय घटनाहरू भएका छन् । यस वर्ष मात्र हालसम्म ७२ वटा यस्ता घटना भइसकेको उनले बताएका छन् ।


