झापा, ७ बैशाख । मोरङ, सुनसरी र ताप्लेजुङको छुट्टा छुट्टै स्थानमा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ
वैशाख ६ गते बिहान मोरङको उर्लाबारी-८ स्थित भित्रि सडक खण्डमा प्रदेश १-०२-४० प ७८८१ नम्बरको स्कुटर अनियन्त्रि भई दुर्घटना हुँदा स्कुटर चालक सोही स्थानका ५० बर्षीय नर कुमार लिम्बुको घटनास्थलमा नै मृत्यु भएको हो ।
सोही दिन सुनसरीको इटहरी उप महानगरपालिका-२० स्थित कोशी लोकमार्गको पानीपिया जंगलमा धरानबाट इटहरी तर्फ आउँदै गरेको बागमती प्रदेश ०१-०३० च ४६१८ नम्बरको कार आफैँ अनियन्त्रित भई रुखमा ठक्कर लागी दुर्घटना हुँदा घाइते भएका कारमा सवार इटहरी-१ का ४० वर्षीय बिष्णु राउतको उपचारको क्रममा धरान घोपामा मृत्यु भएको हो ।
यसैगरी, ताप्लेजुङको फक्तालुङ-६ स्थित भित्रि सडक खण्डमा मे १ त ७७५८ नम्वरको गोलिया बोकेको ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा ट्याक्टरमा सवार फाक्तालुङ-६ का २६ वर्षीय भुछिरिङ शेर्पाको घटनास्थलमा नै मृत्यु भएको हो । घटना सम्वन्धमा सम्बन्धित प्रहरी कार्यालयबाट आवश्यक कानूनी कारवाही तथा थप अनुसन्धान भइरहेको छ ।


