संखुवासभा, ७ बैशाख । संखुवासभाको धर्मदेवी नगरपालिका ४ स्थितबाट अफिमसहित ३ जना र बिराटनगर १५ स्थितबाट ब्राउनसुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बैशाख ६ गते बिशेष सुचनाको आधारमा संखुवासभाको इलाका प्रहरी कार्यालय चैनपुर र अस्थायी प्रहरी चौकी पिलुवा खोलाबाट खटिएको प्रहरी टोलीले धर्मदेवी नगरपालिका ४ का रामबहादुर अधिकारी, केशव घिमिरे, मादी नगरपालिका ६ का देवेन्द्र थपा समेतलाई अफिम जन्य पदार्थ विक्रिबितरण गरी रहेको अवस्थामा १२ ग्राम ३ सय ९० मिलिग्राम अफिम सहित पक्राउ गरेको हो ।
यसैगरी, मोरङको बिराटनगर १५ स्थितमा लागूऔषध नियन्त्रण व्युरो विराटनगरको प्रहरी टोलीले चेकजाँचको क्रममा सुन्दरहरैचा नगरपालिका २ का ३१ वर्षीय सरन डाँगीलाई २ ग्राम ४० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको छ । लागूऔषध सहित पक्राउ परेका उनीहरुको थप अनुसन्धान तथा कानूनी कारवाही भइरहेको छ ।


