झापा, ७ बैशाख । त्रिशूली नदीमा मोटरसाइकलसहित आज दुई जना खसेका छन् ।
बेनिघाट रोराङ्ग गाउँपालिका–७ स्थित त्रिशुली नदीमा खसेका दुई जनामध्ये एक जनाको सशस्त्र प्रहरीले उद्धार गरेको छ भने अर्का व्यक्तिको खोजी गरिरहेको छ।
घटनाको जानकारी पाएपछि सशस्त्र प्रहरी बल बिपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट सशस्त्र प्रहरी निरीक्षक अस्मित कुमार चौहानको कमान्डमा गोताखोरसहितको सुरक्षाकर्मी परिचालन भएको थियो । खोजतलासको क्रममा बा प्र ०२–०२४ प ४०५४ नम्बरको मोटरसाइकल र एक व्यक्तिको उद्धार भएको हो । उद्धार गरिएकाको साथबाट मीनबहादुर तामाङ लेखिएको यातायातसँग सम्बन्धित नगदी रसिद फेला परेको छ ।
Facebook Comments Box


