झापा, ७ बैशाख । धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ कृष्णभिरबाट त्रिशूलीमा खसेको मोटरसाइकलमा सवार व्यक्तिको मृत्यु भएको छ।
त्रिशूली नदीबाट उद्धार गरिएका सिन्धुली जिल्लाको तिनपाटन गाउँपालिका–९ निवासी २६ वर्षीय मिनबहादुर तामाङको मृत्यु भएको धादिङ प्रहरी प्रवक्ता डीएसपी सुवास हमालले जानकारी दिए । बा. प्र ०२–०२४ प ४०५४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट झण्डै ३०० मिटर तल त्रिशूली नदी किनारमा खसेको थियो।
मोटरसाइकलमा सवार अर्का एक जना बेपत्ता भएको आशंकामा सशस्त्र प्रहरीको गोताखोरले खोजी गरिरहेको छ। दुर्घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Facebook Comments Box


