हल्दिबारी, ८ बैशाख । झापाको हल्दिबारीले जग्गा वर्गीकरण छुटेका र संशोधनका लागि अन्तिम पटकका लागि निवेदन माग गरेको छ ।
गाउँपालिकाले २०८१ चैत ३१ गते एक सूचना जारी गर्दै भू–उपयोग वर्गीकरण छुट भएका र वर्गीकृत क्षेत्र संशोधनका लागि अन्तिम पटक निवेदन दिने सार्वजनिक सूचना जारी गरेको हो । हल्बिारी गाउँपालिका क्षेत्र भित्रका निजी जग्गाहरुको भू–उपयोग वर्गीकरण गर्न छुटेका र वर्गीकृत क्षेत्र संशोधन गर्नुपर्ने जग्गाहरुको हकमा अन्तिम पटकका लागि मिति २०८२ बैशाख १५ गते भित्र निवेदन दिन सकिने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन (महेन्द्र) ले जानकारी दिनुभयो ।
उहाँका अनुसार सम्बन्धित वडा कार्यालयको सिफारिस तथा आवश्यक कागजातसहित गाउँपालिका कार्यालयमा निवेदन दिन सकिने छ । गाउँपालिकाले हालसम्म भूउपयोग क्षेत्र वर्गीकरण गरिसकेकाहरुको हकमा र छुट भएकाहरुको हकमा समेत सोही बमोजिम नै हुने उहाँले बताउनुभयो ।



