कालीकोट, ८ बैशाख । कालीकोटमा ट्याक्टर दुर्घटना हुँदा मृत्यु भएका चार जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा पलाँता गाउँपालिका–५ अम्मा शाही, पलाँता गाउँपालिका–४ का ३२ वर्षीय शदु बुढा, पलाँता गाउँपाालिका–४ का अन्दाजी २१ रविन्द्र विक र ट्याक्टर चालक मुगुको खत्याड गाउँपालिका–५ का २० वर्षीय चन्द्रप्रकाश रोकाया छन् । उनीहरु सबैको घटनास्थलमै मृत्यु भएको हो ।
पलाँता गाउँपालिका–२ राडुनेटा नजिक ट्याक्टर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय कालिकोटका डीएसपी टेकबहादुर रावतले जानकारी दिए । पलाँता गाउँपालिकाको थिर्पुबाट छ्लाहा जाँदै गरेको ट्याक्टर दुर्घटना हुँदा चालकसहित चार जनाको मृत्यु भएको हो । ट्याक्टर सडकबाट अन्दाजी २ सय मिटर लत भीरमा खसेको प्रहरीले जनाएको छ।
Facebook Comments Box


