
शरीरमा पोटासियमको कमी हुँदा हातगोडा बाउँडिने, मासु फर्कने समस्या निम्तिन्छ । यसबाट बच्न केरा, पात भएका तरकारी, ड्राई फुड्स खानु फाइदाजनक हुन्छ
शरीरमा तरल पदार्थ तथा मिनरल्सको कमीले पनि खुट्टा बाउँडिने समस्या देखापर्छ ।
बसाइ नमिल्दा शरीरको कुनै एक भागमा मात्रै दबाब पर्न गयो भने उक्त भागमा पोषण र अक्सिजनको प्रभाव कम हुन्छ । यसकारण पनि मासु बाउँडिने गर्छ ।
शरीरमा रक्तसञ्चार राम्ररी नभए पनि मांसपेशी बाउँडिने समस्या निम्तिन्छ । यसको रोकथामका लागि केही तातो लगाएर रक्तसञ्चारलाई प्रभावकारी बनाउनुपर्छ ।एजेन्सी
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



