
झापा, १० बैशाख । राष्ट्रिय परीक्षा बोर्डले कक्षा–१२ को नयाँ परीक्षा तालिका सार्वजनिक भएको छ ।
यसअघि बैशाख ११ गतेका लागि तय भएको परीक्षा शिक्षकहरूले बहिष्कार गरेपछि सरकारले परीक्षा सार्ने निर्णय गरेको थियो। आज सरकारले नयाँ परीक्षा तालिका सार्वजनिक गरेको हो ।

शिक्षकहरूले शिक्षा ऐन जारी गर्नुपर्नेसहितका माग राखेर काठमाडौँ केन्द्रित आन्दोलन जारी राखेपछि सरकारले निजामती कर्मचारीलाई खटाएर परीक्षा गर्ने निर्णय पनि गरेको थियो। तर निजामती कर्मचारी ट्रेड युनियनले सरकारलाई उल्टै आन्दोलनको चेतावनी दिएपछि सरकार परीक्षा सार्न बाध्य भएको थियो।

Facebook Comments Box

