झापा, १४ बैशाख । पूर्वपश्चिम राजमार्ग अन्तरगत सप्तरीको कञ्चनरूप नगरपालिका–१० बदगामामा आज दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
गाईघाटबाट विराटनगर आउँदै गरेको प्र १–०१–००१ ख ३४२० नम्बरको डल्फिन बस अनियन्त्रित भई दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी माधव प्रसाद काफ्लेका अनुसार मृत्यु भएका एक पुरुष र एक महिलाको पहिचान खुल्न बाँकी छ ।
घाइते हुनेहरूमा सप्तरीको सप्तकोशी नगरपालिका–१ का २१ वर्षीया सुबेता दाहाल, सप्तकोशी नगरपालिका–१ का २६ वर्षीया चेतना भट्टराई, झापा ३ निवासी मनोज भट्टराई, अज्ञात ठेगानाका मिना भट्टराई,तत्काल नाम, ठेगाना नखुलेका अन्दाजी ७५ वर्षीय पुरुषको अवस्था गम्भीर रहेको र उनलाई गोल्डेन अस्पताल, विराटनगर पठाइएको, उदयपुर, चौदण्डीगढी नगरपालिका–५ निवासी ५९ वर्षीया कमला भुसाल रहेका छन् । उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
दुर्घटनाको कारण हाल अनुसन्धान भइरहेको र विस्तृत विवरण सङ्कलनको कार्य जारी रहेको छ। दुर्घटनामा बसका चालक फरार रहेका र खोजतलास कार्य भइरहेको प्रहरीले जनाएको छ ।


