झापा, १४ बैशाख । झापाको भद्रपुर नगरपालिका–५ स्थित मेचीपुलबाट लागुऔषध ब्राउनसुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
आज भद्रपुर नगरपालिका–५ मेचीपुलस्थित अस्थायी प्रहरी बिट मेचीपुलबाट खटिएको प्रहरी टोलीले भारतदेखि नेपालतर्फ आउँदै गरेको पैदल यात्री भद्रपुर–१० का ४३ वर्षीय सन्तोषकुमार काफ्ले र सोही स्थानका ३६ वर्षीय विजय राजवंशीलाई शंका लागि चेकजाँच गर्ने क्रममा उनीहरुले लुकाई छिपाई ल्याउँदै गरेको ब्राउनसुगर प्लाष्टिकसहित ३ ग्राम ६०० मिलिग्राम (प्लाष्टिक बाहेक २ ग्राम ८७० मिलिग्राम) फेला परेकोले उक्त लागुऔषधसहित दुवै जनालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय झापामा राखेर थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
Facebook Comments Box


