झापा, १४ बैशाख । झापामा विषालु सर्पको डसाइबाट एक जनाको मृत्यु भएको छ ।
हिजो साँझ विषालु सर्प सेतो गोमनको डसाइबाट बिर्तामोड नगरपालिका–७ भुसाबारी बस्ने ४८ वर्षीय सजनलाल राजवंशीको मृत्यु भएको हो । घरनजिकै पूजा गर्ने क्रममा झाडीमा उनलाई सर्पले डसेको थियो । घाइते राजवंशीलाई उपचारका लागि चारआली सर्पदंश उपचार केन्द्र लगिएकोमा त्यहाँ सम्भव नभएपछि बीएण्डसी अस्पताल पुर्याउँदा उनको मृत्यु भइसकेको बिर्तामोड ७ का वडाध्यक्ष अविरल कृष्ण खरेलले जानकारी दिनुभयो । गर्मी लागेसँगै झापामा सर्पको बिगबिगी बढ्दै गएको बताइन्छ ।
Facebook Comments Box


