बाँके, १४ बैशाख । बाँके प्रहरीले सार्वजनिक स्थलमा गोली पड्काउने ४ जना युवकलाई नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेहरुमा नेपालगंज १ बस्ने ४० वर्षिय विश्व विजय पोख्रेल, नेपालगन्ज १८ बस्ने ३० वर्षिय विशाल आउजी, नेपालगन्ज ४ बस्ने २१ वर्षिय अस्मित मल्ल र २० वर्षिय सौगात श्रेष्ठ रहेको बाँके प्रहरीले जनाएको छ ।
नेपालगन्ज १२ मा रहेको नमस्ते दोहरीबाट वाहिर निस्केर साथमा बोकेको पेस्तोलवाट गोली पड्काई बा ४ च ३०७१ नं को कार चढेर नेपालगन्ज १८ विशालनगर चोकमा भैरहेको नाईट क्रिकेट प्रतियोगितामा पुगी खेल भइरहेको स्थानमा हुल हुज्जत गर्दै खुकुरी देखाएर खेल भइरहेको स्थानमा उपस्थित मानिसहरुलाई आतंकित बनाउनुका साथै पेस्तोलबाट पुनः गोली पड्काई भागेको आरोपमा ४ जनालई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
कोहलपुर १० हाई स्कुलबाट ४ जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान एवं कारवाही प्रक्रिया अगाडी बढाईएको डीएसपी दीपक पतालीले जानकारी दिनुभयो ।


