फुङलिङ, २९ बैशाख । तमु ह्यूल छोंज धीं गुरुङ राष्ट्रिय परिषद ताप्लेजुङ जिल्ला कार्यसमितिको तदर्थ समिति गठन गरिएको छ ।
शनिबार फुङ्लिङ नगरपालिका वडा नं. ६ उकाली पानीस्थित तमु ह्यूल छोंज धीं गुरुङ राष्ट्रिय परिषद जिल्ला कार्यसमितिको भवनमा सम्पन्न भेलाले तदर्थ समिति गठन गरिएको हो ।
तमु ह्यूल छोंज धीं गुरुङ राष्ट्रिय परिषदका केन्द्रीय सदस्य आनन्द गुरुङको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा अनुगम तथा निर्देशन सदस्य दिलिप गुरुङ , १ नं प्रदेश उपाध्यक्ष मोहन गुरुङ लगायतको उपस्थिति रहेको थियो ।
नव गठित तदर्थ समितिको संयोजकमा जिल्लाका पूर्व अध्यक्ष एनवी लामा गुरुङ लाई राखिएको छ भने सहसंयोजकमा गंगा गुरुङलाई राखिएको छ । त्यस्तै सदस्यहरुमा क्रमश हलिका देवी गुरुङ, मानबहादुर गुरुङ, यामबहादुर गुरुङ, हेमकला गुरुङ, बसन्ती गुरुङ, पदमा देवी गुरुङ, भणिराज गुरुङ, हर्कराज गुरुङ, भगीमाया गुरुङ, चन्द्रबहादुर गुरुङ, डम्बरबहादुर गुरुङ, लक्ष्मीप्रसाद गुरुङ, पूर्ण गुरुङ, कृष्ण गुरुङ, राजनकुमार गुरुङ, नारायण गुरुङ, विनोद गुरुङ, डिल्ली गुरुङ, सविन गुरुङ, दुर्गा गुरुङ, उमा गुरुङ, फूलमाया गुरुङलाई राखिएको छ ।
जिल्लाको पूरानो समितिको अधिवेशन गर्ने अवधि सकिएकाले यस भेलाले तदर्थ समिति गठन गरेको हो । उक्त तदर्थ समितिले आगामी ६ महिना भित्र जिल्लाको नयाँ कार्यसमिती चयन गर्ने प्रतिबद्धता जनाएको तमु ह्यूल छोंज धीं गुरुङ राष्ट्रिय परिषदका केन्द्रीय सदस्य आनन्द गुरुङले जानकारी दिनुभयो ।


