बिर्तामोड, १ जेठ । बिर्तामोडमा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गतका तालिमको आज अनुगमन गरिएको छ ।
वडा नम्बर १ र २ मा सञ्चालनमा रहेको ुब्याग बनाउने तथा सिलाई कटाईु तालिमको अनुगमन गरिएको हो । नगर प्रमुख पवित्रा महतारा प्रसाई, उप प्रमुख नगेन्द्र प्रसाद संग्रौला, प्रमुख प्रशासकीय अधिकृत सागर मिश्र, कार्यपालिका सदस्य संगिता सिवा, तिला गौतम, निर्मला ल्वागुन गजमेर, वरिष्ठ योजना अधिकृत जय तिम्सिना लगायतको टोलीले संयुक्त रुपमा अनुगमन गरेको हो ।
बिर्तामोड नगरपालिकाले विभिन्न शाखा मार्फत सिलाई कटाई व्युटीपार्लर, दालमोठ भुजिया बनाउने, वारिष्ठा लगायत विभिन्न प्रकारका तालिम प्रदान गर्दै आएको छ ।
Facebook Comments Box


