मकवानपुर, १५ जेठ । भिमफेदी गाउँपालिका–८ भर्याङडाँडास्थित कान्तिलोकपथ सडकखण्डमा सुख्खा पहिरो खस्दा सडक पूर्णरूपमा अवरुद्ध भएको छ ।
आज बिहिबार १५ गते बिहान करिब ३ः३० बजे सडक माथिबाट ढुंगा र माटोसहितको सुख्खा पहिरो खस्दा सवारी आवागमन ठप्प भएको प्राप्त भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।
घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा खटिएको छ। पहिरो पन्छाएर यातायात पुनः सुचारु गर्न सडक विभागसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ।
Facebook Comments Box


