मोरङ, २३ जेठ । मोरङको केराबारी गाँउपालिका–६ तामाङ टोलका २६ वर्षीय गणेश श्रेष्ठ र ३२ वर्षीय सन्तबिर तामाङलाई भरुवा बन्दुक सहित नियन्त्रणमा लिइएको छ ।
हिजो राती साँढे १० बजे इलाका प्रहरी कार्यालय केराबारीबाट खटिएको प्रहरी टोलीले गणेश श्रेष्ठको घर कोठा भित्र लुकाई छिपाई राखेको एक नाल भरुवा बन्दुक फेला परेसँगै सोही कोठामा रहेका उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
Facebook Comments Box


