
झापा, २ असार । झापाको मेचीनगरमा आज एक पुरुष अचेत अवस्थामा फेला परेका छन् ।
आज बेलुका ४ बजे मेचीनगर–१० हिमालाय टोलस्थित भित्री बाटोको छेउमा नाम थर, वतन नखुलेको पहाडे मुलको जस्तो देखिने करिब ३५–३६ को पुरुष अचेत अवस्थामा फेला परेका हुन् ।
अचेत अवस्थामा पुरुष मानिस देखेपछि स्थानीयबासीले इलाका प्रहरी कार्यालय धुलाबारीमा जानकारी गराएका थिए । उनलाई तत्काल मेची आम्दा अस्पताल धुलाबारीमा ल्याएर उपचार भइरहेको छ । उनको अवस्था बोल्न नसक्ने अबस्था गम्भीर रहेको छ ।
Facebook Comments Box


