भद्रपुर, ५ असार । झापाको भद्रपुरमा हात्तीको आक्रणमा परी एक जना घाइते भएका छन् ।
हात्तीको आक्रणमा परी भद्रपुर नगरपालिका–१० फुलबारी गाउँका २१ वर्षीय विशाल सोरेन घाइते भएका हुन् । बुधबार राति करिब ७ः४५ बजेको समयमा काम गरेर फर्कने क्रममा एक वटा जंगली हात्तीले आक्रमण गर्दा उनको कम्मर, टाउको र बाया खुट्टामा चोट लागेको छ । उनको प्रादेशिक अस्पताल भद्रपुरमा उपचार भइरहेको छ । घाइतेको अवस्था बोल्न सक्ने मध्यम रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
Facebook Comments Box


