झापा, ६ असार । झापाको मेचीनगर नगरपालिका–१ मा हात्तीको आक्रमणमा परी गम्भीर घाइते भएका एक जनाको मृत्यु भएको छ ।
गएराति मेचीनगर–१ दुर्जनचोकका ६८ वर्षीय पूर्णबहादुर श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आठ सय मिटर टाढा रहेको आफ्नो बारी आएको एक वटा जंगली हात्तीलाई लखेट्ने क्रममा असार २ गते बिहान श्रेष्ठलाई उक्त हात्तीले आक्रमण गरेको थियो । हात्तीको आक्रमणबाट गम्भीर घाइते भएका श्रेष्ठलाई उपचारका लागि बीण्डसी अस्पताल बिर्तामोड लगिएको थियो ।
अस्पतालमा उपचार सम्भव नभएपछि बिहीबार बेलुका ५ बजे छोरा तेजबहादुरले उनलाई घर लिएर आएकोमा राति ८ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
Facebook Comments Box


