अनटेस्ट मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई जना घाइते झापाको झापा गाउँपालिका–४ चौधरी टोल स्थित हुलाकी सडकखण्डमा पन्थपाडाबाट झापा बजार तर्फ जाँदै गरेको अनटेस्ट अपाची मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
उक्त दुर्घटनामा मोटरसाइकल चालक सोही स्थानका २४ वर्षीय इनरुल भन्ने फकिर अलिको टाउको लगायत शरीरको विभिन्न भागमा चोट लागेर अवस्था गम्भीर, पछाडी सवार सोही स्थानका २२ वर्षीय साहिदुल हकको टाउको लगायत शरिरको विभिन्न भागमा चोट लागेर अवस्था गम्भीर अवस्थामा उपचारका लागि बीएण्डसी अस्पताल पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको छ ।



सोही मोटरसाइकल पछाडी सवार सोही स्थानका २१ वर्षीय सोहिल मियाको टाउको लगायत शरीरको विभिन्न भागमा चोट लागेको छ भने उनको अवस्था सामान्य रहेको छ । घाइते मध्ये सोहिलको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार भइ रहेको छ भने इनरुलको बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ ।


