झापा, १३ असार । झापाको अर्जुनधारा नगरपालिकाबाट लागुऔषध गाँजासहित दुई जना पक्राउ परेका छन् ।
अर्जुनधारा–६ की ५९ वर्षीया अमृतमाया लिम्बु र इलाम नगरपालिका–१२ घर भई हाल झापाको अर्जुनधारा–१ स्थित निर्माणाधीन पुलमा काम गर्दै आएका २० बर्षीय रोशन भट्टराईलाई १ किलो ८ सय ८८ ग्राम ६ सय ३० मिलिग्राम गाँजासहित प्रहरी चौकी शनिश्चरेले पक्राउ गरेको हो ।
त्यस्तै, प्रहरी चौकी भरौल सुनसरीको प्रहरी टोलीले बराहक्षेत्र नगरपालिका–४ स्थितबाट चेकजाँचको क्रममा को. १ ह ९५१० नम्बरको अटो भित्रबाट लुकाई छिपाई राखेको ७५ किलो गाँजा बरामद गरेसँगै अटो चालक इटहरी–१० का ४५ बर्षीय सुरतलाल चौधरीलाई नियन्त्रणमा लिएको छ ।
Facebook Comments Box


