
बिर्तामोड, १७ असार । झापाको बिर्तामोड नगरपालिका वडा नम्बर २ स्थित चैतुबारीदेखि पश्चिमतर्फ कनकाई नगरपालिका वडा नम्बर ९ जोड्ने पञ्चरत्न मार्गको ७ सय मिटर खण्ड कालोपत्रे गरिएको छ।
संघीय सरकारको रु १ करोडको बजेटमा उक्त सडक स्तरोन्नति गरिएको हो । कास्कीस्थित खप्तड कन्स्ट्रक्सन प्रा।लि।ले ठेक्का लिएर सडक निर्माणको काम सम्पन्न गरेको हो । झण्डै ४० वर्ष पुरानो सो सडक पहिलोपटक कालोपत्रे भएको हो ।
लामो समयदेखि धुलो, हिलो र खाल्डाखुल्डीका कारण समस्या भोग्दै आएका स्थानीयवासी कालोपत्रे सडक सञ्चालनमा आएपछि खुसी व्यक्त गरेका छन् । सडकको नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौला, वडा नम्बर २ का वडाअध्यक्ष किशोर पौडेल लगायतले अनुगमन गर्नुभयो ।
Facebook Comments Box


