
झापा, १७ असार । झापा, मोरङ र सुनसरीको छुट्टा छुट्टै स्थानहरुबाट लागू औषध ब्राउन सुगर र गाँजा सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
वडा प्रहरी कार्यालय भद्रपुर झापाको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेका बिर्तामोड नगरपालिका-४ का ३२ बर्षीय धर्मा कुमार शर्मालाई २ ग्राम ६६ मिलिग्राम लागू औषध ब्राउन सुगर सहित र प्रहरी चौकी बिर्ताबजारले बिर्तामोड-३ का २६ बर्षीय बिर बहादुर राजबंशीलाई ५ सय ६० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो ।
यसैगरी लागू औषध नियन्त्रण ब्यूरो विराटनगरले विराटनगर–१५ स्थितबाट मोरङको शनिश्चरे–८ का ३२ बर्षीय उजिर लिम्बुलाई २ ग्राम ४ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो ।
यस्तै अस्थायी प्रहरी चौकी अमरहाट धरानको प्रहरी टोलीले चेकजाँचको क्रममा सुनसरीको धरान–१३ स्थितबाट यात्रुबाहक बसमा सवार धनकुटाको सहिदभुमी गाउँपालिका–२ का ५४ बर्षीय तेज बहादुर राईलाई ५५ किलोग्राम लागू औषध गाँजा सहित नियन्त्रणमा लिएको हो भने इलाका प्रहरी कार्यालय देवानगंज सुनसरीले देवानगंज–३ का १८ बर्षीय राज कुमार यादबलाई उनकै घरबाट ६ किलोग्राम २ सय ८० मिलिग्राम लागू औषध गाँजा सहित नियन्त्रणमा लिए संगै कारोबारमा संलग्न १८ बर्षीय राजु यदबलाई समेत नियन्त्रण लिई थप अनुसन्धान गरी रहेको छ ।


