कनकाई, १७ असार । लायन्स बर्षको पहिलो दिन अर्थात जुलाइ १ को अवसरमा लायन्स क्लब अफ कनकाई सुरुङ्गा र लियो क्लबअफ कनकाई सुरुङ्गाको संयुक्त आयोजनामा सुरुङ्गामा रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।
लायन बर्ष सुरुवात अर्थात आफ्नो कार्यकालको पहिलो दिनलाईनै बिशेष बनाउदै लायन्स क्लब अफ कनकाई सुरुङ्गा र लियो क्लब अफ कनकाई सुरुङ्गाले नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार बिभाग बिर्तामोडको प्रविधिक सहयोग लिएर मंगलबार सुरुङ्गामा रक्तदान कार्यक्रम गरेको हो ।



हाल देशका सबै जसो अस्पतालमा हरेक दिन बिरामीहरुलाई रगतको आवाश्क परिरहदा रगतको अभाव भईरहेको अवस्थामा स्थानीय छेत्ररहेका बिरामिलाई थोरै भएपनि राहत पुगोस भन्ने उदेश्यले क्लबले रक्तदान कार्यक्रम गरेको लायन्स बर्ष २०२५/२०२६ का अध्यक्ष मानबहादुर दाहाल ९ कुमारले ० जानकारी दिनु भएको छ । उहाँले बर्षभरिनै क्लब सामाजिक क्षेत्रमा सक्रिय भएर लाग्ने पनि वताउनु भएको छ ।
रक्तदानमा ३ महिला सहित जम्मा ६२ जनाले रगत दान गर्नु भएको थियो । लियो क्लबका पुर्व अध्यक्ष रमन चौधरीले तपाई हामीले गरेको रक्तदानले रक्तअभावमा रहेकाहरुलाई केहि भएपनि सहजता हुने वताउदै रक्तदान जस्तो पुण्यकार्यमा सहभागी हुनुहुने सम्पुर्ण रक्तदातहरुलाई धन्यवाद ज्ञापन गर्नुभएको छ ।


