
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
admin
झापा, २३ बैशाख । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा उम्मेदवारले बैंकमार्फत मात्र खर्च गरेको वा नगरेको अनुगमन गर्न थालेको छ। आयोगको निर्देशनअनुसार ७७ वटै जिल्लाका मुख्य निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन अधिकृतको कार्यालय, प्रदेश निर्वाचन कार्यालय तथा जिल्ला निर्वाचन कार्यालयले अनुगमन थालेको आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले बताए। आयोगले निर्वाचन आयोग ऐन, २०७३, निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ तथा निर्वाचन आचारसंहितालाई ख्याल गरी बैंकमार्फत मात्र खर्च गर्न आग्रह गर्दै आएको छ। निर्वाचन आयोग ऐन, २०७३ ले निर्वाचन खर्चसम्बन्धी व्यवस्थामा उम्मेदवारले निर्वाचनसम्बन्धी खर्च गर्न बैंक वा वित्तीय संस्थामा खाता खोल्नुपर्ने उल्लेख छ। आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ ।
झापा, २३ बैशाख । सरकारले मतदान केन्द्र कायम गरिएका विद्यालयमा तीन दिन बिदा दिने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको निर्णय अन सार शिक्षा मन्त्रालयले आगामी २८ गतेदेखि ३० गतेसम्म तीन दिन मतदान स्थल तथा मतदान केन्द्रहरू रहेका विद्यालयहरू बन्द गर्ने निर्णय गरेको हो।मन्त्रालयअन्तर्गत शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ७७ वटै शिक्षा विकास तथा समन्वय इकाइलाई मतदान केन्द्र कायम भएका विद्यालयमा तीन दिन बिदा दिन निर्देशन दिएको हो। सो निर्देशनअनुसार देशैभरका सामुदायिक विद्यालय तीन दिनसम्म बिदा हुने भएको छ। शिक्षा तथा मानव सोत विकास केन्द्रका महानिर्देशक चूडामणि पौडेलले अधिकांश विद्यालय मतदान केन्द्र भएकाले सबै विद्यालय बन्द हुन सक्ने…
बिर्तामोड, १८ बैशाख । झापाको बिर्तामोडस्थित इस्टर्न एम्पायर कलेज अफ होटल व्यवस्थापनले थप दुई विषयमा अध्यापन शुरु गर्ने भएको छ । कलेजले यही शैक्षिक सत्रदेखि कम्प्युटर साइन्स र विजनेस स्टडिज विषयको अध्यापन गर्ने भएको हो । आज पत्रकार सम्मेलनको आयोजना गरी इस्टर्न एम्पायर सो विषयमा जानकारी गराएको हो । अन्य शैक्षिक संस्थासरहकै शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्ने योजना रहेको कलेजका संस्थापक आलोक कार्कीले जानकारी दिनुभयो । २०७१ सालदेखि सञ्चालित इस्टर्न एम्पायरले होटल व्यवस्थापनसँगै विभिन्न कोर्षहरु अध्यापन गराउँदै आएको छ । कार्कीले आफूहरुले व्यावहारिक र बहुआयामिक शिक्षासँगै रोजगारीको समेत व्यवस्था गर्ने गरेको बताउनुभयो । उहाँले यसै वर्ष मात्र ३१० जना विद्यार्थीलाई…
बिर्तामोड, ३ बैशाख । नेपाल ट्रेड युनियन काङ्ग्रेस झापाले स्थानीय तहको निर्वाचनमा काङ्ग्रेस पार्टीका उम्मेदवारलाई जिताउन सशक्त भुमिका खेल्ने निर्णय गरेको छ । ट्रेड युनियन काङ्ग्रेस झापाका अध्यक्ष यज्ञप्रताप अधिकारीको अध्यक्षतामा सम्पन्न आबद्ध सस्थाका अध्यक्षहरुको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो । बैठकले आगामी बैशाख १८ गते १३३ औ मे दिवस भब्यताका साथ बिर्तामोडमा मनाउने निर्णय गरेको छ । ट्रेड युनियन काङ्रेसका केन्द्रीय सदस्य उर्मिला ढकाल, प्रदेश उपाध्यक्ष दीपक प्रधान लगायत सहभागी बैठकले रिक्सा तथा ठेला श्रमिक सङका पुर्ब अध्यक्ष एवं अग्रज ट्रेड युनियनकर्मी मनिका माझीलाइ जिल्ला सदस्यमा मनोनयन गर्ने निर्णय गरेको छ ।
मेचीनगर, ३ बैशाख । झापाको मेचीनगर–८ इटाभट्टास्थित नेपाल बहुउद्देश्यीय सहकारी संस्थाको पूर्ण स्वामित्वमा सञ्चालित एनएमसी डेरी उद्योगको सातौ वार्षिकोत्सव आज मनाइएको छ । वार्षिकोत्सवको अवसर पारेर अध्यक्ष रामचन्द्र उप्रेतीले लेखेको ‘एनएमसी डेरी सफलताको कथा’ नामक पुस्तक पनि विमोचन गरिएको छ । एनएमसी डेरी परिसरमा आयोजित वार्षिकोत्सव समारोहका प्रमुख अतिथि प्रदेश सहकारी राजिष्ट्रार तथा सहकारी प्रशिक्षण कार्यालय इनरुवाका निमित्त रजिष्ट्रार हरिबहादुर खत्रीले पुस्तकको विमोचन गरेको हुन् । सो कार्यक्रममा मन्तब्य राख्दै निमित्त रजिष्ट्रार खत्रीले नेपालका ९९ प्रतिशत मानिसले सहकारीलाई पैसा किन्ने र बेच्ने व्यवसायिक संस्थाका रुपमा मात्र बुझेको बताए । सहकारीको नाम र साइनबोर्ड झुण्ड्याउन पाए भनेमात्र पनि त्यसका सञ्चालकहरुले सहकारीलाई…
बलिउडको सबैभन्दा चर्चित जोडी अभिनेता रणवीर कपुर र अभिनेत्री आलिया भट्टको विवाह बन्धनमा बाँधिएका छन् । बिहिबार मुम्बईको पाली हिल्सको अर्पाटमेन्टमा परिवार सदस्य र केही नजिकका साथीको उपस्थितिमा उनीहरुको विवाह समारोह सम्पन्न भएको हो । हिन्दु रीतिरिवाज अनुसार उनीहरुको विवाह समारोहको आयोजना भएको थियो । उनीहरुलाई वैवाहिक जीवनको बधाई तथा शुभकामना सामाजिक संजाल मार्फत प्राप्त भइरहेको छ । विवाह समारोहमा रणवीरको बुबा ऋषि कपुरको ठुलो तस्बिर समेत राखिएको थियो । भौतिक शरिरमा नरहेका ऋषिको विवाह समारोहमा तस्बिर मार्फत उपस्थिती जनाइएको हो । आलिया र रणवीरको विवाह ४ पण्डितले गराएका थिए । उनहरुले लिने ७ फेरोका लागि गाँठो बाध्ने काम करण…
झापा, २ बैशाख । जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख लालकिशोर साह बुधबार आफ्नो गाडीमा जाँदै थिए। रामचोक पुग्दा उनको गाडी एक्कासी मध्यम गतिमा चल्योे। सडकको फुटपाथमा बसेका केही सर्वसाधारणलाई उनले गाडीबाटै हात जोडरे नमस्कार गर्दै मन्द मुस्कानसमेत दिए। मेयर साहबाट बिहान–बिहानै नमस्कार पाउँदा ती स्थानीय पनि चकित भए र उनलाई नमस्कार फर्काए। त्यसपछि साहको गाडी तीव्र गतिमा अगाडि बढ्यो। मेयर साह नमस्कार गरेर फर्किसकेपछि स्थानीयमा चियोचर्चो हुन थाल्यो। सबैले एकै स्वरमा भने, ‘नेताजीले नमस्कार गर्न थाल्नुभो। अब नेताहरूलाई चुनाव लागे जस्तो छ।’ साहको पछिल्लो साढे ४ वर्षको कार्यकाल उपलब्धीभन्दा विवादमै बढी बित्यो। हालसम्मको कार्यकालमा जनताको सम्पर्कमा आकल–झुक्कल मात्रै आउने र आफ्ना…
झापा, १७ चैत । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन सम्पन्न गर्न प्रदेश नं १ का दश पालिकाको निर्वाचन अधिकृतमा महिलालाई खटाएको छ । प्रदेशमा १३७ पालिका रहेका छन् । आयोगद्वारा नियुक्त निर्वाचन अधिकृतमा महिलाको सङ्ख्या ज्यादै कम हो । आयोगले प्रदेश नं १ का १४ वटै जिल्लामा मुख्य निर्वाचन अधिकृत नियुक्त गरिसकेको छ । त्यसमा एक जना पनि महिला पर्न सकेनन् । आयोगले प्रदेशका १४ जिल्लामा १४ मुख्य निर्वाचन अधिकृत र १२३ निर्वाचन अधिकृत नियुक्ति गरेको छ । मुख्य निर्वाचन अधिकृतलाई आफू कार्यरत जिल्लाको एउटा पालिकाको निर्वाचन सम्पन्न गराउने जिम्मेवारी पनि हुनेछ । निर्वाचन आयोगका सूचना अधिकृत शालिग्राम शर्मा पौडेलले…
झापा, १० चैत । अप्ठ्यारो र घुम्ती सडकको दूरी छोट्याई सवारी आवागमन सहज बनाउने उद्देश्यसहित सडक विभागले विभिन्न स्थानमा प्रस्तावित नौवटा सुरुङमार्गको सम्भाव्यता अध्ययन गर्न प्रक्रिया अगाडि बढाएको छ । त्यसका लागि विभागले कम्पनी छनोटको प्रक्रिया सुरु गरेको हो । सुरुङ मार्गको सम्भाव्यता अध्ययन गर्न परामर्शदाता छनोटका लागि राष्ट्रिय कम्पनीहरूसँग आशयपत्र माग गरिएको सडक विभागअन्तर्गतको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले जनाएको छ । केन्द्रका निर्देशक कैलाश श्रेष्ठका अनुसार शक्तिखोर–मझिमटार (चितवन) र सुनमाई–राजदुवाली ९इलाम० सुरुङ मार्ग निर्माणका लागि आवश्यक सम्भाव्यता अध्ययन गर्न परामर्शदाताका छनोट प्रक्रिया अगाडि बढाइएको छ । त्यसैगरी बागलुङ–बेउ–नरेठाँटी सुरुङ मार्ग बागलुङ, फुस्रेखोला–छोरेपाटन (पोखरा)–स्याङ्जा–गुडीखोला सडक सुरुङ कास्की–स्याङ्जा, नवलपरासीको दुम्कीबास–बर्दघाट…
विराटनगर, ३ चैत । सुनसरी जिल्लाको दक्षिणी भेगमा रहेको नेपाल भारत सिमा स्तम्भहरुको सुरक्षा निकायका प्रमुखहरुबाट निरीक्षण अवलोकन भएको छ । हिजो दिउँसो प्रदेश प्रहरी प्रमुख अरुण कुमार बि।सी।, सुनसरी जिल्लाका प्रमुख जिल्ला अधिकारी इन्द्र देव यादब, सुनसरी जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक संजय सिंह थापा, सशस्त्र प्रहरी उपरीक्षक, राष्ट्रिय अनुसन्धान सुनसरीका प्रमुख समेतको टोलीले सुनसरीको देवानगंज, साहेवगंज, कप्तानगंज एरियाहरुमा अवस्थित नेपाल भारत सिमामा रहेको सिमा स्तम्भहरुको निरीक्षण अवलोकन गर्नु भएको हो । सिमा स्तम्भहरुको निरीक्षण अवलोकनकै क्रममा सुरक्षा निकायका प्रमुखहरुले स्थानिय मानिसहरुसंग भेटघाट तथा अन्तरक्रिया समेत गर्नु भएको थियो । यसैगरी सीमा क्षेत्र अवलोकन एवम् निरीक्षणको क्रममा प्रदेश प्रहरी…