
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, १० चैत । झापा जिल्लामा लागुऔषध नियन्त्रण ऐन २०३३ अन्तर्गत हिरासतमा रहेका लक्ष्मण राजवंशीलाई छुट्टाइदिने विश्वास दिलाई उनका दाजु रामप्रसाद राजवंशीसँग रु. १,५०,००० ठगी गरिएको घटना सार्वजनिक भएको छ। प्रहरीका अनुसार, ठगीमा संलग्न भएको आरोपमा दमक नगरपालिका–९ बस्ने ३० वर्षीय अरुण दनुवार र कमल गाउँपालिका–६ बस्ने ३२ वर्षीय सुमन खड्का पक्राउ परेका छन्। पीडितको उजुरीका आधारमा मिति २०८२।११।०८ मा उनीहरूलाई नियन्त्रणमा लिइएको हो। जिल्ला अदालत झापाबाट म्याद लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। हाल उनीहरूलाई मुलुकी अपराध संहिता २०७४ अन्तर्गत ठगी तथा अपराधिक लाभ कसूरमा ७ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ। यस घटनाले देखाउँछ कि लागुऔषध…
आज विश्व क्षयरोग दिवस । “हो हामी क्षयरोग अन्त्य गर्छौ राष्ट्रिय अभियान हाम्रो योगदान” भन्ने नारासहित आज यो दिवस मनाईदै छ । यस दिवसको मुख्य उद्देश्य नेपाली समाजमा रहेको क्षयरोग ९टीबी०बारेमा सचेतना फैलाउनु र क्षयरोग मुक्त समाजको निर्माणमा सहयोग गर्नु हो । क्षयरोग अझै पनि विश्वभर र नेपालमा प्रमुख स्वास्थ्य चुनौतीको रूपमा रहिरहे पनि धेरै मानिसहरु यसबारे गलत बुझाइका कारण उपचार ढिला हुने गरेको छ । जसका कारण रोग फैलिन्छ र उपचारको प्रभावकारितामा समेत असर पुग्दछ । त्यसकारण आज हामीले यहाँ क्षयरोग सम्वन्धी सुनिएका केही भ्रम र सत्य कुरालाई यहाँ प्रस्तुत गरेका छौँ । १. भ्रम– क्षयरोग वंशानुगत रोग हो…
मुम्बई, १० चैत । बलिउड अभिनेता रणवीर सिंह र निर्देशक आदित्य धरको जोडीले बक्स अफिसमा सुनामी ल्याएका छन्। एक्सन–थ्रिलर फिल्म ‘धुरन्धर २– द रिभेन्ज’ ले प्रदर्शनको सुरुवाती पाँच दिनमै भारतीय सिनेमाका सयौँ रेकर्डहरू ध्वस्त पारेको छ। जासुसी कथामा आधारित यस फिल्ममा रणवीर सिंहले एक भारतीय जासुसको भूमिका निर्वाह गरेका छन्, जसले पाकिस्तानबाट भारतका लागि महत्त्वपूर्ण सूचनाहरू पठाउँछन्। फिल्मको यो सशक्त कथावस्तु र रणवीरको दमदार अभिनयले दर्शकलाई हलसम्म तान्न सफल भएको छ। फिल्मले व्यापारको मामिलामा बलिउडका पछिल्ला ११३ वर्षका सबै कीर्तिमानलाई पछि पार्दै सबैभन्दा तीव्र गतिमा ५०० करोड क्लबमा प्रवेश गर्ने हिन्दी फिल्मको ट्याग भिरेको छ। प्रदर्शनको पहिलो दिनमै १०२ करोड…
पुटुमायो, १० चैत । कोलम्बियाको दक्षिणी क्षेत्रमा १२१ जना सवार एउटा सैन्य विमान उड्ने बित्तिकै दुर्घटनामा परेको छ। पुटुमायो प्रान्तको पुएर्टो लेगुइजामोमा भएको यस दुर्घटनामा कम्तीमा एक जनाको मृत्यु भएको छ भने दर्जनौँ व्यक्ति घाइते भएका छन्। रक्षा मन्त्री पेड्रो सान्चेजले अमेजन क्षेत्रको दुर्गम इलाकामा भएको यस घटनालाई ‘भयानक दुर्घटना’ को संज्ञा दिएका छन्। राष्ट्रपति गुस्ताभो पेट्रोका अनुसार दुर्घटनामा ७७ जना घाइते भएका छन् भने अन्य ४३ जनाको अवस्था अझै स्पष्ट हुन सकेको छैन। विमानमा ११० सैनिक र ११ जना चालक दलका सदस्य गरी कुल १२१ जना सवार थिए। हर्कुलिस सी–१३० मोडलको उक्त विमानले सैनिकहरूलाई पुटुमायो प्रान्तकै अर्को सहरमा लैजाँदै…
झापा, १० चैत । स्थानीय बजारमा आज पनि सुनको मूल्य घटेको छ । सुन तोलामा रु एक हजार ६०० ले घटेको हो । चाँदी भने तोलामा रु ८० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ७३ हजार ९०० र चाँदीको मूल्य रु चार हजार ५०५ कायम भएको छ ।
गायिका बिन्दु पौडेलले नयाँ गीत ‘जिन्दगी के छ र’ बजारमा ल्याएकी छिन् । गीतमा उनलाई शिव हमालले स्वरमा साथ दिएका छन् । गीतको शब्द तथा सङ्गीत पनि हमालले नै तयार पारेका हुन् । गीतमा सुनिल परियारको सङ्गीत संयोजन रहेको छ । लामो समयदेखि अस्ट्रेलियालाई कर्मथलो बनाउँदै आएकी बिन्दुले बेला बेलामा नेपाली गीत सङ्गीत ल्याउने गर्दछिन् । गीतको भिडियोमा कलाकार सागर लम्साल ‘बले’ र गायिका बिन्दुको मुख्य अभिनय छ । इनाक्षी इन्टरटेनमेन्टको प्रस्तुतिमा तयार पारिएको यस गीतको भिडियोमा प्रकाश भट्टको निर्देशन र कोरियोग्राफी रहेको छ । भिडियोमा प्रेम, बिछोड र जीवनका भोगाइहरूलाई कलात्मक ढङ्गले देखाइएको छ । भिडियोको सुरुवातमा एयरपोर्टबाट फर्किएका…
उदयपुर, ६ चैत । उदयपुरको चौदण्डीगढी नगरपालिका–५ सिवाई सुन्दरपुर बेलहीस्थित त्रियुगा नदीमा झोलुङ्गे पुल निर्माण गरिएको छ । निर्माणाधीन पक्की पुल बाढीले भत्काएपछि सोही स्थानमा झोलुङ्गे पुल निर्माण गरिएको हो । चौदण्डीगढी नगरपालिकाका प्रमुख कालुमान लामाका अनुसार २८० मिटर लम्बाइ र पाँच मिटर चौडाइ भएको सो पुल निर्माण गर्न करिब रु ६० लाख खर्च भएको छ । सो स्थानमा पक्की पुल निर्माण नहुँदा चौदण्डीगढी नगरपालिकाका त्रियुगा नदी पारीका वडा नं १०, ५ र ९ का बासिन्दालाई कठिनाइ भएको थियो । वर्खामा डुङ्गाको प्रयोग गरेर नदी तर्नुपर्ने बाध्यता थियो । झोलङ्गे पुल निर्माण भएपछि उक्त क्षेत्रका झण्डै पाँच हजार बासिन्दालाई बेल्टार…
झापा, ६ चैत । चालु आर्थिक वर्ष २०८२–८३ को फागुन मसान्तसम्म जिल्लामा ७ सय १७ वटा नयाँ घरेलु तथा साना उद्योग दर्ता भएका छन् । घरेलु तथा साना उद्योग कार्यालयका सूचना अधिकारी खीना तिम्सिनाका अनुसार उक्त अवधिमा कार्यालयमा उद्योगतर्फ ३१६ र वाणिज्यतर्फ ४०१ फर्म दर्ता भएका हुन् । सोही अवधिमा जिल्लामा उद्योगतर्फ ६३५ र वाणिज्यतर्फ ६२७ उद्योग नवीकरण गरिएका छन् । सूचना अधिकारी तिम्सिनाका अनुसार जिल्लामा चालु आवको पहिलो आठ महिनामा उद्योगतर्फ एक सय २५ र वाणिज्यतर्फ ८८ गरी दुई १३ उद्योग खारेज हुँदा १२ उद्योगको ठाउँसारी, ३३ उद्योग नामसारी, २३ उद्योगको नाम परिवर्तन तथा ३९ उद्योगले उद्देश्य थपेका छन्…
झापा, ६ चैत । ‘स्वस्थ मुख, सुखी जीवन’ नाराका साथ आज विश्व मुख स्वास्थ्य दिवस विश्वका विभिन्न देशमा विविध चेतनामूलक कार्यक्रमका साथ मनाइँदैछ । विश्व स्वास्थ्य सङ्गठनका साथै दन्त विशेषज्ञहरूले दाँत सफा गर्ने, नियमित दाँत जाँच गराउने, र अत्यधिक चिनी तथा प्रशोधित खानाबाट बच्न सल्लाह दिएका छन् । उनीहरूले स्वस्थ मुख नै स्वस्थ जीवनको आधार भएको बताएका छन् । विश्व दन्त महासङ्घको आह्वानमा आज स्वास्थ्य मन्त्रालय, दन्त चिकित्सक सङ्घ र विभिन्न स्वयंसेवी संस्था समुदायमा दन्त स्वास्थ्य शिविर, कार्यशाला र चेतनामूलक अभियान सञ्चालन गरिने छन् । यो दिवस सन् २०१३ देखि मनाउन प्रारम्भ भएको हो ।
काठमाडौँ, ६ चैत । पछिल्लो समय नेपालमा ह्वाट्सएप (WhatsApp) प्रयोगकर्ताहरूलाई लक्षित गरी ठगी गर्ने घटनाहरू बढेपछि नेपाल प्रहरीको साइबर ब्यूरोले आम नागरिकलाई सतर्क रहन विशेष अनुरोध गरेको छ। अपराधीहरूले ह्वाट्सएप एकाउन्ट ह्याक गरी नजिकका साथीभाइ तथा आफन्तसँग आर्थिक सहयोग माग्ने नयाँ शैली अपनाएको ब्यूरोले जनाएको छ। ब्यूरोका अनुसार ठगहरूले “म समस्यामा परेको छु, तुरुन्त पैसा पठाइदिनुहोस्” वा “मेरो बैंकिङ्ग एपमा समस्या आएकाले पैसा पठाउन सकिनँ, यो QR कोडमा पैसा हालिदिनुहोस्” जस्ता म्यासेजहरू पठाएर ठगी गरिरहेका छन्। ठगीबाट जोगिन प्रहरीका सात सुझावहरू–साइबर ब्यूरोले यस्ता शङ्कास्पद गतिविधिबाट बच्न निम्न उपायहरू अपनाउन आग्रह गरेको छ ।१. तुरुन्त विश्वास नगर्नुहोस्– आफन्त वा साथीको नामबाट…