झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

जाडोमा मानिसको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुने र रोगको प्रकोप बढ्छ । यस मौसममा चिसो, खोकी र ज्वरोबाट बच्न रोग प्रतिरोधात्मक क्षमता बढाउन आवश्यक हुन्छ । खाना र पेय पदार्थमा पाइने पोषक तत्त्वले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ। यदि तपाईंले आफ्नो आहारमा केही खानेकुराहरू समावेश गर्नुभयो भने, रोग प्रतिरोधात्मक क्षमता बलियो हुन सक्छ। बेसार–बेसारलाई रोग प्रतिरोधात्मक क्षमताका लागि राम्रो मानिन्छ । बेसारलाई ओस्टियोआर्थराइटिस र रुमेटोइड आरथाइटिस दुवैको उपचारमा इन्फ्लेमेटरीको रूपमा वर्षौँदेखि प्रयोग गरिएको छ। विज्ञका अनुसार अनुसार बेसारमा कर्क्युमिन नामक तत्त्व राम्रो मात्रामा पाइन्छ, जसले रोग प्रतिरोधात्मक क्षमता बढाउने काम गर्छ। जाडोमा दूधमा बेसार मिसाएर पिउन सकिन्छ । अदुवा–अदुवालाई पनि जाडोमा…

Read More

झापा, १२ पुस । मेचीनगर नगरपालिका–४ बाहुनडाँगीमा सञ्चालित मानव आश्रम झापा शाखाले एक वर्षमा १२१ जना सहयोगापेक्षी व्यक्तिको उद्धार गरेको छ । आश्रमले सडक र सार्वजनिकस्थलमा कष्टपूर्ण जीवन गुजारिरहेका सडक मानवहरुलाई उद्धार गरेर पालनपोषण, उपचार र सम्भव भएसम्म आफन्तसँग पुनर्मिलन गराउँदै आएको शाखाका संयोजक खगेन्द्र विश्वकर्माले बताए । आश्रमको १७ औँ शाखाको रुपमा २०८१ मङ्सिर २३ गते झापा शाखा औपचारिक रूपमा सञ्चालनमा आएको थियो । एक वर्षको अवधिमा आश्रम सञ्चालनमा रु ५४ लाख ८१ हजार ९१५ खर्च भएको शाखाको वार्षिक प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनका अनुसार सो अवधिमा शाखाले रु ५४ लाख ६९ हजार ५५७ सेवा आम्दानी गरेको छ भने…

Read More

झापा, १२ पुस । रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्वसाधारणतर्फ मागभन्दा ३३ गुणा बढी आवेदन परेको छ । कूल ९ लाख २४ हजार ७ सय ६८ कित्ताको लागि खुला गरिएकोमा अन्तिम समय हिजो शुक्रवारसम्म ३ करोड ५ लाख ४ हजार ८ सय कित्ताको लागि आवेदन परेको छ । पाँच लाख ८३ हजार ८ सय ९६ आवेदकबाट ३ करोड ५ लाख ४ हजार ८ सय कित्ताको लागि आवेदन परेको छ । प्रतिकित्ता ८ सय २० रूपैयाँ ८० पैसाको दर अनुसार कूल २५ अर्ब ३ करोड ८३ लाख ३९ हजार ८ सय ४० रुपैयाँको सेयर माग भएको हो । यो आईपीओ ५०–५० कित्ताका…

Read More

उदयपुर, १२ पुस । उदयपुरको चौदण्डीगढी नगरपालिका–३ स्थितबाट ७ सय ६३ किलोग्राम ७०० ग्राम लागू औषध गाँजा बोकेको बोलेरो गाडीसहित २ जना मानिसलाई प्रहरीले नियन्त्रणमा लिएको छ । हिजो राति १२ः३० बजे इलाका प्रहरी कार्यालय बेल्टार र लागुऔषध नियन्त्रण व्युरो बिराटनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले चौदण्डीगढी नगरपालिका–३ स्थित पैतालिस चौकबाट गाईघाट तर्फ आउदै गरेको को–१ ज ३४५६ नं. को बोलेरो गाडीलाई चेकजाँच गर्दा गाडी भित्र ३० बोरामा राखेको ७ सय ६३ किलोग्राम ७०० ग्राम गाँजा बरामद गरी चालक बेलका नगरपालिका –६ का रविन कुमार राई र सोही गाडीमा सवार बेलका नगरपालिका –९ का राम बहादुर राईलाई पक्राउ गरेको छ ।

Read More

विराटनगर, १२ पुस । मोरङ र धनकुटाबाट प्रतिबन्धित औषधीसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पुस ११ गते जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलिले विराटनगर महानगरपालिका – ४ स्थित नोबेल मेडिकल कलेजमा बेवारिसे अवस्थामा प्रतिबन्धित औषधी ट्रामाडोल– ६००० पिस फेला पारि नियन्त्रणमा लिएको छ भने विराटनगर – २ स्थित वडा प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा विराटनगर–१२ का दिनेश राई लाई प्रतिबन्धित औषधी ७ पिस इस्पासमो र २ पिस नाईट्रोजन ट्याबलेट सहित नियन्त्रणमा लिईएको छ । त्यस्तै जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरी टोलीले धनकुटा – ७ बाट सोहि स्थानका बिजय मल्लिक, रविन मल्लिक, धनकुटा–६ का…

Read More

भद्रपुर, १२ पुस । चालु आर्थिक वर्ष २०८२–०८३ को मङ्सिर मसान्तसम्ममा अलैँचीको निर्यात ६० दशमलव १० प्रतिशतले बढेको छ । मेची भन्सार कार्यालयको तथ्याङ्कअनुसार उक्त अवधिमा रु पाँच अर्व ५३ करोड ३२ लाख ४९ हजार बराबरको अलैची निर्यात भएको छ । पाँच महिनाको अवधिमा दुई हजार ६२२ दशमलव १० मेट्रिक टन अलैँची निर्यात भएको कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईले जानकारी दिनुभयो । अघिल्लो आव २०८१र०८२ को सोही अवधीमा रु तीन अर्ब ४५ करोड ६३ लाख बराबरको अलैंची निर्यात भएको उहाँले बताउनुभयो । कार्यालयको तथ्याङ्अनुसार चालु आवको पाँच महिनामा चियाको निर्यात ३१ दशमलव ४० प्रतिशतले घटेको छ । उक्त अवधिमा रु…

Read More

बिर्तामोड, १२ पुस । गुरुङ समुदायहरूको महान पर्व तमु ल्होसार–२०८२ को अवसरमा आज झापाको बिर्तामोडमा ‘गुरुङ सांस्कृतिक तथा खेलकुद कार्यक्रम’ हुँदैछ । तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् झापाको आयोजनामा सांस्कृतिक तथा खेलकुद कार्यक्रम हुन लागेको हो । कार्यक्रमको उद्घाटन आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष रेशम गुरुङले गर्नुहुनेछ । कार्यक्रम बिर्तामोड–३ स्थित डोमालाल राजवंशी रंगशालाको पश्चिमतर्फको खुला मैदानमा हुने भएको हो । परिषद्का केन्द्रीय सल्लाहकार समिति सदस्य जलकुमार गुरुङले पछिल्लो समय नेपालमा हरेक चाडपर्व हरेक जातजातिले समान रुपले मनाउन थालेको बताउनुभयो । सोही अनुरूप तमु ल्होसार पर्व पनि साझा पर्वका रूपमा स्थापित भई सबैले मनाउन थालिसकेको उल्लेख गर्नुभयो…

Read More

झापा, १२ पुस । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । जसको प्रभावले तराईका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ । गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको छ । आज तराई भूभागका अधिकांश स्थानहरूमा हुस्सु रहनेछ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहनेछ । भोलि देशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ। कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको…

Read More

बिर्तामोड, १२ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज झापाको बिर्तामोडमा जनजागरण सभा गर्दै छ । जेनजी आन्दोलनपछि राजनीतिक अवस्थालाई मध्यनजर गर्दै पार्टीको धारणा, दृष्टिकोण र मुलुकको पछिल्लो अवस्थाबारे आमनागरिकलाई जानकारी गराउने उद्देश्यले पार्टीले जनजागरण सभा गर्न लागेको राप्रपा झापाका प्रवक्ता सूर्य खतिवडाले जानकारी दिनुभयो । जनजागरण सभामा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन लगायतका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको उहाँले बताउनुभयो । जनजागरण सभामा झापाका १५ वटा स्थानीय तहका १३१ वटै वडाका सहभागी आउने जनाइएको छ । जनजागरण सभाका लागि पूर्वबाट पार्टी नेतृ सबिना बजगाईंको नेतृत्वमा, पश्चिमबाट पार्टीका प्रदेश अध्यक्ष राम थापा, उत्तरतर्फको केन्द्रीय प्रवक्ता भक्ति सिटौला र दक्षिणतर्फको…

Read More

झापा, १२ पुस । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य पुनः बढेको छ । निधारण गरिएको विनिमयदर अनुसार, अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ४७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ०७ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ९९ पैसा र बिक्रीदर १६९ रुपैयाँ ६९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपैयाँ ५८ पैसा र बिक्रीदर १९४ रुपैयाँ ३९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८१ रुपैयाँ ७३ पैसा र बिक्रीदर १८२ रुपैयाँ ४९ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर…

Read More