
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
उदयपुर, ५ पौष । उदयपुरमा गएराति धारिलो हतियार प्रहार गरेर दाजुले भाइको हत्या गरेका छन् । त्रियुगा नगरपालिका १ स्थितमा वर्ष ४३ का युवराज राईले आफ्नै ३० वर्षीय भाइ धर्मराज राईलाई धारिलो हतियार (खुकुरी) प्रहार गरी हत्या गरेका हुन् । खुकुरी प्रहारबाट गम्भीर घाइते भएका राईलाई तत्काल उपचारको लागि जिल्ला अस्पताल उदयपुर ल्याएकोमा राति २ बजे मृत्यु भएको थियो । प्रारम्भिक अनुसन्धानको क्रममा दाजुले आमालाई कुटपिट गरेको विषयमा वादविवाद हुँदा आफ्नै दाजुले धारिलो हतियारले शरीरको विभिन्न स्थानमा प्रहार गरी फरार रहेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
१. मुटुरोग नियन्त्रण गर्छ – बेलायतमा हालै गरिएको एक अनुसन्धानले दैनिक गोलभेडा खाने व्यक्तिमा मुटुरोग लाग्ने सम्भावना ३० प्रतिशतले कमी हुने पाइएको छ । २. भिटामिन र खनिज पदार्थ प्रसस्त – गोलभेडामा भिटामिन ए, भिटामिन सि, भिटामिन के, बी१, बी३, बी५, बी६, बी७, पोटासियम, फोलिट, आईरन, म्याग्नेसियम, क्रोमियम, कोलिन, जीक र फस्फोरस जस्ता शरीरका लागि आवश्यक भिटामिन र खनिज पदार्थ पाइन्छ । ३.चुरोटखाँदा हुने असर कम गराउछ – गोलभेडा नियमित खाँदा त्यसमा पाइने काउमेरिक एसिड र क्लोरोजेनिक एसिडले चुरोटबाट आउने कार्सिनोजिन्स जसले क्यान्सर गराउन मद्धत गर्छ । त्यसको असर कम गर्छ । ४. पाचनशक्ति बढाउछ – गोलभेडाको नियमीत सेवनले शरीरको…
गत मङ्सिर २६ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘पीआर’ अब ओटीटी डिजिटल प्लेटफर्म ‘एमएसएम भिडियो’मा रिलिज हुने भएको छ । फिल्म पुस १० गतेबाट ओटीटीमा ल्याउन लागेको निर्देशक शोभित बस्नेतले बताए । ‘हलमा हेर्न नपाएका दर्शकका लागि हेर्न अवसर प्रदान गर्न फिल्म ओटीटीमा ल्याउन लागेको हो’ बस्नेतले भने । नेपालबाट अस्ट्रेलिया पुगेका युवाहरूको समपना स्थायी आवासीय पत्र (पीआर)प्राप्त गर्नको लागि गर्ने सङ्घर्षको कथामा बनेको फिल्म अस्ट्रेलिया र नेपाल सुटिङ भएको छ । सलोन सलिना फिल्म्सको ब्यानरमा निर्माण भएको यस फिल्ममा आर.ए.सुरज पौडेल, विनिता कार्की, राजन कुँवर, पूजा चौधरी, आश्मा अधिकारी मस्तानी, विमला खत्री, गणेश बुढाथोकी, म्याक्स बाबू, कृष्ण थापा, नवीन घायल…
ललितपुर, ४ पौष । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिनुपर्ने बताएका छन् । ‘भविष्यका लागि बाँसको आवास’ भन्ने नाराका साथ ‘ह्याविट्याट फर ह्युम्यानिटी’ नेपालले आज ललितपुरमा आयोजना गरेको ‘बाँस संरचना डिजाइन मार्गदर्शन २०८२’ विमोचन कार्यक्रममा उनले स्थानीय उत्पादन उपयोगमा प्रोत्साहन गर्न आफूले योजना बनाइरहेको बताए । मन्त्री घिसिङले भने, “स्थानीय उत्पादन र प्रविधिको प्रयोगले रोजगारीको सिर्जना गर्नेछ । बाँसको व्यावसायिक खेतीले आन्तरिक मागलाई बढावा दिनुका साथै संरचना निर्माणका लागि खर्च हुने अन्तरराष्ट्रिय मुद्रा सञ्चितिमा समेत योगदान पुग्ने देखिन्छ । त्यसैले संरचना निर्माणका लागि स्थानीय प्रविधिको प्रयोग गरौँ, आफ्नो मौलिकता संरक्षणमा जोड दिऔँँ ।” सहरी…
झापा, ४ पौष । भारत र दक्षिण अफ्रिकाबीचको पाँचौ तथा अन्तिम टी–२० खेल आज हुँदैछ । खेल अहमदावादमा नेपाली समयअनुसार बेलुका सवा ७ बजे शुरू हुनेछ । पाँच खेलको टी–२० श्रृंखला भारत २–१ ले अगाडि छ । पहिलो खेल भारतले १ सय १ रनले जितेको थियो भने दोस्रो खेलमा भारत दक्षिण अफ्रिकासँग ५१ रनले पराजित भएको थियो । चौथौ खेल बाक्लो हुस्सु र वायु प्रदूषणका कारण हुन सकेन । भारतले आजको खेल जितेमा टी–२० शृङ्खला जित्नेछ भने दक्षिण अफ्रिकाले जिते शृङ्खला बराबरी हुनेछ । यस अघि यी दुई देशबीच भएको टेस्ट शृङ्खला दक्षिण अफ्रिकाले र एक दिवसीय शृङ्खला भारतले जितेको…
झापा, ४ पौष । सुनको भाउ आज घटेको छ । सुन आज तोलामा २ हजार रुपैयाँले घटेर २ लाख ५८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ २ लाख ६० हजार ४ सय रुपैयाँ थियो । यस्तै आज चाँदीको पनि घटेको छ । आज चाँदी ७५ रुपैयाँले घटेर तोलाको ४ हजार ५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ अहिलेसम्मकै उच्च ४ हजार ८० रुपैयाँ थियो ।
कुनै पनि स्तनधारी प्राणीका लागि दुध अतिनै आवश्यक पदार्थ हो । अझ मानव जीवनका लागि त झनै महत्वपूर्ण पदार्थ हो । कुनै पनि शिशुका लागि जन्मेको ६ महिना सम्म उसको सम्पूर्ण खानेकुरा भनेकै दुध मात्र हो । अर्थात दुध बाहेक अरु चिज दिन सकिदैन वा हुदैन पनि । बच्चाको उमेर बढदै जाँदा विस्तारै आमाको दुध आउने र बच्चाले खानेक्रम घटदै जान्छ । त्यसको पूर्ति गाई , भैँसी, भेडा, बाख्रा लगायतका जनावरका दुधबाट पूर्ति गर्ने गरिन्छ । दुध ‘माइक्रो न्युट्रेन्ट’ हो , जसले शरीरको सम्पूर्ण बृद्धिविकासका लागि सहयोग पुर्याउछ । दुधबाटै शरीरका लागि आवश्यक पर्ने प्रोटिन, कार्वोहाइट्रेड, फ्याट र मिनरल्स लगायतका…
विश्वले पर्खिरहेको फिल्म ‘अवतार’ को तेस्रो श्रृंखला शुक्रबारदेखि विश्वभर प्रदर्शनमा आउँदैछ । नेपालमा ११ दिनअघि नै यो फिल्मको एड्भान्स टिकट बिक्री सुरु भैसकेको छ । यस्तोमा, ‘अवतार ः फायर एण्ड एस’ को पर्खाइ नेपाली दर्शकमाझ पनि देखिन्छ । यसको स्पष्ट संकेत, मंगलबार दिउँसोसम्म विक्री भएको टिकट संख्या र ग्रस कलेक्सनलाई लिएर देख्न सकिन्छ । मंगलबार बिहान ११ बजेसम्म सिनेपाः बक्सअफिसमा यो फिल्मका ८ हजार ३४६ वटा टिकट बिक्री भैसकेका छन् । त्यति टिकट बिक्रीबापत फिल्मले ३६ लाख ४० हजार ४८० रुपैयाँ नेरु ग्रस कमाएको छ । विहिबार बेलुकासम्म फिल्मको एड्भान्स टिकट बिक्रीले ४५ देखि ५० लाख सजिलै नाघ्ने अनुमान गर्न…
इटहरी, १ मंसिर । इटहरी उपमहानगरपालिका वडा नम्बर २ स्थित भानुभक्त टोलमा आफ्नै घरभित्र थुनिएको अवस्थामा एक व्यक्तिको मृत्यु भएको छ। केही दिनदेखि घरको ढोका नखुलेको देखेपछि स्थानीय छिमेकीहरूले प्रहरीलाई खबर गरेका थिए। खबर प्राप्त हुनासाथ हलगडाबाट खटिएको प्रहरी टोली घटनास्थलमा पुगेको थियो। त्यसपछि स्थानीय जनप्रतिनिधि, इलाका प्रहरी कार्यालयबाट खटिएको थप प्रहरी टोली तथा मृतककी श्रीमतीको उपस्थितिपछि ढोका फोडेर घरभित्र प्रवेश गरिएको थियो। ढोका खोलेर हेर्दा मृतकको आधा शरीर शौचालय (टोइलेट) भित्र र आधा बाहिर घोप्टो अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। शव अर्धनग्न अवस्थामा रहेको र केही दिन पुरानो भएकाले फुलेको अवस्थामा भेटिएको बताइएको छ। मृतक राजेश बिष्ट रहेको…
काठमाण्डौ, १ मंसिर । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा हात्ती रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगेका छन् । भोलि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुँदै ती हात्ती कतार पठाउने तयारी छ । चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरमा जन्मिएका सात वर्षको रुद्रकली र छ वर्षको खगेन्द्रप्रसाद आज बिहान ४ बजे भैरहवा पुगेका हुन् । निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार अहिले ती हात्तीलाई विमानस्थलको छेउमा रहेको खाली जग्गामा राखिएको छ । ती हात्तीलाई हिजो सौराहाबाट बिदाइ गरिएको थियो । ती हात्ती राख्नका लागि बनाइएको खोरमा राखी ट्रकमा पठाइएको हो । वन तथा वातावरण मन्त्रालयका सचिव एवम् राष्ट्रिय…