झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

धनकुटा, २७ मङ्सिर । धनकुटा नगरपालिका–७, स्थित बस पार्कबाट प्रतिबन्धित लागुऔषधसहित छ जनालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार राति करिब ११ बजे प्रतिबन्धित औषधसहित उनिहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा सुनसरी धरान उप–महानगरपालिका–१५, बस्ने बस्ने २० वर्षीय अनिष राई र २० वर्षीय युनिशा तामाङ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एसपी शरत कुरमार थापा क्षेत्रीले जानकारी दिनुभयो । यस्तै, धनकुटा नगरपालिका–६, बस्ने १९ वर्षीय मौसम खड्गी, १८ वर्षीय सोनाम, १६ वर्षीय डम्बर राई, र मोरङको रतुवामाई नगरपालिका–६, बस्ने १९ वर्षीयसंजय मगरलाई अनुसन्धानका प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । बसपार्क छेउमा सञ्चालित नानुको होटल एण्ड्र लजमा लागुऔषध कारोबार…

Read More

कास्की, २७ मंसिर । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री कुलमान घिसिङले मुलुकलाई दू्रतगतिमा विकासको बाटोमा अगाडि बढाउन युवा नेतृत्व आवश्यक रहेको बताएका छन्। शनिवार पोखरामा आयोजित एक कार्यक्रममा बोल्दै उनले आगामी निर्वाचनपछि मुलकमा युवा नेतृत्व आउनुपर्ने र उसले मात्रै देशलाई विकासको बाटोमा अघि बढाउने जिकिर गरेका हुन् । मन्त्री घिसिङले आगामी निर्वाचनपछि बन्ने सरकारले देशलाई सही बाटोमा अघि बढाउनुपर्ने भएकाले सोही सोचलाई अगाडि बढाउने गरी युवा नेतृत्व चयन गर्न सबैले लाग्नुपर्ने समेत बताए । उनले मुलुकको पूर्वाधार क्षेत्रको विकासमा तिब्रता दिनका लागि निजी क्षेत्रको लगानी आवश्यक भएकाले त्यसका लागि आवश्यक नीतिगत व्यवस्था गर्न पनि ढिलाई गर्न नहुनेमा जोड दिए । मन्त्री…

Read More

मोरङ, २७ मंसिर। हात्तीको आक्रमणबाट मोरङको सुन्दरहरैचामा एक जनाको मृत्यु भएको छ । सुन्दरहरैचा नगरपालिका–१२ बिराटचोकका ६० वर्षीय भवकृष्ण घिमिरेको घटनस्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख प्रहरी निरिक्षक राजिव गिरीका अनुसार घिमिरे दूध बिक्रीका लागि स्थानीय डेरीमा जाने क्रममा जङ्गली हात्तीको आक्रमणमा पर्नुभएको थियो । आज बिहान करिव ६ः३० बजे बिराटचोकस्थित बस्तीको बीचमै घिमिरेलाई आक्रमण गरेको थियो ।

Read More

झापा, २७ मंसिर । नेपाली यु–१९ युवा क्रिकेट टोलीले एसिसी अन्डर–१९ एसिया कपमा श्रीलङ्कालाई जितको लागि ८३ रनको लक्ष्य दिएको छ । दुबईको द सेभेन्स रङ्गशाला जारी खेलमा श्रीलङ्कासँग निकै कमजोर प्रदर्शन गर्दै नेपाल २८ दशमलव ५ ओभरमा ८२ रनमै अलआउट भएको हो । श्रीलङ्काका सेथ्मिका सेनेविरत्नले ९।५ ओभरमा २५ रन खर्चेर ५ विकेट लिँदै नेपालको इनिङ्स ध्वस्त पारे । यही मङ्सिर २६ गतेदेखि सुरु भएको उक्त प्रतियोगितामा विभिन्न आठ टोली सहभागी छन् । नेपाल समूह ‘बी’ मा छ । नेपालसँगै बङ्गलादेश, श्रीलङ्का र अफगानिस्तान छन् । समूह ‘ए’ मा भारत, पाकिस्तान, युएई र मलेसिया छन् ।

Read More

हिन्दु परम्परा अनुसार जौलाई बिशेष गरी पूजाआजामा प्रयोग गर्ने गरेको पाइन्छ । जौ पूजाका लागि मात्र नभएर खानमा पनि उत्तिकै उपयोगी हुन्छ भनेर तपाइँलाई थाहा नभएको पनि हुनसक्छ । जौको सेवन गर्नाले शरीरमा बिभिन्न किसिमका रोग लाग्नबाट बचाउँछ । जौको पिठो निकालेर त्यसलाई रोटी बनाएर खानाले ब्लड शुगरको मात्रा नियन्त्रण गर्न मद्दत गर्छ । साथै यसको सेवनले भोक नियन्त्रण पनि गर्छ । जौको सेवनले शरीरमा रोगप्रतिरोधात्मक क्षमता बढाउँछ । जौकोपिठेमा प्रशस्त मात्रामा प्रोटीन, क्याल्शियम तथा भिटामिन हुन्छ जसको नियमित सेवनले हड्डी बलियो बनाउँछ । जौको सेवनले हड्डी दुखाइ कम गर्न मद्दत मिल्छ । जौको सेवनबाट शरीरलाई प्रशस्त मात्रामा पौष्टिक तत्व…

Read More

आगामी पुस १० गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘मुगलान’को ट्रेलर रिलिज भएको छ। बिहीबार निर्माण टिमले युना डिजिटल युटुब च्यानलमार्फत रिलिज गरेको हो। २ मिनेट २४ सेकेन्ड लामो ट्रेलरमा नेपाली युवालाई राजनीतिक चपेटामा पारेर परदेशिन बाध्य पारेको कथालाई प्रस्तुत गरिएको छ। कथाले विस.२०५२ सालपछिको सरकार र तत्कालीन विद्रोही पक्षको चपेटामा परेका युवालाई मुगलान लखेटेको टिजरमा देख्न सकिन्छ। मुखियाको रिण तिर्नका लागि मुगलान भासिएका प्रभात पाल फर्किएर आउँदा घर रिक्त देख्छ। ताकी उसका बुबा आमा छैनन्। के भएर उनीहरू छैनन्,कसैले मारेकी कि या अपहरणमा पारियो भन्ने कुरा भने फिल्म हलमा चलेपछि नै थाहा होला। ट्रेलरमा फिल्मका मुख्य अभिनेता प्रभात पाल, अभिनेत्री…

Read More

एजेन्सी, २६ मंसिर । सन् २०२६ को फेब्रुअरी १२ मा बंगलादेशको निर्वाचन आयोगले देशको १३औं राष्ट्रिय संसदीय निर्वाचन र जनमत संग्रह हुने घोषणा गरेको छ । देशका प्रमुख निर्वाचन आयुक्त एएमएम नासिर उद्दिनले गएराति पूर्व–रेकर्ड गरिएको टेलिभिजन सम्बोधनमा यो घोषणा गर्नुभएको हो । उहाँले डिसेम्बर २९ तारिख सम्ममा मनोनयन दर्ता गर्नुपर्ने बताउनुभएको छ । जुन डिसेम्बर ३० देखि जनवरी ४ सम्म जाँच गरिनेछ । चुनाव आयोगले गएको महिना १२ करोड ७० लाख भन्दा धेरै मतदाता दर्ता भएको बताएको थियो । मुख्य सल्लाहकार मुहम्मद युनुसले अस्ति बुधवार १३औं राष्ट्रिय चुनावलाई गएको वर्ष जुलाईमा भएको जनविद्रोहपछि नयाँ बंगलादेश निर्माण गर्ने ऐतिहासिक अवसरको…

Read More

झापा, २६ मंसिर । सुनको भाउ आज एकैदिन तोलामा ३ हजार ५ सय रुपैयाँले बढेको छ । आज सुन तीन हजार पाँच सय रुपैयाँले बढेर तोालाको दुई लाख ५६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको दुई लाख ५३ हजार एक सय रुपैयाँ थियो । यस्तै चाँदीको भाउ पनि आज तोलामा एक सय रुपैयाँले बढेको छ । आज चाँदी एक सय रुपैयाँले बढेर तोलाको तीन हजार नौ सय पाँच रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको तीन हजार आठ सय पाँच रुपैयाँ थियो

Read More

चितवन, २६ मंसिर । अण्डाको लागत मूल्य निरन्तर उकालो लागेको छ । पोल्ट्री व्यवसायी मञ्चले कृषि तथा वन विज्ञान विश्वविद्यालयका विज्ञहरुको समिति बनाई निकालेको लागत मूल्य अनुसार यसअघिको लागत मूल्यभन्दा वृद्धि भएको हो । लागत मूल्य अध्ययन समितिका सदस्यसचिव कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनका उपप्राध्यापक डा. अनन्त दाहालका अनुसार अहिले निकालिएको एउटा अण्डाको लागत मूल्य १९ रुपैयाँ १२ पैसा पर्न आउँछ । विगतमा लागत मूल्य १६ रुपैयाँ ५६ पैसा थियो । तीन वर्षअघि सरकारी र निजी क्षेत्रका भेटेरिनरियन चिकित्सकहरुले लागत मूल्य निकालेका थिए । डा.दाहालका अनुसार दश हजार लेयर्स कुखुरापालन गरी अण्डा उत्पादन गर्दा लाग्ने अण्डाको मूल्य निकालिएको…

Read More

झापा, २६ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गर्नुभएको छ। प्रधानमन्त्री कार्यालयका अनुसार नियुक्त मन्त्रीको दिउँसो ३ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा शपथ हुने जनाइएको छ । मन्त्रीमा कुमार इङनाम, माधव चौलागाईं, राजेन्द्रसिंह भण्डारी र श्रद्धा श्रेष्ठ रहेका छन् ।

Read More