झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, ७ मंसिर । झापा–५ बाट नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली भारी मतान्तरसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । ओलीले ५१ हजार ६१९ मत पाएका छन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले २३ हजार २३१ मत पाएका छन् । ओली अधिकारी भन्दा २८ हजार ३८८ को मतान्तर कायम गर्दै निर्वाचित भएका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेश पोखरेलले ११ हजार ७३१ मत पाएका छन् ।

Read More

भद्रपुर, ७ मंसिर । झापा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका विश्वप्रकाश शर्माले विजय प्राप्त गर्नु भएको छ । उहाँले नेकपा एमाले नेता अग्निप्रसाद खरेलाई १४२७५ मतान्तरले पछि पार्दै विजयी हुनु भएको हो । शर्माले झापा क्षेत्र नम्बर १ बाट ३९६२४ मत प्राप्त गर्नुभएको छ भने वहाँका निकटतम् प्रतिद्वन्दी खरेलले २५३४९ मत प्राप्त गर्नु भएको हो । दोस्रो संविधानसभा निर्वाचन, २०७० मा एमालेका रविन कोइराला र २०७४ को संसदीय चुनावमा माओवादी केन्द्रका राम कार्कीसँग पराजय भोगेका शर्माले तेस्रोपटकमा भारी मतका साथ विजय हासिल गर्नुभएको हो । हाल नेपाली काँग्रेसका प्रभावशाली महामन्त्री समेत रहेका शर्मा विसं २०५७ मै कांग्रेसको महाधिवेशन प्रतिनिधि…

Read More

बिर्तामोड, ७ मंसिर । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्तरगत झापा निर्वाचन क्षेत्र नं. २ को प्रदेशसभा १ को अन्तिम मत परिणाम सार्वजनिक भएको छ । प्राप्त मतपरिणाम अनुसार झापा २ को प्रदेश १ मा नेकपा (एमाले)का एकराज कार्कीले १८ हजार ७३१ मत प्राप्त गरी विजय भएको झापा क्षेत्र नं. २ का निर्वाचन अधिकृत केशवराज पन्तले जानकारी दिनुभयो । विजयी कार्कीका निकटम् प्रतिद्वन्दी लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार एकीकृत समाजवादीका पुष्पराज पोखरेल छ हजार १०१ मत प्राप्त गर्नु भएको छ । कार्की र पोखरेलको मतान्तर १२ हजार ६५१ मत रहेको छ । झापा क्षेत्र नं. २ को प्रदेशसभा १ मा ३८…

Read More

झापा, ७ मंसिर । झापा क्षेत्र नं. ३ को प्रदेशसभा १ मा लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका भूमिप्रसाद राजवंशी विजयी हुनुभएको छ । उम्मेदवार राजवंशी २० हजार सात सय ७० मत ल्याएर विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृत चन्द्रमणि ज्ञवालीले जानकारी दिनुभयो । उहाँका निकटतम् प्रतिद्विन्दी नेकपा (एमाले)का बसन्त बानियाँले १९ हजार सात सय एक मत प्राप्त गर्नु भएको छ । झापा क्षेत्र नं. ३ को प्रदेशसभा १ मा ४५ हजार २९५ मत खसेको थियो । को हुन् भूमिप्रसाद राजवंशीबी.कम., बी.एड. उत्तीर्ण राजवंशीले २०४७ सालदेखि २०७४ सालसम्म प्रा.वि., मा.वि.मा शिक्षण गर्नुका साथै स्रोत व्यक्तिका रूपमा समेत उहाँले शैक्षिक क्षेत्रमै…

Read More

भद्रपुर, ७ मंसिर । झापा क्षेत्र नं. ३ को प्रदेशसभा १ मा लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका भूमिप्रसाद राजवंशी विजयी भएका छन् । २० हजार सात सय ७० मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्विन्दी नेकपा (एमाले)का बसन्त बानियाँले १९ हजार सात सय एक मत प्राप्त गर्नु भएको छ । झापा क्षेत्र नं. ३ को प्रदेशसभा १ मा ४५ हजार २९५ मत खसेको थियो ।

Read More

झापा, ७ मंसिर । जीटूजी सम्झौतामा भारतबाट ल्याउने भनिएको रासायनिक मल किन्ने प्रक्रिया सकिएसँगै आगामी सातादेखि मल नेपाल भित्रिने भएको छ । भारतको राष्ट्रिय केमिकल फर्टिलाइजर ९आरसीएफ० ले मल नेपालसम्म ढुवानी गर्न बोरा प्याकिङ र लोडिङको काम गरिरहेको छ । हिउँदेबाली गहुँ, तोरी र आलुका लागि मल ल्याउन लागेकाले सक्दो चाँडो आइपुग्ने गरी काम गरिरहेको कृषि सामग्री कम्पनी लिमिटेडले बताएको छ । पहिलो वर्ष १ लाख ७० हजार मेट्रिक टन मल ल्याउने गरी भएको सम्झौताअनुसार पहिलो खेपको पहिलो भेसलमा ३० हजार मेट्रिक टन युरिया ल्याउन लागिएको हो । कम्पनीका कामु प्रबन्ध सञ्चालक राजेन्द्रबहादुर कार्कीले जीटूजीबाट ल्याउन लागिएको मल ग्लोबल टेन्डरबाट…

Read More

भद्रपुर, ७ मंसिर । झापा क्षेत्र नं. ३ राष्ट्रिय प्रजातन्त्र पार्टीको अग्रता कायमै रहेको छ । प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन १८ हजार १३४ मतका साथ अग्रस्थानमा हुनुहुन्छ भने लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार नेपाली कांग्रेस नेता कृष्ण सिटौला १५ हजार ४२७ मतका साथ दोस्रो स्थानमा रहनुभएको निर्वाचन आयोगको वेभसाइटमा उल्लेख छ । यता, झापा ३ को प्रदेशसभा १ं मा लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार भूमिप्रसाद राजवंशी १६ हजार ९१६ मतका साथ पहिलो हुनुहुन्छ भने एमालेका उम्मेदवार बसन्त बानियाँ १६ हजार १११ मतका साथ दोस्रो स्थानमा हुनुुहुन्छ । यस्तै, झापा ३ को प्रदेशसभा २ मा एमालेका छविलाल चुडाल ११…

Read More

भद्रपुर, ७ मंसिर । झापा क्षेत्र नं. १ को आज बिहानको मत परिणाम अनुसार प्रतिनिधिसभातर्फ गठबन्धनका उम्मेदवार विश्वप्रकाश शर्मा नेपाली कांग्रेस महामन्त्री ११ हजार ६१५ मतले अगाडि हुनुहुन्छ ।६३ हजार दुई मत गणना गर्दा महामन्त्री शर्माले ३१ हजार ११५ मत प्राप्त गनुभएको झापा क्षेत्र नं. १ का निर्वाचन अधिकृत टंकबहादुर महतले जानकारी दिनुभयो । त्यस्तै, नेकपा (एमाले) का उम्मेदवार अग्निप्रसाद खरेलले १९ हजार ५०० मत प्राप्त गर्र्दै दोस्रो स्थानमा हुनुहुन्छ भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार ओमनाथ भण्डारीले छ हजार १२६ मतका साथ तेस्रो स्थानमा हुनुहुन्छ । ६३ हजार दुई मत गणना गर्दा तीन हजार ५९४ मत बदर भएको निर्वाचन अधिकृत…

Read More

झापा, ७ मंसिर । सरकारले ब्याज अनुदानमा प्रदान गर्दै आएको सहुलियतपूर्ण कर्जा लिनेको संख्या १ लाख ४७ हजार ६ सय ४२ पुगेको छ । त्यसमध्ये ३ सय ९६ जनाले प्रतिव्यक्ति एक करोड रुपैयाँभन्दा बढी कर्जा लिएका छन् । २०७९–८० को तीन महिनासम्ममा ५.६ प्रतिशतको ब्याज अनुदानमा लाभ लिन सफल भएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । २०७२ सालदेखि सरकारले उक्त ब्याज अनुदानमा यस्तो कर्जा उपलब्ध गर्दै आएको छ । एकै व्यक्तिले एक करोड सहुलियतपूर्ण कर्जा लिने ऋणी प्रदेश १ मा एनआईसी एसिया बैंकबाट ६४ जना ऋणी रहेका छन् । ठूला रकमको यस्तो कर्जा अन्य वाणिज्य बैंक, विकास बैंक, वित्त कम्पनी…

Read More

झापा, ७ मंसिर । गोरखा क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारी मतान्तरसहित अग्रता कायम राखेका छन् । बुधबार बिहानसम्मको मतगणनाको परिणामअनुसार प्रचण्डले १५ हजार ५७६ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीले ४ हजार ७०५ मत प्राप्त गरेका छन् । नेकपा एमालेका अब्दुस सलाम मियाँले ३ हजार ९२३ मत ल्याएका छन् ।

Read More