
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, २७ असोज । सामाजिक कार्यमा सक्रिय रहँदै आएको बाह्रदशी जेसीज उत्कृष्ठ हुँदै जेसीज अफ द मन्थको अवार्ड प्राप्त गरेको छ । स्थापनाको छोटो समयमा समाजिक क्षेत्रमा प्रभावकारी काम गरेसंगै सेप्टेम्बर महिनाको अवार्ड बाह्रदशी जेसीजलाई प्रदान गरिएको हो । नेपाल जेसीजले सार्वजनिक गरेको नतिजा अनुसार एरिया ए का ४२ वटा शाखालाई पछि पार्दै बाह्रदशीले यो अवार्ड प्राप्त गरेको हो । सन २०२१ मा पोखरा महाधिवशेनबाट पूर्ण स्वीकृति प्राप्त गरेको यो शाखा झापाको कान्छो शाखा हो । बाह्रदशी गाउँपालिकालाई आफ्नो कार्य क्षेत्र बनाएको यो शाखालाई सुरुङ्गा जेसीजले मातृत्व प्रदान हो । अवार्ड प्राप्त गरेपछि शाखाका अध्यक्ष पुष्पलाल धमलाले शाखाका सबै साथीहरुको…
बिर्तामोड, २७ असोज । नेपाल कम्युनिष्ट पार्टी एकीकृत माओवादीका केन्द्रीय सचिव राम कार्की ९पार्थ क्षेत्री० ले नेकपा एमालेले नक्कली राष्ट्रवाद जनतासामु बेचिरहेको बताउनुभएको छ । लोकतान्त्रिक बाम गठबन्धन निर्वाचन परिचालन मूल समिति २ नं क्षेत्रीय समितिको आयोजनामा विर्तामोडमा सम्पन्न उम्मेद्वार परिचयात्मक कार्यक्रम एवं कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता कार्कीले एमालेको नक्कली राष्ट्रवादमा गरिबी, सुकुम्बासी, निमुखा जनताको समस्या सम्बोधन नहुने दावी गर्नुभयो । ‘भोकमरी, अपहेलना, हिंसाबाट मुक्ति, गरिबीको अन्त्य र स्वतन्त्रताको संरक्षण नै प्रजातन्त्र हो’–कार्कीले विचार नमिल्ने दलहरुबीच भएको गठबन्धनको पृष्ठभूमी औल्याउँदै भन्नुभयो–“जनआन्दोलनबाट प्राप्त उपलब्धी र संविधानलाई समाप्त पार्ने षडयन्त्र एमालेबाट भएपछि पार्टी एकता तोड्दै नेपाली कांग्रेससहितका राजनीतिक मुद्दा मिल्ने दलहरुबीच…
झापा, २७ असोज । आगामी मंसिर ४ मा हुन गईरहेको प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनमा पार्टीको निर्णय विरुद्घ स्वतन्त्र तथा अन्य दलको चुनाव चिन्हमा उम्मेदवारी घोषणा गरेका एमाले जिल्ला तहका नेता कार्यकर्तालाई पार्टीले कारवाही शुरु गरेको छ । नेकपा एमाले जिल्ला कमिटी झापाले विहीबार विज्ञप्ती जारी गदैं पार्टी विरोधी गतिविधि गर्ने पार्टी निर्णयको पक्षमा दृढताका साथ नउभिई पार्टीले अघि सारेका र समर्थन गरेका उम्मेदवारहरुलाई जिताउनको सट्टा स्वतन्त्र तथा अन्य दलको चुनाव चिन्हमा उम्मेदवारी घोषणा गरेकालाई कारवाही शुरु गरेको जनाएको छ । जिल्ला कमिटी अध्यक्ष दीपक कार्कीको हस्ताक्षरसहित जारी विज्ञप्तीमा मंसिर ४ को निर्वाचनमा केही निर्वाचन क्षेत्रहरुमा पार्टी निर्णयको बर्खीलाप हुने…
बिर्तामोड, २७ असोज । झापा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार देवराज घिमिरेले भारतले हडपेको नेपाली भूमि दावी गर्दै केपी ओली सरकारले नक्सा सार्वजनिक गरेकोमा उहाँकै नेतृत्वमा अब बन्ने सरकारले जमिन नै फिर्ता ल्याउने बताउनु भएको छ । नेकपा एमालेका प्रदेश १ का इन्चार्ज समेत रहनु भएका घिमिरेले आर्थिक नाकाबन्दीदेखि धाक धम्की र राजनीतिक दवाव दिएर नेपालको राजनीतिलाई भारत अनुकूल बनाउने कामको पनि अब अन्त्य गराउने बेला आएको बताउनु भएको छ । मंसीर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन परिचालन तथा प्रचारको काम व्यवस्थित गर्न नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले वडास्तरमा आयोजना गरिरहेको…
झापा, २७ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा) का चारैजना मन्त्रीलाई बर्खास्त गरेका छन् । जसपा अध्यक्ष उपेन्द्र यादवले आगामी मंसिर ४ गतेको निर्वाचनका लागि नेकपा एमालेसँग तालमेल सहमति गरेसँगै मन्त्रीहरु बर्खास्तीमा परेका हुन् ।प्रधानमन्त्री देउवाले भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राई, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, कृषि तथा पशुपन्छी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादव र वन तथा वातावरणमन्त्री प्रदीप यादवलाई आज बर्खास्त गरेका हुन् । यता, २०७८ चैत २४ गते कानुन न्याय तथा संसदीय मामिला मन्त्री बनेका गैरसांसद गोविन्दप्रसाद शर्मा कोइरालाले ६ महिनाभित्र संसदको सदस्यता लिन नसकेपछि सरकारबाट बिदा भएका छन् । प्रधानमन्त्री देउवाले…
झापा, २७ असोज । एमाले झापाले राप्रपाका उम्मेदवारलाई भोट मागेको छ । एमाले झापाका अध्यक्ष दीपक कार्कीले जारी गरेको विज्ञप्तिमा राप्रपाको हलो चुनाव चिन्हका उम्मेदवार र एमालेका सूर्य चुनाव चिन्हका उम्मेदवारहरूलाई मतदान गरी विजयी गराउन पार्टीका नेता कार्यकर्ता, शुभचिन्तक, शुभेच्छुक, सम्पूर्ण मतदाताहरूमा अनुरोध गरिएको छ । यस्तो छ विज्ञप्ति
झापा, २७ असोज । नेपाली कांग्रेसले सत्ता गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध ‘बागी’ दिएका उम्मेदवारहरुलाई पार्टीबाट निस्कासन गरेको छ। कांग्रेसले विधानको धारा ३४ (१) (घ) उल्लंघन गरेकोमा धारा ३४ (४) (क) अनुसार पार्टीको सदस्यसमेत नरहने गरी पाँच वर्षका लागि निस्कासन गरिएको हो । कांग्रेसले ‘बागी’सँगै निजका प्रस्ताव र समर्थकलाई पनि पार्टीको साधारण सदस्यसमेत नरहने गरी पाँच वर्षका लागि निस्कासन गरेको छ । यसअघि कांग्रेसले मंगलबार विज्ञप्ति जारी गरेर ‘बागी’हरुलाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेको थियो ।
झापा, २७ असोज । झापा क्षेत्र नम्बर २ मा स्वतन्त्र उठेका अधिवक्ता स्वागत नेपालले गोर्खालीको निशानी क्रस खुकुरी चुनाव चिह्न पाएका छन् । झापाको क्षेत्र नम्बर ४ मा पूर्वएमाले नेता युक्त भेटवाल पनि स्वतन्त्र उम्मेदवार बनेका छन् । भेटवालले चाहिँ हाम्रो नेपाली पार्टीसँग सम्झौता गरेर लौरो चुनाव चिह्न लिएका छन् ।
झापा, २७ असोज । मेलम्चीको पानी तेस्रो पटक काठमाडौं उपत्यकामा ल्याउने तयारी सुरु गरिएको छ। पानी ल्याउन मेलम्ची खानेपानी आयोजनाको हेडवक्र्ससम्म पुग्न बाढीले बगाएका पहुँच सडक तथा पुलको अस्थायी निर्माण सुरु गरिएको छ । मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक कमलप्रसाद श्रेष्ठले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनअघि नै मेलम्चीको पानी पुनः काठमाडौँ उपत्यकामा वितरण गर्ने गरी तयारी सुरु गरिएको बताए। यस वर्षको मनसुनी वर्षा सुरु हुन थालेपछि जेठ १७ गतेदेखि मेलम्ची खानेपानी आयोजनाको मुहान बन्द गरिएको थियो। वर्षायाममा बाढीपहिरो आउन सक्ने र मुहान तथा सुरुङमा क्षति पुग्ने भएकाले पानी पथान्तरण गर्ने सुरुङका ढोका बन्द गरिएका थिए। कार्यकारी निर्देशक…
झापा, २७ असोज । हाल नेपालमा उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले मधेस प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। राती प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानहरूमा र गण्डकी प्रदेशका एक(दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। मौसम खराबीका कारण सडक तथा हवाई यातायातमा सामान्य प्रभावको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।