झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, ३ कात्तिक । आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूचीमा नाम भएका २८ उम्मेदवारविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । प्रतिनिधि सभातर्फ १३ उम्मेदवार र प्रदेशसभातर्फ १५ उम्मेदवारविरुद्ध उजुरी परेको हो । समानुपातिक उम्मेदवारहरूमा प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारदेखि कांग्रेसका दिवंगत नेता नवीन्द्रराज जोशीकी श्रीमतीसम्मका विरुद्ध उजुरी परेको छ । त्यस्तै, सरकारी लाभको पदमा बसेर बन्दसूचीमा नाम राखिएकाहरूको उम्मेदवारी खारेज गर्न माग गरिएको छ । केही उजुरीमा क्लस्टरमा नपर्ने व्यक्तिहरूलाई राखिएकाले उनीहरूको नाम खारेज हुनुपर्ने दाबी गरिएको छ । उजुरीमा आदिवासी जनजाति, मधेशीलगायतका सूचीमा राखिएका व्यक्तिहरू उक्त समूहको नभएको दाबी गरिएको छ । आजको नेपाल समाचारपत्र…

Read More

झापा, ३ कात्तिक । निर्वाचन आयोगले मतदाता शिक्षा निर्देशिकामा व्यापक फेरबदल गरेको छ । वैशाख ३० मा सम्पन्न स्थानीय निर्वाचनमा निर्वाचन शिक्षा प्रभावकारी नहुँदा बदर मतको सङ्ख्या अनपेक्षित रूपमा बढेपछि आयोगले परम्परागत शिक्षामा सुधार गर्न लागेको हो तर कार्यक्रम भने पुरानै ढाँचामा तयार गरिएको छ । स्थानीय निर्वाचनमा २.४० प्रतिशत पूर्ण बदर र करिब १३ प्रतिशत मत आंशिक बदर भएको थियो । आयोगले निर्वाचन शिक्षा कार्यान्वयन एकाइ, घरदैलो कार्यक्रम तथा परम्परागत प्रचारप्रसारमा परिवर्तन गर्न लागेको हो । आयोगले तयार गरेको निर्देशिकाबमोजिम निर्वाचन शिक्षा कार्यक्रम सञ्चालनका लागि छ वटा समिति हुनेछन् । स्थानीय निर्वाचनमा भने तीन तहको समिति मात्रै रहेको थियो…

Read More

झापा, ३ कात्तिक । निर्वाचन आयोगले विभिन्न सातबुँदे निर्देशन जारी गर्दै आचारसंहिता उल्लंघन भएमा कारबाही गर्ने चेतावनीसमेत दिएको छ । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जारी आचारसंहिताविपरीतका अन्य व्यवस्था उल्लंघन भएमा ‘प्रचलित कानुनबमोजिम जरिमाना तथा उम्मेदवारी खारेजी’सम्मको सजाय हुन सक्ने आयोगले प्रस्ट पारेको छ । दल तथा उम्मेदवारलाई आचारसंहिता पालना गर्न र गराउनसमेत आयोगले निर्देशन दिएको छ । आचारसंहिता दफा ५ मा ‘नेपाल सरकार तथा प्रदेश सरकारका मन्त्रीले आफू उम्मेदवार भएको क्षेत्रमा प्रचारप्रसार गर्नबाहेक निर्वाचन आयोगको सहमति नलिई अन्यत्र कुनै दल वा उम्मेदवारको प्रचारप्रसार गर्न नपाइने’ उल्लेख छ । प्रचारप्रसार गर्दा सरकारी स्रोत साधन प्रयोग गर्न नपाइने व्यवस्था रहेको…

Read More

झापा, ३ कात्तिक । ठगीको उजुरी परेका कतिपय मेनपावरले कारबाहीबाट उन्मुक्ति पाउन उच्च तहका राजनीतिक नेता गुहार्ने गरेका कारण सयौं पीडित न्यायबाट वञ्चित भएका छन् । करोडौं रुपैयाँ ठगीको उजुरी परेका मेनपावरलाई वैदेशिक रोजगार विभागले पटक पटक उपस्थित हुन पत्राचार गरे पनि अटेरी गर्ने गरेका छन्। हाले विभागले सूचना नै जारी गरेर उजुरी फस्यौट गर्न निर्देशन दिएको छ । पार्टीका उच्च तहका नेतासँग पहुँच भएका मेनपावरले कानुनमा तोकिएअनुसार विभागमा उपस्थित हुन आनाकानी गरिरहेको विभागको भनाइ छ। विगत ३ महिनामा विभागमा ७८८ वटा उजुरी विभिन्न मेनपावरविरुद्ध परेको भए पनि लिखित जवाफसहित विभागमा उपस्थित नहुने मेनपावरको संख्या धेरै रहेको छ। यसैगरी कतिपय…

Read More

झापा, ३ कात्तिक । प्रतिनिधि सभामा दलित समुदायको प्रतिनिधित्व निरन्तर घट्दो छ । २०६२/६३ सालको जनआन्दोलनपछि ह्वात्तै बढेको प्रतिनिधित्व क्रमशः घट्न थालेको हो । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनपछि पनि दलित समुदायको प्रतिनिधित्व विगतको तुलनामा घट्ने सम्भावना देखिएको छ । अघिल्लो प्रतिनिधि सभामा दलित समुदायबाट तीन जना प्रत्यक्ष निर्वाचित भएका थिए भने यस पटक प्रमुख दलबाट तीन जना मात्रै उम्मेदवार छन् । प्रत्यक्षतर्फ नेपाली कांग्रेसबाट दलित उम्मेदवारी शून्य रहेको छ । सुरुमा नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बाट पाँच जनाले उम्मेदवारी दर्ता गराएका थिए । कांग्रेसले रुकुमपश्चिमका मानबहादुर नेपाली र एमालेले डडेल्धुराबाट चक्रप्रसाद स्नेहीको उम्मेदवारी…

Read More

भद्रपुर, २ कात्तिक । सामाजि कार्यमा क्रियाशील गोयल परिवारले भद्रपुरका ११ जना छात्रालाई साइकलसहित शैक्षिक सामग्री प्रदान गरेको छ । समाजसेवी दीनबन्धु गोयलको आयोजना र भद्रपुर मारवाडी संघको सहआयोजनामा संघकै सभाहलमा आज आयोजित एक संक्षिप्त समाारेहका बीच साइकल, शैक्षिक पोशाक र छात्रवृत्ति प्रदान गरिएको हो । संघका अध्यक्ष अजय साहेवालाको अध्यक्षतामा आयोजित समारोहका बीच प्रमुख अतिथि भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल, ५ नं वडाध्यक्ष बन्धु कार्कि, ६ नं वडाध्यक्ष रतिया राजवंशी, ७ नं वडाध्यक्ष अभिषेक ढुंगाना, नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश नं १ अध्यक्ष टिकाराज ढकाल, सामुदायिक प्रहरी सेवा केन्द्र भद्रपुरकी अध्यक्ष शीला खड्का लगायतले छात्राहरुलाई सामग्री हस्तान्तरण गर्नुभएको थियो…

Read More

बिर्तामोड, २ कात्तिक । नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीको संयुक्त निर्वाचन परिचालन समितिले झापा क्षेत्र नं. २ का उम्मेवार र सञ्चारकर्मीबीच अन्तरसम्वाद कार्यक्रम गरेको छ । झापा निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार देवराज घिमिरे, क्षेत्र नं. २ (१) बाट प्रदेशसभा सदस्य उम्मेदवार एकराज कार्की र झापा क्षेत्र नं. २ (२) बाट प्रदेशसभा सदस्य उम्मेदवार चिन्तन पाठक र यहाँका सञ्चारकर्मीसँग अन्तरसम्वाद गरेको हो । कार्यक्रममा सञ्चारकर्मीको जिज्ञासाको जवाफ उम्मेदवारहरुले दिएका थिए । सो क्रममा झापा क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार देवराज घिमिरेले महाकाली सन्धि नेपालको अहितमा नभएको बताउनुभयो । उहाँले सन्धिताका भएका…

Read More

बिर्तामोड, २ कात्तिक । लोकतान्त्रिक–बाम गठबन्धनका झापा क्षेत्र नं. २ का उम्मेद्वार हरिकुमार रानाले देश र जनताको हितविपरित कहिल्यै काम नगरेको बताउँदै अब पनि जनताको शिर निहुरिने काम कहिल्यै नगर्ने प्रतिबद्धता जनाउनुभएको छ । अर्जुनधारा नगरपालिका वडा नं–६ को आयोजनामा सम्पन्न वडा भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि रानाले आफूले एमाले त्यागेको तर अरु कुनै पार्टीमा प्रवेश नगरी साझा उम्मेद्वारका रुपमा उठेको बताउँदै यस्तो प्रतिबद्धता जनाउनुभएको हो । यसैगरी, झापा क्षेत्र नं–२ प्रदेशसभा २ का उम्मेद्वार खगेन्द्र मैनालीले आफूलाई अग्रजहरुको आशिर्वाद र युवाहरुको साथ रहने विश्वास ब्यक्त गर्नुभयो । झापा क्षेत्र नं–२ को विकास निर्माण र जनताका समस्याबारे समाधानमा आफू हरप्रहर…

Read More

भद्रपुर, २ कात्तिक । झापा भद्रपुर नगरपालिकाका पूर्वमेयर भारतेन्दुकुमार मल्लिक राप्रपामा प्रवेश गरेका छन् । नेपाली कांग्रेस छाडेर उनी आज राप्रपामा समाहित भएका हुन् । उनलाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आज पार्टीमा प्रवेश गराएका हुन् । मल्लिक झापा क्षेत्र नम्बर ३ का कांग्रेस नेता थिए । यहाँ कांग्रेसबाट कृष्णप्रसाद सिटौला र राप्रपाबाट लिङ्देन चुनावी मैदानमा छन् ।

Read More

झापा, २ कात्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टीले झापामा पार्टीको निर्देशन विपरित गएका भन्दै ३ जनालाई पार्टी बाट निस्काशन गरेको छ । झापा निर्वाचन क्षेत्र नम्बर ४ मा पार्टीको निर्देशन अवज्ञा गर्दै उम्मेद्वारी दिने खुस्बु ओली, क्षेत्र नम्बर १ (ख) मा आफ्नै उम्मेदवार सविना बजगाईंविरुद्ध उम्मेद्वारी दिने कल्याण खड्कालाई पार्टीको साधारण सदस्य नरहने गरी निस्काशन गरिएको हो। पार्टी भावनाविरुद्ध अनधिकृत गतिविधि गरेको भन्दै कन्काई नगरपालिकाका श्याम ओली निलम्बनमा परेका छन् । झापामा एमाले र राप्रपा बीच तालमेल भएको छ। तालमेल विरुद्ध गतिविधि गरेको र झापा क्षेत्र नम्बर ३ मा राजेन्द्र लिंग्देनविरुद्ध उम्मदेवारी दिएकोमा एमालेले यस अघि नै एमाले झापा जिल्ला सचिवालय…

Read More