
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
बिर्तामोड, ३१ असोज । गठबन्धनमा आबद्ध दलका विद्यार्थीहरुको संयुक्त भेला विर्तामोडमा सम्पन्न भएको छ । नेपाली कांग्रेस आबद्ध नेपाल विद्यार्थी संघ, नेकपा माओवादी निकट अखिल क्रान्तिकारी विद्यार्थी संगठन र नेकपा एस निकट अनेरास्ववियुको संयुक्त जिल्ला भेला सम्पन्न भएको हो । भेलाले गठबन्धन दलका उम्मेद्वारहरुको पक्षमा प्रचार–प्रसार अभियान तीब्र पार्दै जनलहर सिर्जना गर्ने उद्देश्यले पाँच सदस्यीय जिल्ला संयन्त्र गठन गरेको छ । नेविसंघ झापाका सभापति राजेन्द्र उप्रेतीको संयोजकत्वमा गठित समितिको सहसंयोजक रञ्जन धमला, सचिव हरि भट्टराई र सदस्यहरुमा सहदेव भट्टराई र नवीन सिटौला रहनुभएको छ । राजेन्द्र उप्रेतीको सभापतित्वमा सम्पन्न संयुक्त भेलाले पाँचवटै क्षेत्र र १० वटै प्रदेशक्षेत्रस्तरमा निर्वाचन प्रचार–प्रसार समिति…
झापा, ३१ असोज । नेकपा माओवादी केन्द्रले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा गठबन्धन दलका आधिकारिक उम्मेदवारको विरुद्धमा उठेका बागी उम्मेदवार, प्रस्तावक र समर्थकलाई पार्टीबाट निष्कासन गरेको छ। पार्टीका मुख्यसचिव श्रीराम ढकालले एक विज्ञप्ति जारी गर्दै निर्धारित मिति र समयभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएका त्यस्ता उम्मेदवारलाई कारबाही गरिएको जानकारी गराएका छन् । त्यस्ता बागी उम्मेद्वारले पार्टीका एवम् गठबन्धन दलभित्रका आधिकारिक उम्मेदवारलाई विजयी गराउन पूर्ण रुपमा सक्रीय रहने प्रतिबद्धता सहित २०७९ असोज ३१ गतेभित्र सार्वजनिक रुपमा वक्तव्य प्रकाशित गरी आफ्नो उम्मेद्वारी निस्क्रिय गराएमा त्यस्ता बागी उम्मेद्वार तथा तिनका प्रस्तावक र समर्थक उपर कारबाही फिर्ता लिइने जनाइएको छ ।
बनियानी, ३१ असोज । वैदेशिक रोजगारीमा गएर फर्किएकालाई स्वदेशमै टिकाउनका लागि ‘वेलकम होम’ परियोजना सञ्चालनमा आएको छ । प्रदेश नं १ को झापा, मोरङ र सुनसरीमा यो परियोजना सञ्चालनमा आएको हो । कथा नेपालले आइतबार भद्रपुरमा ‘मिडिया अन्तक्र्रिया’ कार्यक्रमको आयोजना गरी परियोजनाबारे जानकारी दिएको छ । कथा नेपालका नेशनल को–अर्डिनेटर ताराप्रसाद बडहरियाले विदेशबाट दुःख पाएर फर्किका, ज्ञान–सीप लिएर आएकालाई आर्थिक एकीकरण सहयोग गर्ने उद्देश्यले परियोजना सञ्चालनमा आएको बताउनुभयो । परियोजनाअन्तर्गत विदेशबाट फर्किएकाका लागि रोजगारी सिर्जना, क्षमता अभिवृद्धि, विदेशमा प्राप्त गरेको ज्ञान–सीपलाई स्वदेशमै प्रयोग गर्ने अवस्था बनाउनेलगायतका क्रियाकलाप गरिने जनाइएको छ । उहाँले भन्नुभयो, “श्रम बजारमा भोगेका समस्यालाई पहिल्याउने र समाधान…
झापा, ३१ असोज । झापा क्षेत्र नम्बर ४ का प्रतिनिधिसभाका तर्फबाट गठबन्धनका साझा उम्मेदवार देउमान थेबेले स्थानीय समस्याका बारेमा आफु सबैभन्दा बढी जानकार भएको र निर्वाचन जिते–हारे जे भएपनि ती समस्या समाधानका लागि लागि पर्ने बताउनुभएको छ । कनकाई–६ र ७ को संयुक्त चुनावी सभालाई आइतबार साँझ दुर्गापुरमा सम्बोधन गर्दै उहाँले १० वर्षसम्म गाविस अध्यक्ष बनेर सेवा गरिसकेको भन्दै थप १५ वर्ष जिविस सयन्त्रको समेत अनुभव आफूसँग रहेकाले यस क्षेत्रका साना–ठुला सबै समस्यासँग जानकार भएको बताउनुभयो । ‘निर्वाचनका बेला मात्रै आएर भाषण गरेको होइन, म हिजो जनप्रतिनिधि हुँदा पनि यहाँका समस्यासँग सँगै थिए र भोली जितेर जादा होस् या हार्दा…
झापा, ३१ असोज । नेकपा माओवादी केन्द्रले आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरेर मातहतका कमिटीमा ३ बुँदे सर्कुलर पठाएको छ । पार्टीका प्रदेश र जिल्ला समितिका इन्चार्ज, अध्यक्ष एवम् संयोजकलाई सम्बोधन गरेर अध्यक्ष प्रचण्डले आइतबार पठाएको सर्कुलरमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टी दुबै एउटै चुनाव चिह्न गोलाकार भित्रको हँसिया हथौडा रहेको स्मरण गराउँदै सबै प्रदेश र जिल्लाहरूले आपसी सहकार्यलाई प्रभावकारी बनाउन निर्देशन दिएको एक नेताले जानकारी दिए । दुबै पार्टीका प्रदेश, जिल्ला र स्थानीय स्तरका नेतृत्वका बीचमा विशेष समन्वय संरचना निर्माण गर्न पनि प्रचण्डले सर्कुलरमार्फत निर्देशन दिएका छन् । यस्तै गठबन्धनका निर्वाचनसँग सम्बन्धित सबै कार्यक्रमहरूमा…
एजेन्सी । हालै एउटा अचम्मको घटना घटित भएको छ जसमा एक महिलाको आँखाबाट २३ वटा कन्ट्याक्ट लेन्स निकालिएको छ । ती महिलाले आफ्नो कन्ट्याक्ट लेन्स निकाल्न बिर्सिएका कारण आँखा भित्रै नै यो थुप्रिएर बसेको थियो । ती महिलाले आँखा देख्न छोडेकी थिइन् र उनलाई असाध्यै दुखिरहेको पनि थियो । समस्या बढ्दै गएपछि उनी डाक्टरलाई भेट्न गइन् र उनले आफ्नो समस्या बताइन् । डाक्टरले आँखामा लेन्सको टुक्रा अड्किएको हो कि, आँखाको नानी कोरिएको हो कि, संक्रमण भएको हो कि वा मेकअपको सामान फसेको हो कि भनेर अनुमान गरिन् । तर जब उनले ती महिलाको आँखा परीक्षण गरिन् तब उनले तुरुन्त अस्पतालका…
झापा, ३१ असोज । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि चुनावी तालमेलसहित मैदानमा उत्रिएका सत्ता गठबन्धन आबद्ध चार दलले चुनावी अपिल साझा तर घोषणापत्र अलगअलग बनाउँदै छन् । सत्ता गठबन्धनले गठबन्धन आबद्ध दलको चुनावी अपिल बनाउनका लागि गठबन्धन आबद्ध चार दलबाट एकरएक जना सदस्य रहने गरी समिति बनाएको छ । यस्तै, चारै दलले आआफ्नै घोषणापत्रसमेत तयार गर्दै छन् । साझा अपिल बनाउन समितिमा नेपाली कांग्रेसबाट प्रवक्ता डा. प्रकाशशरण महत, नेकपा माओवादी केन्द्रबाट हितमान शाक्य, नेकपा एकीकृत समाजवादीबाट प्रमेश हमाल र राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी सदस्य छन् । समितिमा सत्ताको नेतृत्व गरेको दल कांग्रेसबाट जिम्मेवारी पाएका महतले निर्वाचनका लागि…
बिर्तामोड, ३० असोज । झापामा सांगीतिक कार्यक्रम ‘झापा महोत्सव–२०७९’ हुने भएको छ । झापा फुटबल क्लबको आयोजनामा बिर्तामोडस्थित डोमालाल रंगशालामा यही कात्तिक ४ र ५ गते ‘झापा महोत्सव–२०७९’ हुने भएको हो । स्थानीयसँगै राष्ट्रिय स्तरका कलाकारले झापाबासीलाई भरपुर मनोरञ्जन दिने आयोजक झापा फुटबल क्लबका अध्यक्ष जलकुमार गुरुङले जानकारी दिनुभयो । चाडवर्पका बेला झापाबासीलाई सांगीतिक कार्यक्रम रमाउने वातावरण बनाउनुका साथै सी डिभिजन खेलेर बी डिभिजनमा पुगेको क्लबलाई ए डिभिजनका लागि खेल खेल्न आवश्यक रकम जुटाउन समेत महोत्सव आयोजना गर्न लागिएको अध्यक्ष गुरुङ बताउनुहुन्छ । दुई दिने सांगीतिक कार्यक्रममा कालीप्रसाद बाँस्कोटा, डोङ, एकदेव लिम्बू, अस्मिता अधिकारी, सुमन कार्की, अमर–अमृतसँगै स्थानीय कालाकारले समेत…
अर्जुनधारा, ३० असोज । कालिकापीठ कालीस्थानको १८ औं वार्षिकोत्सवको अवसरमा ११ दिवसीय बृहत धार्मिक महोत्सव एवम् श्रीमद्स्कन्ध महापुराण आयोजना गरिने भएको छ । धान्य पूर्णिमाको अवसर पारेर आगामी मंसिर १८ गतेदेखि आयोजना हुने बाषिक उत्सबको तयारीका लागि कालिकापीठमा छलफल सप्पन्न भएको छ । छलफलमा स्कन्ध पुराणबारे जानकारी गराउदै कालिका संस्कृत बिद्यापीठका प्राचार्य रघुनाथ रिजालले पुराणहरुमध्ये स्कन्ध पुराण सबैभन्दा ठुलो रहेको चर्चा गर्दै सर्बजनहिताय, सर्बजनसुखाय एवं पीठमा अक्षयकोष वृद्धिको लक्ष्य राखेर पुराण एवं महारूद्राभिषेक महायज्ञ आयोजना गरिने बताउनुभयो । अर्जुनधारा नगरपालिकाका उपमेयर खड्गमाया पराजुलीले सनातन धर्मावलम्बीहरुमा धार्मिक कार्यमा सशक्त सहभागिता जनाउने बिगतको प्रचलन तुलनात्मक रूपमा घटेको बताउँदै भावी पुस्तालाइ संस्कार र…
बिर्तामोड, ३० असोज । नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य सुधिरकुमार शिवाकोटीले इतिहासले नेपाली कांग्रेसको काँधमा महत्वपूर्ण जिम्मेवारी र अवसर सुम्पेको हुँदा गठबन्धन दलका उम्मेद्वारलाई विजयी गराएर आफ्नो जिम्मेवारी पूरा गर्न कार्यकर्ताहरुलाई आग्रह गर्नुभएको छ । नेपाली कांग्रेस झापाको बैठकलाई आज सम्बोधन गर्दै नेता शिवाकोटीले नेकपा एमालेले चलाएको भ्रम र हल्लाका पछि नलागी गठबन्धनका उम्मेद्वारको पक्षमा जनलहर सिर्जना गर्न सक्रियतापूर्वक खट्न कार्यकर्तालाई आह्वान गर्नुभयो । बैठकमा कांग्रेस केन्द्रीय सदस्यद्वय सुशिला ढकाल र गोमा भट्टराई, उपसभापति शेरबहादुर भटराई, क्षेत्रीय सभापति इन्द्र बुढाथोकी लगायतले गठबन्धन दलबीच मतको आदान–प्रदान हुनेहुँदा गठबन्धनलाई चुनाव अवधिभर एकै पार्टी सरह ठानी भावनात्मक एकताका साथ चुनावमा होमिन आग्रह गर्नुभयो…