
एजेन्सी । हालै एउटा अचम्मको घटना घटित भएको छ जसमा एक महिलाको आँखाबाट २३ वटा कन्ट्याक्ट लेन्स निकालिएको छ । ती महिलाले आफ्नो कन्ट्याक्ट लेन्स निकाल्न बिर्सिएका कारण आँखा भित्रै नै यो थुप्रिएर बसेको थियो ।
ती महिलाले आँखा देख्न छोडेकी थिइन् र उनलाई असाध्यै दुखिरहेको पनि थियो । समस्या बढ्दै गएपछि उनी डाक्टरलाई भेट्न गइन् र उनले आफ्नो समस्या बताइन् । डाक्टरले आँखामा लेन्सको टुक्रा अड्किएको हो कि, आँखाको नानी कोरिएको हो कि, संक्रमण भएको हो कि वा मेकअपको सामान फसेको हो कि भनेर अनुमान गरिन् । तर जब उनले ती महिलाको आँखा परीक्षण गरिन् तब उनले तुरुन्त अस्पतालका कर्मचारीलाई बोलाएर एउटा भिडियो बनाइदिन आग्रह गरिन् किनभने उनलाई लागेको थियो कि यसको भिडियो नबनाए भनेको भरमा कसैले पनि यो घटनामाथि विश्वास गर्ने थिएनन् ।
क्यालिफोर्नियाकी डा. कतेरिना कुर्तिवाले जुन भिडियो बनाएकी थिइन् त्यो भाइरल भयो । महिलाले बताए अनुसार उनले पछिल्लो ३० वर्षदेखि कन्ट्याक्ट लेन्स लगाइरहेको र केही समयदेखि उनले सुत्नु अघि कन्ट्याक्ट लेन्स निकाल्न बिर्सिन थालेकी थिइन् ।
डा. कतेरिना कुर्तिवाका अनुसार ती महिला निकै भाग्यमानी थिइन् जसको आँखामा कुनै क्षती भएन । यस्तो अवस्थामा उनको आँखाको ज्योति पनि गुम्न सक्थ्यो । यदि उनलाई लेन्स आँखामा फसेको छ भन्ने महसुस नभएको भने यसले नानीमा कोर्न सक्थ्यो र आँखामा संक्रमण पनि हुन सक्थ्यो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


