झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

बिर्तामोड, २९ असोज । गठबन्धन दलका उम्मेद्वारहरुलाई विजयी गराउन झापामा जिल्लास्तरीय संयन्त्र गठन गरिएको छ । नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालयमा सम्पन्न गठबन्धनमा आबद्ध तीन दलको संयुक्त बैठकले नेपाली कांग्रेसका कार्यबाहक सभापति केशवराज पाण्डेको संयोजकत्वमा नौ सदस्यीय जिल्ला समन्वय संयन्त्र गठन गरेको हो । गठित समितिको सहसंयोजकमा नेकपा एकीकृत समाजवादीका बेदराज रेग्मी र माओवादी केन्द्रका संयोजक राजु आचार्य अग्नी सचिव रहनुभएको छ ।समितिका सदस्यहरुमा नेपाली कांग्रेसबाट शेरबहादुर भट्टराई र कृष्ण हुमागाई, माओवादी केन्द्रबाट मोहन टुडु र कुवेर श्रेष्ठ, नेकपा एसबाट सविना भण्डारी र विपि भट्टराई रहनुभएको छ । गठित समितिले जिल्लाका सबै प्रतिनिधिसभा क्षेत्र र प्रदेशसभा क्षेत्रमा आइपर्ने समस्या र…

Read More

भद्रपुर, २९ असोज । बिर्तामोड–८ देउनियामा रहेको सेन्ट जेभियरर्सका विद्यार्थीहरूले बढ्दो डेंगु रोगको महामारीबाट बच्न जनचेतना विस्तार गर्दै विपन्न बस्तीमा निःशुल्क झुल बितरण गरेको छ । पछिल्लो समय झापामा पनि डेंगु रोगको प्रकोप बढ्न थालेपछि विद्यार्थीहरूले विपन्न बस्ती पहिचान गरी झुलमा सुत्ने बानी विकासका लागि निशुल्क झुल वितरण गरेका हुन् । सेन्ट जेभियर्स बाल क्लब मार्फ ५० परिवारलाई निशुल्क रूपमा झुल प्रदान गरिएको शिक्षक शालिकराम दाहालले जानकारी दिएका छन् । उनका अनुसार विद्याथीहरूले बस्तीमा पुगेर विभिन्न चेतना मुलक पर्चा समेत वितरण गरेका थिए ।

Read More

भद्रपुर, २९ असोज । हिंसामा परेका महिला तथा बालबालिकाको एकद्वार उपचारकेन्द्र भद्रपुरका लागि वार्षिक १८ लाख वजेट प्रस्तावित गरि यस आर्थिक वर्षमा निशुल्क सेवा प्रवाहको लक्ष्य राखिएको छ । लैङ्गिक हिंसा पीडित सरोकार जिल्ला समन्वय समिति झापा मातहत रहेको मेची अस्पतालले दिने निशुल्क वार्षिक उपचारका लागि सो वजेट मार्फत सेवा प्रवाहको लक्ष्य निर्धारित गरिएको हो । यस शीर्षक अनुसार वार्षिक हिंसा पीडित १७० बढीले ले निशुल्क सेवा पाएको विगतका विवरणहरूले पुष्टि गरेका छन् । मेची अस्पताल मातहतमा रहेको निशुल्क उपचार केन्द्रमा हिंसा पीडितहरूले शारीरिक तथा मानसिक उपचार सेवा लिने गरेका छन् । पछिल्लो उपचार विवरण अनुसार १४ वर्ष मुनिका बालिकाको…

Read More

भद्रपुर, २९ असोज । झापाको भद्रपुरस्थित प्रादेशिक अस्पताल सुधारका लागि सरोकारवालाबीच छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । प्रादेशिक अस्पताल सुधार समिति आयोजनामा समितिका अध्यक्ष दिपक तिम्सिनाको अध्यक्षता कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अथिति पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री कृष्णप्रसाद सिटौलाले अस्पताल सुधारका लागि आफूले सकेको सबै प्रकारको सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा अस्पतालका विभिन्न समस्यामाथि अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर टंक बारकोटीले प्रकाश पार्नु भएको थियो । त्यस्तै, डा. मनिस सुवेदी, डा. रबिन रेग्मी, डा. विजय ओझा, अस्पताल अधिकृत सुभाष तामाङ, सा. अधिकृत रेखनाथ दाहाल लगायतले अस्पतालमा विभिन्न समस्याका बारेमा थप जानकारी गराउनुभएको थियो । छलफलका क्रममा…

Read More

अमेरिकाको एरिजोनास्थित स्कट्सडेलमा केही मानिसका लागि समय र मृत्यु रोकिएको छ किनभने उनीहरुको शरीर र दिमागलाई तरल नाइट्रोजनमा राखिएको छ । भविष्यमा पुनः जिउँदो बनाउने उद्देश्य राखिएको छ । यो प्रोजेक्ट अलकोर लाइफ एक्सटेन्सन फाउन्डेसनले ल्याएको हो । अलकोर फाउन्डेशनका मुख्य कार्यकारी अधिकारी म्याक्स मोरले यो प्रोजेक्टको उद्देश्य अरु नै केही भएको बताएका छन् । उनले भने, ‘यो पुनः जिउँदो हुनका लागि मात्रै होइन । अहिले जुन रोगको उपचार छैन, त्यो रोगको उपचार गराउनका लागि आफूलाई भविष्यमा फिर्ता ल्याउनेछन् । १९९ जनामध्ये धेरैजसो यस्तो घातक रोगसँग जुधिरहेका छन् जसको आज उपचार सम्भव छैन । जस्तै : क्यान्सर, एएलएस वा असाध्यै…

Read More

झापा, २८ असोज । आगामी निर्वाचनमा प्रदेश सभातर्फ राजनीतिक दलले सातवटै प्रदेशमा एकल बहुमत पाउन कठिन देखिएको छ । सातवटै प्रदेशमा प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ राजनीतिक दलका उम्मेदवारको सङ्ख्यालाई आधार मान्दा दलले एकल बहुमत पाउने सम्भावना न्यून देखिएको हो । २०७४ मा पहिलो पटक प्रदेश सभाको निर्वाचन हुँदा छवटा प्रदेशमा तत्कालीन नेकपाले बहुमत पाएको थियो । हाल नेकपा विभाजन भई तीनवटा दल गठन भएका छन् । विभाजित दुई दल नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) नेपाली कांग्रेस नेतृत्वको गठबन्धनमा जाँदा नेकपा (एमाले) कमजोर बनेको छ । स्थानीय तहको निर्वाचनको परिणामले समेत उक्त तथ्यलाई पुष्टि गरिसकेको हो । गत वैशाख ३१…

Read More

झापा, २८ असोज । ठुला राजनीतिक दलका पाका नेताहरूको उम्मेदवारी दोहोरिएका बेला स्वतन्त्रबाट थुप्रै युवा उम्मेदवार चुनावी मैदानमा आएका छन् । संघीयता कार्यान्वयनपछि दोस्रोपटक मंसिर ४ मा हुन लागेको प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ एक तिहाइ स्वतन्त्र उम्मेदवार चुनाव भिड्दैछन् । प्रतिनिधिसभाका १६५ सिटका लागि कुल २ हजार ४१२ उम्मेदवार चुनावी मैदानमा उत्रिंदा स्वतन्त्रबाट युवा उम्मेदवार ३६ प्रतिशत छन्। पञ्चायतकालदेखि नै चुनाव लड्दै आएका नेताहरूसमेत प्रतिस्पर्धामा होमिएका बेला उनीहरूलाई स्वतन्त्र युवा उम्मेदवारले चुनौती दिएका छन् । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), नेकपा एकीकृत समाजवादी (नेकपा एस), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय जनमोर्चा लगायत…

Read More

झापा, २८ असोज । निर्वाचन आयोगले उम्मेदवार तथा राजनीतिक दलको निर्वाचन खर्चको विवरण नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको स्थानीय संरचनामार्फत संकलन गरिने भएको छ। आयोगको निर्वाचन आचारसंहिता केन्द्रीय अनुगमन समितिको बैठकले सो निर्णय गरेको हो। उम्मेदवार तथा राजनीतिक दलले निर्वाचनमा खर्च गर्दा आयोगले तोकेको सीमाभित्र रही खर्च गरे नगरेको र निर्वाचन आचारसंहिता पालना भए नभएको सम्बन्धमा तल्लो तहबाट नै निगरानी गर्नुपर्ने भएकाले सो व्यवस्था मिलाउन लागिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए। उम्मेदवार तथा राजनीतिक दलले निर्वाचनमा गरेको खर्च तथा आचारसंहिता पालनाको सम्बन्धमा गहन तथा सूक्ष्म रूपमा अध्ययन तथा निगरानी गरी निर्वाचन आचारसंहिता, २०७३ को दफा ४९ बमोजिम…

Read More

झापा, २८ असोज । नेपाल फेरि पनि अन्तर्राष्ट्रिय सम्पत्ति शुद्धीकरणको कालोसूचीमा पर्ने जोखिम बढेको छ। सरकारले समयमा नै ऐन संशोधन गर्न नसक्दा नेपाल वित्तीय कारबाही कार्यदल (एफएटीएफ) को कालोसूचीमा पर्ने जोखिम बढेको हो। गत असारमा सुरु भएको नेपालको सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी मूल्यांकन प्रतिवेदन तयार गर्न एफएटीएफ अन्तर्गतको एसिया प्रशान्त समूह (एपीजी) को टोली काठमाडौंमा छ । टोलीले बिहीबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय अन्तर्गत सम्पती शुद्धीकरण हेर्ने निकायसँग छलफल समेत गरेको छ। सरकारले एपीजीको मूल्यांकनभन्दा अगाडि नै सम्पत्ति शुद्धीकरण निवारण ऐन अध्यादेशमार्फत भए पनि संशोधन गर्न नसके अन्तर्राष्ट्रिय सम्पत्ति शुद्धीकरणको कालोसूचीमा पर्ने भएको हो। सरकारले सम्पत्ति शुद्धीकरण निवारण गर्न भन्दै केही…

Read More

झापा, २८ असोज । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको पहिलो हुने निर्वाचन प्रणाली (प्रत्यक्ष) तर्फ ४ सय ९५ प्रकारका मतपत्र प्रयोग हुने भएको छ । आयोगले प्रत्येक निर्वाचन क्षेत्रमा पहिलो हुने निर्वाचन प्रणाली (प्रत्यक्ष) तर्फ फरकफरक मतपत्र रहने बताएको हो । ती मतपत्रको छपाइ बिहीबारबाट सुरु भएको छ । आयोगकाअनुसार प्रतिनिधिसभाको १ सय ६५ वटा निर्वाचन क्षेत्रमा १ सय ६५ प्रकारकै मतपत्र प्रयोग हुनेछ । यसैगरी, ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा पनि प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ ३ सय ३० प्रकारकै मतपत्र प्रयोग हुनेछ । प्रतिनिधि र प्रदेशसभामा गरी २÷२ करोड गरेर कुल ४ करोड मतपत्र आवश्यक पर्ने…

Read More