
भद्रपुर, २९ असोज । बिर्तामोड–८ देउनियामा रहेको सेन्ट जेभियरर्सका विद्यार्थीहरूले बढ्दो डेंगु रोगको महामारीबाट बच्न जनचेतना विस्तार गर्दै विपन्न बस्तीमा निःशुल्क झुल बितरण गरेको छ ।
पछिल्लो समय झापामा पनि डेंगु रोगको प्रकोप बढ्न थालेपछि विद्यार्थीहरूले विपन्न बस्ती पहिचान गरी झुलमा सुत्ने बानी विकासका लागि निशुल्क झुल वितरण गरेका हुन् । सेन्ट जेभियर्स बाल क्लब मार्फ ५० परिवारलाई निशुल्क रूपमा झुल प्रदान गरिएको शिक्षक शालिकराम दाहालले जानकारी दिएका छन् । उनका अनुसार विद्याथीहरूले बस्तीमा पुगेर विभिन्न चेतना मुलक पर्चा समेत वितरण गरेका थिए ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



