झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

भद्रपुर, २२ साउन । झापाको कचनकवलबाट भारत तर्फ लैजाँदै गरेको बियर प्रहरीले बरामद गरेको छ । हिजो बेलुका कचनकवल–४ स्थित नेपाल–भारत सिमानाको दशगजा क्षेत्रमा नेपालबाट भारततर्फ को १ च ६२३४ नं. को पिकअपबाट लाँदै गरेको २६ कार्टुन बियर (९ कार्टुन गोर्खा बियर र १७ कार्टुन अर्ना बियर), साइन फिटो (कोक) १ कार्टुन, स्प्राइट ३ बण्डल (१.५ लि.), कोकाकोला २ बण्डल (१.५ लि.) र पिकअप बरामद गरिएको हो । पिकअपसहित करिब ७ लाख ७८ हजार ६०० बराबरको सामान पिकअप चालक इलाम देउमाई–२ का २३ वर्षीय कपिल मगरलाई इप्रका केचनाबाट खटिएको प्रहरी टोली र सप्रबल बि.ओ.पि. केचनाबाट खटिएको सशस्त्र प्रहरी टोलीले पक्राउ…

Read More

भद्रपुर, २२ साउन । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपालको तीव्रतम विकास हुन नसक्नुमा राजनीतिज्ञ सर्वज्ञाता बन्ने प्रवृत्ति बाधक भएको प्रष्ट पारेका छन् । डेमोक्रेटिक लयर्स एसोसिएसन झापाको आयोजनमा चन्द्रगढीमा सम्पन्न मुलुकको समसामयिक परिस्थिति विषयक अन्तरक्रियात्मक कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री शर्माले विकास आयोजनाको वास्तबिकता नबुझी राजनीतिको नेतृत्व लिएका नेताहरूले सवैथोक बुझेको शैलीमा काम गर्दा विकास परियोजना अलपत्र परेर समृद्धिको पथ भेट्न कठिन भएको प्रष्ट पारेका हुन् । शर्माले राजनीतिले विधि र प्रकृया निर्माण गरिदिने भन्दै दल वा सरकार फेरिएसंगै विधि र प्रकृया फेरिने प्रवृत्तिले नीतिगत अस्थिरता निम्त्याएर विदेशी हस्तक्षेप बढ्ने कारण बनेकाले यस्तो प्रवृत्ति अन्त्य गरेर नेपालीले जित्ने अवसर निर्माणको…

Read More

झापा, २२ साउन । काभेका युवा गायक तथा कलाकार गोपाल तिमल्सिनाले नयाँ गाई जात्रा ‘के भो के भो’ बजारमा ल्याएका छन् । दुई दर्जनभन्दा बढी गीत गाएका गायक तिमल्सिनाले निकै रोचक प्रस्तुति के भो के भो गाई जात्राले दर्शक स्रोताको मन जितेको छ । अहिलेको समसामायिक राजनीतिक घटनालाई प्रमुख ब्यङ्ग्य रहेको उत्तm गाईजात्रा सबैले एकपटक हेर्नै पर्ने खालको छ । आफ्नै अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक गरेको गाईजात्रामा तिमल्सिनाले आफ्नै स्वर, शब्द, लयमा प्यारोडी गीतमा अभिनय तथा निर्देशन गरेका छन् । साथमा अन्य कलाकारहरुको पनि प्रस्तुति रहेको छ । Gopal Timalsina वा k bho ke bho gaijatra  सर्च वा तल…

Read More

झापा, २२ साउन । सभामुख र उपसभामुख बन्न सांसद हुनुपर्छ । तर, जब कुनै पार्टीको सांसद सभामुख वा उपसभामुख निर्वाचित हुन्छ तब तत्कालै दलीय आवद्धताबाट अलग हुनुपर्छ। संसद्को साझा नेता बन्नुपर्छ। संघीय संसद्देखि प्रदेशसभाको अभ्यास र परम्परा यही हो। तर, मधेस प्रदेशकी उपसभामुखले भने यस व्यवस्थाको उल्लंघन गरेकी छन्। मधेस प्रदेशकी उपसभामुख उपमा देव जसपाको केन्द्रीय समितिमा बसेकी छन्। वीरगन्जमा सम्पन्न जसपाको केन्द्रीय कार्यसमितिको निर्णयलाई आइतबार जारी गरिएको परिपत्रमा देवको नाम केन्द्रीय सदस्यको ६७ नम्बरमा राखिएको छ। संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईको समूह अलग भएपछि केन्द्रीय समितिलाई पुनर्गठन गर्दै बसेको सो बैठकले ४६६ सदस्यीय केन्द्रीय समिति पुनर्गठन गरेको हो। पार्टी…

Read More

झापा, २२ साउन । ‘लिम्पियाधुरा, लिपुलेक, कालापानी पहिले नेपालको भू–भाग थियो, पछि हटाइयो। हटाइएको रहेछ, इतिहास खोज्दै जाँदा। त्यसलाई सामेल गरेपछि त्यतिबेला पनि मलाई थाहा थियो । अब यहाँ ठूलै उपद्रो मच्चिनेवाला छ। र, मैले प्रधानमन्त्रीबाट हट्नुपर्छ । नभन्दै हट्नुपयो पनि।’ यो भनाइ तत्कालीन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको हो। पार्टीभित्रको आन्तरिक विवाद व्यवस्थापन गर्न नसक्दा दुई–दुईपटक (२०७७ पुस ५ र २०७८ जेठ ७) प्रतिनिधिसभा विघटन गर्ने ओली सरकारको निर्णयलाई सर्वोच्च अदालतले उल्ट्याइदिएको थियो। संवैधानिक व्यवस्थाविपरीत प्रतिनिधिसभा विघटन गर्ने निर्णयका कारण ओली सत्ताच्युत भए। तर ओलीले आफूले गरेको कमजोरी स्विकार्नुको साटो लिम्पियाधुरा, लिपुलेक, कालापानीसहितको नयाँ नक्सा जारी गरेकाले…

Read More

झापा, २२ साउन । त्रिभुवन विश्वविद्यालयको बेरुजु रकम वार्षिक बजेट जत्ति नै पुगेको छ। वित्तीय अनुशासन कायम गर्न नसक्दा मुलुककै सबैभन्दा ठूलो र पुरानो विश्वविद्यालय पछिल्लो समय आर्थिक रूपमा जर्जर बनेको छ । विश्वविद्यालयको आर्थिक गतिविधि यही लयमा गयो भने विश्वविद्यालयमा थप आर्थिक सङ्कट आइपर्ने भन्दै महालेखा परीक्षकको कार्यालयले समेत सचेत गराएको छ । विश्वविद्यालयको केही समयअघि प्रधानमन्त्री एवं कुलपति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको सभाले आर्थिक वर्ष २०७९÷८० का लागि २४ अर्ब ८७ करोड ५७ लाख १४ हजार रुपियाँ बजेट पारित गरेको छ तर विश्वविद्यालयको बेरुजु पनि २४ अर्ब २६ करोड ८७ लाख ८५ हजार छ । बेरुजुभन्दा बजेट करिब…

Read More

उर्लाबारी, २१ साउन । नेपाल उत्पीडित जातीय मुक्ति समाज उर्लाबारी नगर कमिटीको अध्यक्षमा तिलक नेपाली सर्वसम्म चयन भएका छन् । शनिबार सम्पन्न प्रथम नगर अधिवेशनबाट अध्यक्षमा नेपाली सर्वसम्मत चयन भएका हुन् । अधिवेशनबाट नगर कमिटीको उपाध्यक्षमा गीता गजमेर, सचिवमा राजिव दियाली, सहसचिवमा टिकाराम विश्वकर्मा र कोषाध्यक्षमा देवी पाँचकोटी सर्वसम्मत चयन भएका हुन् । त्यस्तै, सदस्यमा खगेन्द्र बराइली, तारा बराइली, सन्तोष सुन्च्युरी, शुक्र विश्वकर्मा, हेमकुमारी नेपाली, सुशीला कार्कीढोली, रुद्र लकान्द्री, सीतादेवी रम्तेल, सुनिता नेपाली, तोया नेपाली, पहलमान नेपाली, कृष्णकुमारी विश्वकर्मा, अम्मर बराईली, रुपनारायण नेपाली, उमा बराईली, भक्तबहादुर रसाइली, सीता सुन्च्युरी, कमला वर्देवा चाहार, सुनिता चाहार, अमृता दाश, मानबहादुर विक, निर्मला विक,…

Read More

झापा, २१ साउन । राप्रपाका केन्द्रीय सदस्य अन्जरा आलमले आज सामाजिक सञ्जालमा आएका भ्रामक समाचारको खण्डन गरेका छन् । उनले पनि सामाजिक सञ्जाल फेसबुक मार्फत् नै आफू एमालेमा प्रवेश नगरेको स्पष्ट पारेका छन् । उनले लेखेका छन्, ‘उक्त विषयमा भन्नु पर्दा व्यक्तिगत भेटघाट भएको र उक्त अबस्थामा खिचेको फोटोलाई नियतवश मिडिकल माफिया दुर्गा प्रसाईंले एमालेमा प्रवेश गर्‍यो भनेर प्रचार गर्नु दुःखद छ । अन्त्यमा मेरो यो फोटो प्रचार भएर राष्ट्रिय प्रजातन्त्र पार्टीका सहयोद्धा साथी, नेता, कार्यकर्तामा परेको सन्देशप्रति दुःख मानेर म पूर्णत पार्टीप्रति कटिबद्ध रहेको समेत प्रण गर्दछु । र म राप्रपा मै छु र जीवनभर राप्रपा मै रहने छु…

Read More

भद्रपुर, २१ साउन । झापाका स्वास्थ्य व्यवसायी दुर्गा प्रसाईंले आज सामाजिक सञ्चाल फेसबुकमा स्टाटस ‘राप्रपाको राजधानी मानिएको कचनकवल गाउँपालिकाको पूर्व मेयर तथा राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय सदस्य अन्जार आलम नेकपा एमालेमा प्रवेश गरेका छ्न्’ भनेर पोस्ट गरेका छन् । राप्रपाबाट पहिलो स्थानीय तह चुनावमा जितेर पाँच वर्ष स्थानीय सरकारको भोग गरेका आलम एमालेमा प्रवेशको खबरले झापामा तरंग उत्पन्न भएको छ । राप्रपाबाटै दोस्रो स्थानीय तह चुनावमा टिकट पाएका आलम राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको खरो समर्थक हुन् । चुनावमा पराजित भएको ताजा अवस्थामा आलम एमाले प्रवेशको खबरले पार्टीका नेता–कार्यकता अच्चमित भएका छन् । कचकवलमा स्थानीय तहको चुनावी परिणामले पार्टी कमजोर भएको…

Read More

भद्रपुर, २१ साउन । मेची प्रादेशिक अस्पताल सुधार समिति र सम्वाद समूह बीच छलफल भएको छ । भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालको विविध पक्षको सुधारका लागि गठन भएको सुधार समितिसँग सोही विषयमा छलफल भएको हो । छलफलमा मेची प्रादेशिक अस्पताललाई सुविधा सम्पन्न एवम् गुणस्तरीय बनाउने अभियानमा जुटेको सुधार समितिलाई सधैं सहयोग र सहकार्य गर्ने आपसी सहमति भएको युवा सामाजिक व्यक्तित्व डिल्ली घिमिरे हिक्मतले बताउनुभयो “अस्पताल सुधारको अभियानलाई निर्णायक निष्कर्षमा पुर्याउने सहमति भएको छ”, उहाँले भन्नुभयो, “विपन्न वर्गको आशा र भरोसा एक मात्र अस्पताल सुधार गर्नुको विकल्प छैन ।” अस्पतालको सेवा सुधारका लागि ३५ बुँदे ज्ञापनपत्र बुझाइ सकिएको सुधार समितिका अध्यक्ष दीपक…

Read More