झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

भद्रपुर, ३१ बैशाख । झापाको भद्रपुर नगरपालिका वडा नं. १ मा नेकपा (एमाले) का सबै उम्मेदवार विजयी भएका छन् । आज राति सम्पन्न वडा नं. १ को मतगणनापछि निर्वाचन अधिकृत गिरीराज गौतमले विजयी उम्मेदवारहरुको नाम घोषणा गर्नुभयो । एमालेका वडाध्यक्षका उम्मेदवार रामप्रसाद अधिकारीले ९७२ मत प्राप्त गरी विजयी भएको उहाँले बताउनुभयो । त्यस्तै, वडा सदस्यमा टिकाप्रसाद भण्डारी र दिलबहादुर लिम्बू, महिला सदस्यमा सीताकुमारी गुरुङ र दलित महिला सदस्यमा अम्बिका विश्वकर्मा रहनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी गठबन्धनका उम्मेदवार मेदनीप्रसाद सिवाकोटीले ५७७ र राप्रपाका दलबहादुर लिम्बूले ६५८ मत प्राप्त गर्नुभएको छ । सिवाकोटी नेकपा (माओवादी केन्द्र) बाट उम्मेदवार बन्नुभएको थियो ।…

Read More

भद्रपुर, ३१ बैशाख । झापाको कचनकवल गाउँपालिकामा १०० मत गणना हुँदा अध्यक्ष उपाध्यक्ष दुवै पदमा एमाले कांग्रेस गठबन्धनले अग्रता लिएको छ। गठबन्धनबाट अध्यक्ष पदका उम्मेद्वार कालेन्द्रप्रसाद सिंह राजवंशीले ६६ मत ल्याएका छन्। त्यस्तै, राप्रपाका अन्जरा आलमले २२ तथा माओवादीका बुद्धिप्रसाद नेपालले ३ मत ल्याएका छन्। उपाध्यक्षमा गठबन्धनका नवराज भट्टराईले २९ राप्रपाका निमसरी राजव‌शीले २७ तथा माओवादीका भागीरथा अधिकारीले १६ मत ल्याएका छन्। हल्दिबारी गाउँपालिकाको अध्यक्षमा राप्रपाले अग्रता लिएको छ । १५० मत गणना हुँदा राप्रपाका रविन्द्र प्रसाद लिङ्देनले ६८ मत ल्याउँदै १० मतको अग्रता लिएका हुन्। दोस्रोमा एमालेका डम्बर बहादुर गिरीको मत ५८ रहेको छ। त्यस्तै, काँग्रेसका तुलसीप्रसाद ओलीले १०…

Read More

कनकाई, ३१ बैशाख । कनकाई नगरपालिकाको मतगणना वडा नम्बर ९ र ८ बाट सुरु गरिएको छ । सो वडाको तीन सय मतगणना गर्दा सबैभन्दा स्वतन्त्र उम्मेद्वार शेरबहादुर थापाले जेब्रा चुनाव चिन्हबाट १ सय ४१ मत प्राप्त गरेको निर्वाचन अधिकृत दिपक कोइरालाले जानकारी दिए । त्यसैगरी, दोस्रोमा सूर्यका राजेन्द्रकुमार पोखरेलको ७७ र तेस्रोमा रुखको रुद्रप्रसाद चिमरियाको रुखको २८ मत खसेको छ यसैगरि हलोको ९ मत आएको छ । तराजुले एक मत पाएको छ । उपमेयरमा कलमको १३ मत, हलोको २० मत आएको छ भने सूर्यको ८५ मत आएको छ । वडाध्यक्षमा ८ नम्बरमा सूर्यको ६४ मत र रुखको ५० मत आएको…

Read More

भद्रपुर, ३१ बैशाख । झापामा ७०.४८ प्रतिशत मतदान भएको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ । जिल्लामा ६ लाख ४६ हजार २३४ मतदातामध्ये २ लाख १८ हजार २६५ पुरुष, २ लाख ३७ हजार १५२ महिला र अन्य गरी ४ लाख ५५ हजार ४१७ जनाले मतदान गरेको जनाइएको छ । अघिल्लो निर्वाचनमा झापामा ५ लाख ८५ हजार एक सय ६६ मतदाता रहेकामा ७२ प्रतिशत मतदान भएको थियो । यसबर्ष मतदाताको सङ्ख्या बढे पनि त्यस भन्दा २ प्रतिशत मत कम खसेको निर्वाचन कार्यालयले जनाएको छ । झापाको कनकाई, दमक, कमल लगायतमा मतगणना हुँदैछ भने केही स्थानीय तहमा सर्वदलीय बैठक पछि हुने भएकोछ…

Read More

भद्रपुर, ३१ बैशाख । नेपाली काँग्रेसका नेता तथा पूर्व उपप्रधानमन्त्री कृष्णप्रसाद सिटौलाले स्थानीय तह आफैंमा अधिकार सम्पन्न स्थायी सरकार भएकाले बहुमत अल्पमतको कुनै अर्थ नरहने बताएका छन् । स्थानीय तह निर्वाचनमा मतदान गर्न गृहनगर भद्रपुर–१० स्थित कलवलगुरी आधारभूत विद्यालय मतदान केन्द्रमा मतदानपछि सिटौलाले सञ्चारकर्मीको गठबन्धनले बहुमत ल्याउँछ भन्ने प्रश्नको उत्तर दिने क्रममा यस्तो बताएका हुन् । संघीय र प्रदेश तहमा गठबन्धनको अर्थ र महत्व रहने भए पनि स्थानीय तहमा सहकार्य र आपसी एकताका लागि चुनावी गठबन्धन गरिएको प्रष्ट पार्दै काँग्रेसका पूर्व महामन्त्री समेत रहेका सिटौलाले संघीय गणतन्त्रको रक्षाका लागि पाँच दलको सहकार्य निरन्तर रहने स्पष्ट पारेका छन् । उनले स्थानीय…

Read More

झापा, ३१ बैशाख । जन्मदिने आमा र गर्भवती श्रीमती गुमाएका अर्जुन कुँवर यतिखेर विक्षिप्त छन् । ३१ वर्षीय अर्जुन दुःख भुलाउन गण्डकी मेडिकल कलेज पोखराको बेडमा उपचार गराइरहेका आफ्ना तीन वर्षीय छोरा अनिशको मुख हेरिहन्छन् । तर, अबोध बालकमा पनि उस्तै दुःखको पहिरो छ । स्याङ्जाको वालिङ नगरपालिका–१४ थुमपोखराका अर्जुन तिनै व्यक्ति हुन्, जसले स्थानीय तह निर्वाचनमा मतदाता बोकेको जिप दुर्घटनामा परिवारका सदस्य, आफन्त गरी पाँच जना गुमाएका छन् । उनका २५ वर्षीया दुई जिउकी श्रीमती धनमाया कुँवर ९जमुना० साथमा पेटको बच्चा, ५३ वर्षीया आमा तोपकुमारी कुँवर, कान्छी आमा ९काकी० ५० वर्षीया टेककला कुँवर र मावली हजुरआमा ९० वर्षीया हरिकला…

Read More

झापा, ३० बैशाख । स्थानीय तहको निर्वाचनपछि स्थानीय तहका गाउँ र नगरसभा पूर्ण रूपमा संसदीय मर्मअनुसार सञ्चालन हुने भएका छन् । नेपाल नगरपालिका सङ्घ र गाउँपालिका राष्ट्रिय महासङ्घले गाउँ र नगरसभालाई पूर्ण रूपमा संसदीय अभ्यासमै सञ्चालन गर्ने गरी अहिले देखि नै गृहकार्य गरिरहेका छन् । गाउँ र नगरसभा पालिकाको कानुन निर्माण गर्ने संसद् भएकाले सभा पूर्ण रूपमा संसदीय मर्मअनुसार सञ्चालन गर्नुपर्ने स्थानीय तहको गाउँ, नगर र जिल्ला सभा सञ्चालन कार्यविधिमा उल्लेख गरि एको छ । २०७४ सालमा निर्वाचित गाउँ र नगरसभाका सदस्य पहिलो पटक निर्वाचित भएकाले संसदीय अभ्यासका बारेमा जानकार थिएन । सुगम स्थानीय तहका के ही पालिकाले निर्वाचन भएको…

Read More

झापा, ३० बैशाख । स्थानीय तहको चुनावले मूल्यवृद्धिमा थप चाप पार्ने अर्थविद्हरुले बताएका छन् । निर्वाचनमा भएको औपचारिक तथा अनौपचारिक खर्चले मुद्रास्फीतिमा थप असर गर्ने उनीहरूको तर्क छ। नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको प्रतिवेदनमा चैत महिनामा नेपालको आर्थिक वृद्धिदर ७.२८ प्रतिशतले रहेको उल्लेख छ, जुन अघिल्लो महिनाको भन्दा पनि बढी हो । राष्ट्र बैंकका अनुसार फागुन महिनामा ७.१४ प्रतिशतले मूल्यवृद्धि भएको थियो । विभिन्न कारणले अहिले नै बढिरहेको मुद्रास्फीतिलाई चुनावले थप प्रभावित बनाउने अर्थविद् डा. डिल्लीराज खनाल बताउँछन्। “चुनाव र चुनावी खर्चले मानिसहरूको वस्तु तथा सेवाको माग बढाउँछ । त्यसले मूल्यमा थप चाप पर्ने देखिन्छ । यो आर्थिक वर्षको…

Read More

झापा, ३० बैशाख । नेपाल राष्ट्र बैंकले यो चुनाव आसपास २० अर्ब रुपैयाँ बाहिरिने अनुमान गरेको थियो। तर ९ अर्ब रुपैयाँ मात्रै थप रकम बैंकिङ प्रणालीबाट बाहिरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ। अनुमानभन्दा कम रकम बाहिरिएको नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालले जानकारी दिए। यो रकम ठ्याक्कै चुनावकै लागि मात्र हो भन्न भने नसकिने उनी बताउँछन्। ुतर विगत १० कार्य दिनमा थप ९ अर्ब रुपैयाँको माग बढ्यो। सो रकमबराबरको नोट राष्ट्र बैंकबाट बाहिर गएको छ,ु उनले भने, ुयो चुनावकै लागि निर्वाचन आयोगले भुक्तानीमा खर्च गयो कि म्यादी प्रहरीलाई दिइयो यकिन भने थाहा भएन।ु वैशाख ९ गतेसम्म…

Read More

झापा, ३० बैशाख । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मेचीनगरको वडा नं. ९ स्थित कवि शिरोमणि माविमा मतदान गरेका छन् । आज विहान ८ः३० बजेतिर उनले मतदान गरेका हुन् । शर्माले स्थानीय तहको निर्वाचनमा जनताले गरेको निर्णय सबैले मान्ने र मान्नुपर्ने बताए ।

Read More