झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

भद्रपुर, १९ बैशाख । झापाको सदरमुकाम नगर, देशकै पुरानो नगरपालिका भद्रपुर पुरानै छ । विकासका दृष्टिकोणले भद्रपुर झापाकै अन्य पालिकाको तुलनामा पछि नै छ । धेरै शासन, प्रशासन, व्यवस्था, नेता, जनप्रतिनिधि आए, गए । तर, विकासको सारभूत कुराबाट अहिले पनि भद्रपुर विमुख छ, बञ्चित छ । यही सेरोफेरोमा भद्रपुर नगरको विकासका लागि अहिले नविन सोचका साथ सामाजिक व्यक्तित्व शिवकुमार राजभण्डारी अग्रमोर्चामा देखिएका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको संयुक्त गठबन्धनबाट उपप्रमुखको उम्मेदवारको रुपमा उनी अहिले नगरको मुहार फेर्ने सोच, योजना, उद्देश्यका साथ अघि बढेका छन् । जनताको पीरमर्कालाई आफ्नो पीरमर्का सम्झने सामाजिक अभियानी शिवकुमारको विशेषता…

Read More

अर्जुनधारा, १९ बैशाख । नेकपा एमालेका तर्फबाट अर्जुनधारा नगरपालिकाको मेयर पदका उम्मेद्वार बलदेव गोम्देन तामाङले समुदाय स्तरमा देखिएको समस्या समाधान आफ्नो पहिलो प्रथमिकता हुने बताउनु भएको छ । चुनावी घरदैलोका क्रममा आज अर्जुनधारा ३ मा आयोजित कोणसभालाई सम्बोधन गर्दै गोम्देनले समुदाय स्तरमा देखिएको समस्याहरुको समाधान आफ्नो पहिलो प्राथमिकता हुने बताउनु भएको हो । गोमदेनले ३ नम्बर वडामा देखिएको हात्ति आतंक, बाटो स्तरोन्नती, नदि नियन्त्रण, कृषीमा आधुनिकीकरण, शिक्षा, स्वास्थ्य लगायतका बिषयलाई स्थानीय सरकारले पहिलो प्राथमिकतामा राख्ने बताउनु भएको हो । ३ नम्बर वडाको बुढी सुखानी, जुकेखाडी, अमलडाँगी र शान्ति चोकमा भएको कोणसभामा स्थानीय जनताहरुले राखेको बिभिन्न समस्या र गुनासोको सम्बोधन गर्दै…

Read More

भद्रपुर, १९ बैशाख । झापाको भद्रपुर नगरपालिकाका नगरप्रमुख जीवनकुमार श्रेष्ठले पदबाट राजीनामा दिनुभएको छ । नगर प्रमुख श्रेष्ठले आज संक्षिप्त पत्रकार भेटघाटको आयोजना गरी आफूले आजकै मितिदेखि नगरप्रमुखबाट राजीनामा दिएको जानकारी दिनुभयो । नेकपा एमालेबाट निर्वाचित श्रेष्ठलाई पार्टीले भद्रपुर नगरको निर्वाचन प्रचार–प्रसार समितिको संयोजकको जिम्मेवारी दिएको छ । “मैले २० दिन अघिदेखि नै नगरपालिकाद्वारा सेवा–सुविधाको प्रयोग गरेको छुइनँ”, उहाँले भन्नुभयो, “पार्टीबाट उम्मेदवार बनेकाहरुलाई जिताउनुपर्ने अभियानमा लाग्नुपर्ने भएकाले निर्वाचन आचारसंहिता उल्लंघन हुन्छ, त्यसैले कार्यकाल सकिनु अघि नै राजीनामा दिएको हुँ ।” निर्वाचन आयोगद्वारा गत चैत ३ गते प्रकाशित राजपत्रको भाग ५ परिच्छेद ३ को दफा ५ (क) अनुसार स्थानीय तह निर्वाचनको…

Read More

बिर्तामोड, १९ बैशाख । नेकपा एमालेबाट बिर्तामोडको नगर प्रमुख पदको उम्मेदवार पवित्रा महतारा प्रसाईंले नगरभित्र निर्माण भएका सबै जेष्ट नागरिक भवन, चौतारीहरुमा फ्रि–वाइफाई र पुस्तकालयको व्यवस्था गर्ने बताउनु भएको छ । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको चुनावी प्रचार अभियानका क्रममा बिर्तामोड–२ मा आयोजना गरिएको कोणसभालाई सम्बोधन गर्दै नगर प्रमुखको उम्मेदवार प्रसाईंले यस्तो बताउनु भएको हो । उहाँले भौतिक पूर्वाधार, सडक, स्वास्थ्य, शिक्षा, कृषि, पशुपालन, पर्यटन र खेलकुद क्षेत्रको थप विकासका लागि विभिन्न योजना रहेकाले यसलाई व्यवस्थित ढंगले अघि बढ्ने बताउनुभयो । उम्मेद्वार प्रसाईंले महिला उद्यमशीलता, युवा स्वरोजगार, नगरपालिका भित्र रिङ रोडको अवधारणा लगायतका दर्जनौं योजनाहरु रहेकाले फेरि पनि…

Read More

झापा, १९ बैशाख । सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा धिरजप्रताप सिंह र सशस्त्र प्रहरी बलको आईजीपीमा राजु अर्याललाई नियुक्त गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले दुवै प्रहरी संगठनमा रिक्त हुन गइरहेको आईजीपी पदमा बढुवामार्फत पदपूर्ति गरेको हो । नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवै संगठनका प्रमुखको ३० वर्षे सेवा अवधि आइतबार राति सकिएको छ । नवनियुक्त दुवै प्रहरी संगठनका महानिरीक्षकलाई सोमबार बिहान पौने ९ बजे गृहसचिवबाट दज्र्यानी चिह्न प्रदान गरिँदै छ । सोमबारदेखि नै दुवै प्रहरी संगठनका नवनियुक्त महानिरीक्षकले पदीय जिम्मेवारी वहन गर्नेछन् । बढुवामा सशस्त्र प्रहरी महानिरीक्षकको नियुक्तिमा कुनै विवाद नआएको भए पनि नेपाल प्रहरीको नियुक्ति भने…

Read More

झापा, १९ बैशाख । निर्वाचन आयोगले यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा भाग लिएका राजनीतिक दल र उम्मेदवारविरुद्ध मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति दिनेलाई कारबाही गर्ने चेतावनी दिएको छ। आयोगले आइतबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता शालिग्राम शर्मा पौडेलले सामाजिक सञ्जालमा मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति पोस्ट भइरहेको पाइएको भन्दै यस्ता गतिविधि रोक्न चेतावनी दिएका हुन् । उनले भने, ‘स्थानीय तह सदस्य निर्वाचनमा उम्मेदवार र राजनीतिक दलप्रति लक्षित गरी मिथ्या सूचना, दुष्प्रचार, द्वेषपूर्ण अभिव्यक्ति सामाजिक सञ्जालमा पोस्ट भइरहेको पाइएको छ। यस्ता गलत भ्रामक, चरित्र हत्या हुने, व्यक्तिगत लाञ्छना लगाउने, मानहानि हुने वा यस्तै प्रकृतिका निर्वाचनलाई…

Read More

झापा, १९ बैशाख । डिजिटल अर्थतन्त्र निर्माण तथा ब्रोडब्यान्डको समावेशी पहुँचको लक्ष्यसहित सरकारले ल्याएको ‘डिजिटल नेपाल फ्रेमवर्क’ कार्यान्वयनका लागि करिब २२ अर्ब रुपियाँ लगानी गरिने भएको छ । फ्रेमवर्कमा समावेश केही लक्ष्यको कार्यान्वयनका लागि ‘डिजिटल नेपाल एक्सेलरेसन’ परियोजनामार्फत उक्त लगानी गर्न लागिएको हो। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विश्व बैङ्कको सहयोगमा उक्त परियोजना अघि बढाउन लागेको हो। परियोजना कार्यान्वयनका लागि विभिन्न क्षेत्रगत विषयको मस्यौदा तयार गरेर मन्त्रालयले त्यसमा सुझावका लागि सार्वजनिक अपिल पनि गरेको छ। नियामक नेपाल दूरसञ्चार प्राधिकरण, सूचना प्रविधिलगायतलाई प्रमुख कार्यान्वयन निकायका रूपमा राखिएको यो परियोजनामा विश्व बैङ्क समूहमार्फत करिब १७ अर्ब रुपियाँ (१४ करोड अमेरिकी डलर) लगानी…

Read More

झापा, १९ बैशाख । वैदेशिक रोजगारीमा जाने श्रमिकलाई कानुनविपरीत भर्ना शुल्क लिने, सम्झौताअनुसार रोजगारी र पारिश्रमिक नदिने तथा व्यक्तिगत कागजात नियन्त्रणमा लिएर बाध्यात्मक रूपमा वैदेशिक रोजगारमा पठाउने परेको पाइएको छ। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले अन्तराष्ट्रिय ट्रेड युनियन महासंघ (आईटीयूसी) संगको साझेदारीमा गरेको एक अध्ययनले खारेजीमा परेको वैदेशिक रोजगारको एजेन्ट प्रणालीमार्फत नै चर्को सेवा शुल्क लिएर सम्झौता विपरीत विदेश पठाउने गरिएको देखाएको छ। वैदेशिक रोजगारमा जान चाहने व्यक्तिहरूलाई इजाजतपत्रवाला संस्था (म्यानपावर कम्पनी) सम्म सम्पर्क गराइदिने माध्यमको रूपमा कार्यरत एजेन्टहरूको व्यवस्थालाई नेपाल सरकारले २०७५ सालमै खारेज गरेको थियो । तर यसका बाबजुद वैदेशिक रोजगारमा जान चाहनेमध्ये ४० प्रतिशत एजेन्टमा नै…

Read More

भद्रपुर, १९ बैशाख । स्थानीय तह निर्वाचनका लागि भद्रपुरमा सहकार्य गरिरहेका दलहरूको गठबन्धनले १३ बुँदे साझा प्रतिबद्धता सार्वजनिक गरेका छन् । नेपालको पुरानो नगरपालिकाको ऐतिहासिक पहिचान बनाएको नगरको समृद्धिको खाका सहित नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा समाजवादी पार्टीको संयुक्त गठबन्धनले साझा प्रतिबद्धतापत्र सार्वजनिक गरेको हो । गठबन्धनका तर्फबाट प्रतिबद्धतापत्र मस्यौदा समितिका संयोजक माओवादी केन्द्रका नेता नरपति लिम्बूले पेस गर्दै शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, महिला तथा बालबालिका, पूर्वाधार विकास, आर्थिक नीति, सेवा प्रवाह तथा सुशासन, युवा तथा खेलकुद, साँस्कृतिक सम्पदा संरक्षण तथा पर्यटन प्रवद्र्धन, वातावरण व्यवस्थापन, विपद व्यवस्थापन, सुकुम्बासी समस्या हल तथा अव्यवस्थित बसोबास व्यवस्थापन शीर्षकमा विस्तृत विवरणसहित प्रतिबद्धतापत्र…

Read More

बिर्तामोड, १८ बैशाख । झापाको बिर्तामोडमा आज लघु चलचित्र ‘परिबन्ध’ सार्वजनिक गरिएको छ । क्षितीज संगीत साधना प्रतिष्ठान झापाले निर्माण गरेको सामाजिक विषयवस्तुमा आधारित लघु चलचित्र परिबन्ध सार्वजनिक गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि साहित्य चौतारी झापाका संरक्षक देवीभक्त श्रेष्ठले लघु चलचित्र परिबन्ध सार्वजनिक गर्नुभएको थियो । समाजमा पारिवारिक अवस्था कमजोर र आर्थिक रुपमा सबल नहुँदा भोग्नुपर्ने समस्यालाई ज्वलन्त रुपमा उठान गरिएको छ । आर्थिक अभाव हुँदा महिलाले समाजबाट अपहेलित हुनुका साथै परपुरुषहरुले लगाउने गिद्धेदृष्टि र अभावमा सहयोग माग्दा नपाइने र पाइए पनि फाइदा लुट्न खोज्ने गरेको यथार्थलाई उठान गर्न खोजिएको छ । ३२ मिनेटको लघु चलचित्रमा कलाकारहरुले जिवन्त कला…

Read More