झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, २८ जेठ । सरकारले विभिन्न २५ अत्यावश्यक सेवामा कुनै पनि बहानामा हड्ताल वा अवरोध गर्न निषेध गरेको छ। ती क्षेत्रको संवेदनशीलता र नागरिकसँग जोडिएका विविध विषयलाई केन्द्रमा राखेर सरकारले २५ वटा सेवामुलक क्षेत्रमा हड्ताल वा अवरोध गर्न नपाइने विशेष व्यवस्था गरेको हो। गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरी क्षेत्रसमेत तोकेर बन्द, हडतालगर्न नपाउने आदेश जारी गरेको छ। आवश्यक सेवा सञ्चालन ऐन २०१४ को दफा ३ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी सरकारले विभिन्न २५ आवश्यक सेवामा हडतालगर्न निषेधको आदेश जारी गरेको हो। राजपत्रमा जारी सूचनामा डाँक, तार वा टेलिफोन सेवा, जल, स्थल तथा हवाइमार्गबाट यात्री वा मालसामान…

Read More

झापा, २८ जेठ । ताइवान स्वतन्त्रताको घोषणा गरे आफूहरुले ताइवानमाथि युद्ध सुरु गर्ने चीनले चोतावनी दिएको छ । चिनियाँ रक्षा मन्त्रीले अमेरिकी समकक्षीसँग शुक्रबार पहिलोपटक भएको प्रत्यक्ष वार्तामा चेतावनी दिँदै चीनले ताइवानविरूद्ध युद्ध घोषणा गर्न सक्ने बताउनुभएको हो । “यदि कसैले ताइवानलाई चीनबाट विभाजन गर्ने आँट गर्छ भने, लागत जस्तोसुकै भए तापनि चिनियाँ सेनाले युद्ध सुरु गर्न पक्कै हिचकिचाउने छैन,” वु कियानले लोयड अस्टिनसँगको बैठकमा रक्षा मन्त्री वे फेन्घेले राखेको भनाइलाई उद्धृत गर्दै भने । ‘ताइवान स्वतन्त्रता’ को बहानामा हुने चीनविरोधी षड्यन्त्रलाई नष्ट गर्ने र मातृभूमिको एकीकरणलाई दृढतापूर्वक समर्थन गर्ने प्रतिज्ञा गरिएको चिनियाँ रक्षा मन्त्रालयले उल्लेख गरेको छ। ‘ताइवान चिनियाँ…

Read More

झापा, २८ जेठ । गत बैशाख २६ गते एक महिलाको अश्लिल भिडियो खिचे । त्यसपछि उनले चरित्र हत्या गर्ने धम्की दिए । सामाजिक सञ्जालमा हालिदिने उनको धम्की थियो । भिडियो डिलिट गर्न ति महिलाले पटक–पटक आग्रह गरिन् । उनले भिडियो हटाउने भए ५० लाख दिन भने । पीडित महिलाले ३ लाख रुपैयाँ दिइन् । बाँकी रकम पनि मागिरहे । पटक–पटक धम्की दिएपछि महिलाले कास्की प्रहरीमा उजुरी दिइन् । प्रहरीले अनुसन्धान सुरु गर्‍यो । अन्ततः कैलाली प्रहरीको समन्वयमा कास्की प्रहरीको टोलीले बाजुरा बडीमालिका–७ का २७ वर्षीय शान्तराज तिमिल्सेनालाई पक्राउ गर्‍यो । ‘लुकिछिपी भिडियो बनाएर बार्गेनिङ गरेको सूचना आयो,’ कास्की प्रहरीका निमित्त…

Read More

झापा,२८ , जेठ । शनिवार बिहान भक्तपुर जिल्लाको चाँगुनारायण आसपास केन्द्रविन्दु बनाएर भूकम्प गएको छ ।राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शनिबार बिहान २ बजेर ३६ मिनेट जाँदा ४.७ म्याग्निच्युडको भूकम्प गएको मापन गरेको हो । भूकम्पको धक्का काठमाडौं उपत्यकाका तीनै जिल्लाका साथै आसपासका जिल्ला लगाएत पूर्वका जिल्लाहरूमा समेत महसुस गरिएको छ ।

Read More

कनकाई, २७ जेठ । झापाको कनकाई नगरपालिका–३ स्थित सुरुङ्गा बजार रहेको सुभेक्षा बचत तथा ऋण सहकारी संस्थाबाट रकम चोरी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । सहकारीको ताला फुटाएर रकम चोरी गर्ने झापा गाउँपालिका( ६ निवासी ४० वर्षीय भवानीप्रसाद विकलाई इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएका प्रहरी टोलीले पक्राउ गरेका हुन् । रकम चोरी गरेको केही घण्टाभित्रै विकलाई घरमा सुतिरहेको अवस्थामा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रहरी नायव निरीक्षक मानबहादुर जिम्वाले बताए । विकले गत बुधवार घरेलु हतियारको प्रयोग गरी सहकारीको ताला फुटाएर नगद २ लाख ७० हजार रुपैयाँ चोरी गरेका थिए । चोरी गरेको रकमबाट विकले २…

Read More

भद्रपुर, २७ जेठ । भद्रपुर बसपार्कलाई व्यवस्थित बनाउन बसपार्क व्यवस्थापन समिति गठन गरिएको छ । भद्रपुर–५ स्थित अव्यवस्थित तथा जीर्ण बन्दै गइरहेको भद्रपुर बसपार्कको भौतिक संरचना तथा विधि समस्या समाधानका लागि गरिएको एक वृहत् भेलाले रमेश श्रेष्ठको अध्यक्षतामा सो समिति गठन गरेका हुन् । समितिको उपाध्यक्षद्वयमा वासु वन, रूपमणि पोखरेल (मनिका), सचिवमा कुमार अनुरागी, सहसचिवमा सुसन लिम्बु र कोषाध्यक्षमा सुरज मेचे रहेका छन् । त्यस्तै सदस्यहरूमा जोसेब श्रेष्ठ, राजन अधिकारी, इन्ताज शेख, रुपा रानामगर, कमला विक, समीक्षा लिम्बु (कोपिला), बुद्धिकुमार राई, राम ठटाल र कैलाश तामाङ रहेका छन् । सल्लाहकार समितिको संयोजकमा ५ नम्बर वडा अध्यक्ष बन्धु कार्की, सदस्यहरूमा अनिलाल…

Read More

झापा, २७ जेठ । तेह्रथुमको लालीगुँरास नगरपालिका–९ बाट चोरीमा संलग्न एक जनालाई चोरी गरेको सुनका गरगहना र नगद सहित प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा मेचीनगर नगरपालिका–११ घर बताउने ३५ बर्षीय रोशन तामाङ रहेका छन । तामाङले जेष्ठ २५ गते बुधबार दिउसो फेदाप गाउँपालिका(२ तेह्रथुमका प्रेम प्रसाद भट्टराईको घरमा कोही नभएको मौका पारी ढोका फोडी कोठा भित्र काठको बाकसमा राखेको सुनको बिभिन्न गरगहनाहरु ५ तोला, ५ आना र नगद १ हजार रुपैया सहित चोरी गरी फरार भएका थिए । चोरी भएको सुचना पाए लगतै प्रहरी चौकी योयाक्जुङ र जिल्ला प्रहरी कार्यालय तेह्रथुमबाट खटिएको प्रहरी टोलीले खोज तलासको क्रममा…

Read More

बिर्तामोड, २७ जेठ । बिर्तामोड नगरपालिकाले वडा नम्बर ८मा रहेको किसानभिट्टा व्यवसायिक पशुपालन तथा कृषक समुहलाई बाख्रा वितरण गरेको छ । नगरको पशुपंछी तथा मत्स्य विकास शाखाको नियमित कार्यक्रम मेयर पकेट बाख्रा साटासाट अन्तर्गत शुक्रवार आयोजित एक कार्यक्रमका विच १५ जना कृषकहरुलाई ३ वटाका दरले ४५ वटा र समुहलाई एउटा बोयर जातको विउ बोको वितरण गरीएको हो । कृषकहरुलाई नगरप्रमुख पवित्रा महतारा प्रसाई,उपप्रमुख नगेन्द्र प्रसाद संग्रौला र नेकपा एमाले बिर्तामोड नगरकमिटी अध्यक्ष सुवास भट्टराईले बाख्रा वितरण गर्नु भयो । यस अघि बाख्रा प्राप्त गरेको वडा नम्बर ७को श्रीजंघा बाख्रापालन कृषक समुह र हरियाली बाख्रापालन समुहले आफ्नो दायित्व अनुसार फिर्ता गरेको…

Read More

बिर्तामोड, २७ जेठ । नेकपा एमालेका सांसद तथा पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले बिर्तामोड नगरपालिकामा नवनिर्वाचित नगरप्रमुख र उपप्रमुखलाई बधाई तथा शुभकामना दिनु भएको छ । आज नगरपालिकाको कार्यालयमा सांसद भट्टराईले नगरप्रमुख पवित्रा महतारा प्रसाईं र उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलालाई बधाई तथा शुभकामना दिनुभएको हो । भेटघाटका क्रममा नगरप्रमुख प्रसाईंले बिर्तामोड नगरपालिकाको हालको अवस्थाको बारेमा संक्षिप्त जानकारी गराउनु भएको थियो । सांसद भट्टराईले नगरको विकासका लागि आफूले सदैव सहयोग गर्ने विश्वास व्यक्त गर्नु भयो । भेटघाट कार्यक्रममा नेकपा एमाले बिर्तामोड नगर कमिटी अध्यक्ष सुवास भट्टराई, प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपाने, समाजसेवी गोपाल लकान्द्री लगायतको उपस्थिति रहेको थियो ।…

Read More

बिर्तामोड, २७ जेठ । झापाको अर्जुनधारा नगरपालिका–६ स्थित मातामन्दिर नजिकै सुविधा सम्पन्न डे केयर क्लिनिक सञ्चालनमा आएको छ । अत्याधुनिक ल्याब सेवासहित आर एण्ड आर डाइग्नोष्टिक सेन्टर सञ्चालनमा आएको हो । आज एक कार्यक्रमका बीच सेन्टरको डा.रविन्द्रका पिता ७८ वर्षीय उमेशचन्द्रलाल दास, छोरी रेबिका र रेचनाले संयुक्त रुपमा उद्घाटन गर्नुभयो । लामो समयदेखि स्वास्थ्य सेवा क्षेत्रमा क्रियाशील डा.रबिन्द्रलाल दास र डा. सिमाकुमारी सिन्हा दासले सेन्टर सञ्चालनमा ल्याउनुभएको हो । रविन्द्र र सिमाकुमारी दम्पत्ति हुन् । ‘लामो समयदेखि स्वास्थ्य क्षेत्रमा क्रियाशील छु’, अरु स्वास्थ्य क्षेत्रमा लामो अनुभव संगाल्नुभएका उहाँले आफ्नै लगानीमा क्लिनिक सुरु गरिएको बताउँदै भन्नुभयो, ‘सर्वसुलभ रुपमा गाउँघरमै सेवा गर्ने…

Read More