
बिर्तामोड, २७ जेठ । झापाको अर्जुनधारा नगरपालिका–६ स्थित मातामन्दिर नजिकै सुविधा सम्पन्न डे केयर क्लिनिक सञ्चालनमा आएको छ ।
अत्याधुनिक ल्याब सेवासहित आर एण्ड आर डाइग्नोष्टिक सेन्टर सञ्चालनमा आएको हो । आज एक कार्यक्रमका बीच सेन्टरको डा.रविन्द्रका पिता ७८ वर्षीय उमेशचन्द्रलाल दास, छोरी रेबिका र रेचनाले संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।
लामो समयदेखि स्वास्थ्य सेवा क्षेत्रमा क्रियाशील डा.रबिन्द्रलाल दास र डा. सिमाकुमारी सिन्हा दासले सेन्टर सञ्चालनमा ल्याउनुभएको हो । रविन्द्र र सिमाकुमारी दम्पत्ति हुन् । ‘लामो समयदेखि स्वास्थ्य क्षेत्रमा क्रियाशील छु’, अरु स्वास्थ्य क्षेत्रमा लामो अनुभव संगाल्नुभएका उहाँले आफ्नै लगानीमा क्लिनिक सुरु गरिएको बताउँदै भन्नुभयो, ‘सर्वसुलभ रुपमा गाउँघरमै सेवा गर्ने उद्देश्यले क्लिनिक सञ्चालनमा ल्याइएको हो, सेवाग्राहीलाई दिनभर क्लिनिकमै राखेर उपचार गरी बेलुका पठाउँछौँ ।’

‘स्पेसल टेष्ट’का लागि सुनसरीको धरान, मोरङको बिराटनगर, काठमाडौंसँगै भारतका विभिन्न स्थानमा स्याम्पल पठाउनुपर्ने र धेरै दिन कुर्नुपर्ने बाध्यता आर एण्ड आर डाइग्नोष्टिक सेन्टर सञ्चालनमा आएसँगै अन्त्य भएको क्लिनक सञ्चालकहरुको दाबी छ ।
झापासहित पूर्वी पहाडी जिल्लाका बिरामीलाई लक्षित गरेर क्लिनिक सञ्चालनमा ल्याएको हो । सेन्टरमा फिजिसियन, बालरोग, हार्डजोर्नी, गाइनो, नाक, कान, घाँटी, भिडियो एक्सरे, इसीजी, भारतको सेरम कम्पनीको अत्याधुनिक ल्याब सेवा उपलब्ध हुनेछ । डा.पोषणरमण त्रिपाटी, डा.रबिन्द्र लाल दास, डा.धिरज गिरी, डा. सिमाकुमारी सिन्हा दास, डा.यु विजय महतलगायतले क्लिनिकमा दैनिक सेवा दिनेछन् ।
सेवाग्राहीको सुविधालाई मध्यनजर गरी आगामी दिनमा विशेषज्ञ डाक्टरको सेवा पनि सञ्चालन गर्ने क्लिनिक सञ्चालकको भनाइ छ । क्लिनिकमा २०÷२५ जनाले प्रत्यक्ष रोजगारी समेत पाएका छन् ।
कार्यक्रममा फार्मेसी सञ्चालक खेमराज बस्नेत, व्यवसायी विवेक अग्रवाल, दिपचन अग्रवाल, राम उप्रेती, ल्याब टेक्निसियन बिक्रम गुप्ता लगायतले मन्तव्य राख्नुभएको थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



