झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

एजेन्सी । अन्टार्कटिकमा सूर्य अस्ताएको छ । संसारका सबैजसो ठाउँमा सधैझैँ हरेक विहान सूर्य उदाउनेछ तर अन्टार्कटिकामा भने अबको ६महिना विहान हुनेछैन । त्यहाँ अबको आधा वर्ष केवल अँध्यारो हुनेछ । अर्थात् त्यहाँ बस्ने वैज्ञानिक तथा आसपास बस्ने मानिसहरुले अब केवल अक्टोबर महिनामा मात्रै अन्टार्कटिकाको आकाशमा सूर्य देख्न पाउनेछन् । सन् २०२२ को मे १२ मा अन्टार्कटिकामा यो वर्षको अन्तिम सूर्यास्त भएको हो । जुन समय हामीकहाँ गर्मी हुन्छ त्यस बेला अन्टार्कटिकामा ठण्डी सुरु हुन्छ । कन्कार्डिया रिसर्च स्टेसनको तापक्रम माइनस ८० डिग्री सेल्सियस सम्म झर्नेछ । वास्तवमा यी छ महिनाको ठण्डी यी वैज्ञानिकहरुका लागि कुनै उपहार भन्दा कम हुँदैन…

Read More

कनकाई, ४ जेठ । कनकाई नगरपालिकाको मेयरमा राजेन्द्रकुमार पोखरेल पुनः निर्वाचित भएका छन्। पोखरेलले ८६७३ मत ल्याएका छन्। निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रुद्रप्रसाद चिमरियालाई २०१२ मतान्तरले पराजित गर्दै पोखरेल पुनः कनकाई मेयरमा निर्वाचित भएका हुन्। चिमरियाले ६६६१ मत ल्याएका छन्। त्यस्तै, जेब्रा चिन्हका स्वतन्त्र उम्मेदवार शेरबहादुर थापाले ५६९१ मत, राप्रपाका २२०५ र विवेकशील पार्टीका भीम प्रसाद अधिकारी १८४ मत ल्याएका छन्। त्यस्तै, नगरपालिकाकी उपमेयरमा नेपाली कांग्रेसकी आशा सिवाकोटी निर्वाचित भएकी छिन्। सिवाकोटीले १० हजार ७१३ मत ल्याइन्। उनले निकटतम प्रतिद्वन्द्वी एमालेकी मञ्जु प्रसाईँलाई १८६८ मतान्तरले पराजित गरेकी हुन्। नगरपालिकाकी निवर्तमान उपमेयर रहेकी प्रसाईँले ८८४५ मत ल्याएकी छिन्। त्यस्तै, राप्रपाकी सचित्रा…

Read More

भद्रपुर, ४ बैशाख । गठबन्धनका उम्मेदवारलाई पछि पार्दै बाह्रदशी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष नेकपा (एमाले) ले जितेको छ । गाउँपालिकाको अध्यक्षमा एमालेका देवीन्द्र प्रसाद चम्लागाई (देवेन्द्र) र उपाध्यक्षमा एमालेकी शान्ता देवी सिवाकोटी निर्वाचित भएका छन् । माओवादी केन्द्रसँग चुनावी तालमेल गरेका काँग्रेसले अध्यक्षमा खड्गप्रसाद राजवंशीलाई उम्मेदवार बनाए । निकटतम प्रतिस्पर्धी राजवंशीलाई २७८७ मतान्तरले पराजित गर्दै गाउँपालिकाका अध्यक्षमा एमालेका चम्लागाई निर्वाचित भएका हुन् । राजवंशी निवर्तमान गाउँपालिकाका अध्यक्ष हुन् । चम्लागाईले ७ हजार १४८ मत ल्याउँदा राजवंशी ४ हजार ३६१ मत मात्र ल्याएका छन् । त्यस्तै गाउँपालिका अध्यक्षका उम्मेदवार राप्रपाका रामकुमार सिंह राजवंशी ४०६८, जनता समाजवादी पार्टीका रङलाल राजवंशी ११४, सङ्घीय…

Read More

बनियानी, ४ जेठ । नेपाली कांग्रेसले दक्षिणी झापाको कचनकवल गाउँपालिकामा अध्यक्षसहित पूर्ण बहुमत ल्याएको छ । गाउँपालिकाको सात वडामध्ये ६ वटा वडामा प्यानलसहित गाउँपालिकाको अध्यक्ष काँग्रेसले जितेको हो । प्रमुख पदमा काँग्रेससँग गठबन्धन गरेका नेकपा एमालेले एउटा वडासहित गाउँपालिका उपाध्यक्ष जितेको छ । २०७४ सालको निर्वाचनमा राप्रपाले गाउँपालिकामा बहुमत ल्याएका थिए । काँग्रेसका कालेन्द्रप्रसाद सिंह राजवंशी गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् । राजवंशी ११ हजार ४७७ मत ल्याएका छन् । उनका प्रतिद्वन्द्वी राप्रपाका अन्जरा आलमले ६ हजार ६६७ मत ल्याएका छन् । आलम निवर्तमान गाउँपालिका अध्यक्ष हुन् । त्यस्तै माओवादीका बुद्धिप्रसाद नेपालले ६६४, जनता समाजवादी पार्टीका ज्ञानबहादुर राईले १०९ ,…

Read More

भद्रपुर, ४ जेठ । झापाको हल्दिबारी गाउँपालिकामा बहुमत ल्याउँदै राप्रपा विजयी भएको छ । राप्रपाले गाउँपालिकाको अध्यक्ष, उपाध्यक्षसहित दुई वडाध्यक्ष र ११ सदस्य जितेको छ । गाउँपालिकाको अध्यक्ष रवीन्द्र लिङ्देन पुनः निर्वाचित भएका छन् । उनले ६८५६ मत ल्याएका छन् । निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका डम्बर बहादुर गिरीलाई २१९० मतान्तरले पराजित गर्दै लिङदेन पुनः गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् । एमालेका गिरी निवर्तमान गाउँपालिका उपाध्यक्ष हुन् । गिरीले ४६६६ मत ल्याए । त्यस्तै अध्यक्षका उम्मेदवार बनेका नेपाली काँग्रेसका तुलसी प्रसाद ओलीले २७५८ र माओवादी केन्द्रका भवानीप्रसाद दंगालले ११४९ मत ल्याएका छन् । त्यस्तै, गाउँपालिका उपाध्यक्षमा राप्रपाकी लक्ष्मी देवी मैनाली निर्वाचित…

Read More

भद्रपुर, ३ जेठ । गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका रतिया राजवंशी भद्रपुर नगरपालिका वडा नम्बर ६ मा विजयी भएका छन् । माओवादी केन्द्र र एकीकृत समाजवादीबाट चुनावी तालमेल गरेका काँग्रेसले राजवंशीलाई वडा ६ को उम्मेदवार बनेका थिए । उनका निकटतम प्रतिस्पर्धी राप्रपाका ढकबहादुर विष्टलाई ४८९ मतान्तरले पराजित गर्दै राजवंशी निर्वाचित भएका हुन् । राजवंशीले ११६७ मत ल्याएका छन् । नेकपा एमालेका महतलाल राजवंशी ५१८, जसपाका शत्रुधन चौधरी ३३३ र स्वतन्त्र उम्मेदवार राजेश गुप्ताले २६७ मत ल्याए । त्यस्तै वडा सदस्यमा काँग्रेसका यदुनन्दन रौनियार १०६३ र दलित महिला सदस्य रेखादेवी साफीले १०५२ मत ल्याएर विजयी भएका छन् । गठबन्धनबाट माओवादीका वडा…

Read More

झापा, ३ जेठ । एमालेलेको लालकिल्ला भनेर चिनिने बाह्रदशी गाउँपालिका वडा नम्बर ५ मा राप्रपाको प्यानल नै निर्वाचित भएको छ । राप्रपाबाट उम्मेदवार बनेका वीरबहादुर सिंह राजवंशी वडा अध्यक्षमा निर्वाचित भएका हुन् । उनले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका जीवनाथ खरेललाई ९२ मतान्तरले पराजित गरेका हुन् । ५ नम्बरमा २०७४ सालको निर्वाचनमा एमालेले जितेको वडा हो । सो वडामा २०३८ सालदेखि एमालेले किल्ला जमाएर बसेका थिए । यस पालिकाको चुनावमा राप्रपाले एमालेको लालकिल्ला भत्काइदियो । राजवंशी १२०८ र खरेलले १११६ मत ल्याएका छन् । त्यस्तै वडा सदस्यमा राप्रपाका जय प्रसाद तिम्सिना ११०५, श्रीइच्छा बहादुर राई १०७५, महिला सदस्यमा राप्रपाकी राधिका भट्टराई…

Read More

झापा, ३ जेठ । झापाको गौरीगञ्ज, शिवसताक्षी र कमलमा रोकिएको मतगणना अझै सुचारु हुन सकेको छैन । विवादका कारण शिवसताक्षी र गौरीगञ्जको मतगणना अस्तिदेखि अवरुद्ध भएकोमा हिजोदेखि कमलको मतगणना पनि रोकिएको छ । कमल–४ को मतगणनाको नतिजामा निर्वाचन कार्यालयका कर्मचारीले गलत विवरण घोषणा गरेको भन्दै गठबन्धन दलले विरोध जनाएपछि गणना कार्य रोकिएको हो । निर्वाचन अधिकृतको कार्यालयले हिजो दिउँसो मतपरिणाम सार्वजनिक गर्दा गणकको तथ्यांकभन्दा बढी एमालेको मत घोषणा गरेको थियो । त्यस तथ्यांक गणकको संकलित विवरणसंग नमिलेपछि गंभीर लापर्वाही बाहिर आएको नेपाली कांग्रेस क्षेत्र ५ का सचिव धर्मानन्द भट्टराईले बताए । कर्मचारीको मिलोमतोमा गठबन्धनलाई हराउने उद्देश्यले त्यस्तो षडयन्त्र भएकाले जारी…

Read More

कनकाई, ३ जेठ । झापाको कनकाई नगरपालिकामा नेकपा एमालेका राजेन्द्रकुमार पोखरेलले मेयरमा अग्रता कायमै राखेका छन् । १९ हजार ७१२ मतगणना गर्दा उनको अग्रता कायमै रहेको हो । पोखरलले ६ हजार ४६१ मत पाएका छन् । त्यस्तै, कांग्रेसका रुद्रप्रसाद चिमरियाले ४ हजार ८५८ मत ल्याएका छन् । स्वतन्त्र उम्मेद्वार शेरबहादुर थापाले ४ हजार ६२३ मत प्राप्त गरेका छन् । उपमेरमा कांग्रेसकी आशा शिवाकोटीले ७ हजार ९०७, एमालेकी मञ्जु प्रसाईले ६ हजार ६६७ मत प्राप्त गरेकी छिन् ।

Read More

झापा, ३ जेठ । कनकाई नगरपालिका वडा नम्बर ४ मा नेकपा एमालेको प्यानल विजयी भएको छ । वडामा एमालेका रोशन सुवेदी वडा अध्यक्षमा निर्वाचित भएका हुन् । सुवेदीले यसअघि सोही वडाका सदस्य थिए । निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कमलप्रसाद दाहाललाई पराजित गर्दै सुवेदी निर्वाचित भए । सुवेदीले १५६८ मत ल्याउँदा दाहालले १३०६ मत ल्याए । त्यस्तै, वडा महिला सदस्यतर्फ एमालेकै लक्ष्मी कटुवाल १६४५, दलित महिला सदस्यमा मन्दिरा विश्वकर्मा १५५०, खुल्ला सदस्यमा मोहनप्रसाद संग्रौला १४८५ र शेषप्रसाद प्रसाईं १४०० मत ल्याएर विजयी भएका छन् । यसअघि कनकाई वडा नम्बर ५, ६, ७ , ८ र ९ को नतिजा सार्वजनिक भइसकेको छ…

Read More