झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, २९ भदौ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आइतबार सिंहदरबारमा पुगेर औपचारिक रूपमा पदभार ग्रहण गरेकी छन्। उनको आगमनमा सरकारी कर्मचारीहरूले स्वागत गरेका थिए। जेनजी आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएसँगै आन्दोलनको म्यान्डेटअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई भदौ २७ गते प्रधानमन्त्रीमा नियुक्त गरेका थिए। कार्की मुलुकको ४२ औँ प्रधानमन्त्री बनेकी हुन्। पदभार ग्रहणअघि प्रधानमन्त्री कार्कीले लैनचौरस्थित शहीद स्मारकमा श्रद्धाञ्जली अर्पण गरेकी थिइन्। जेनजी आन्दोलनका क्रममा देशभर ५१ जनाको निधन भएको पुष्टि गरिएको छ।

Read More

झापा, २९ भदौ । जेनजी आन्दोलनका कारण बन्द रहेका जिल्लाका सरकारी कार्यालय आजदेखि सञ्चालनमा आउने भएका छन् । प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीले आगजनीमा परेका पालिका र वडा कार्यालयबाहेक अन्य सरकारी कार्यालय सञ्चालनमा आउने बताए । “आन्दोलनका क्रममा जलेर ध्वस्त भएका नगरपालिका, गाउँपालिका र वडा कार्यालय सञ्चालनमा आउन तत्काल सम्भव छैन”, उनले भने, “बाँकी कार्यालय खोलेर आजैदेखि सेवा सञ्चालन हुन्छ ।” यही भदौ २३ गते जेनजी आन्दोलन सुरु भएयता जिल्लाको जनजीवन तनावग्रस्त थियो । जिल्लाको स्थिति सामान्य अवस्थामा फर्किएको प्रजिअ अधिकारीले बताए । जिल्लामा आज बिहानैदेखि सार्वजनिक तथा निजी यातायातका साधन निर्वाध रूपमा सञ्चालनमा आएका छन् । राजधानी, पोखरा, महेन्द्रनगर,…

Read More

झापा, २९ भदौ । काठमाडौँ महानगरपालिका–७ बौद्ध स्थित भाटभटेनी सुपर स्टोरमा छ वटा शव भेटिएको छ ।  पूर्ण रूपमा जलेको अवस्थामा ६ वटा मानव कङ्काल भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले बताए । शव पोस्टमार्टमको लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ ।

Read More

झापा, २९ भदौ । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा घाइते भएका थप चार जनाको मृत्यु भएसँगै मृतकको संख्या ५५ पुगेको छ । नेपाल प्रहरीका प्रवक्ता विनोद घिमिरेका अनुसार आन्दोलनमा जेनजी युवा, प्रहरी, कैदीबन्दी र सर्वसाधारण गरी कुल ५५ जनाको ज्यान गएको हो । मृतकहरूमाजेनजीतर्फ २१ जनाकैदीबन्दी ९ जनानेपाल प्रहरी सहायक निरीक्षकसहित ३ जनाआगलागी वा करेन्ट लागेर १८ जनाभारतीय नागरिक १ जना प्रहरीले घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतक संख्या अझै बढ्न सक्ने अनुमान गरेको छ ।

Read More

झापा, २९ भदौ । नवनियुक्त अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले आज बिहान ११ बजे सिंहदरबारमा पुगेर पदभार ग्रहण गर्ने कार्यक्रम तय भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतका अनुसार गृह मन्त्रालयको नयाँ भवनमा प्रधानमन्त्री कार्यालय सञ्चालन गरिनेछ। शुक्रबार शपथग्रहणपछि पदभार ग्रहणको तयारी भए पनि शपथमा ढिलाइ हुँदा कार्यक्रम स्थगित गरिएको थियो। आन्दोलनका क्रममा बालुवाटारस्थित प्रधानमन्त्री निवासमा क्षति पुगेकाले कार्की हाल आफ्नै निजी निवासमा बसिरहेकी छन्।

Read More

झापा, २९ भदौ । जेनजी समूहद्वारा गरिएको प्रदर्शनपछिको तोडफोड र आगजनीका कारण उत्पन्न आर्थिक दबाब व्यवस्थापन गर्न अर्थ मन्त्रालयले अस्थायी रूपमा सरकारको भुक्तानी प्रणाली बन्द गरेको छ। महालेखा नियन्त्रक कार्यालयले बिहीबारदेखि सरकारी खर्च रोकिएको जानकारी दिएको छ। महालेखा नियन्त्रक शोभाकान्त पौडेलका अनुसार, नयाँ सरकारको प्राथमिकता र वर्तमान परिस्थितिलाई ध्यानमा राख्दै खर्च प्रणाली बन्द गरिएको हो। यसले भविष्यमा खर्च अभाव हुन नदिन सहयोग गर्ने अपेक्षा गरिएको छ। प्रदर्शनका मुख्य दिनहरू भदौ २३ र २४ मा आठ अर्ब रुपैयाँ सरकारी खातामा थपिएको भए पनि भदौ २४ मा मात्र एक अर्ब र भदौ २५ मा २९ करोड रुपैयाँ मात्र राजस्व संकलन भएको छ…

Read More

झापा, २९ भदौ । नेपाल राष्ट्र बैंकले रु एक अर्ब २० करोड बराबरको रकम बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । बैंकको उपदान तथा पेन्सन कोषमा रहेको रकम लगानी गर्नु परेकाले इच्छुक बैंक तथा वित्तीय संस्थालाई सहभागिताका लागि आग्रह गरेको छ । केन्द्रीय बैंकले यही भदौ ३० गतेभित्र निवेदन दिन आग्रह गरेको छ । राष्ट्र बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा रु एक अर्ब चार करोड, ‘ख’ वर्गका विकास बैंकमा रु १९ करोड ५० लाख र ‘ग’ वर्गका वित्त कम्पनीमा रु छ करोड ५० लाख बराबरको रकम लगानी गर्नेछ । बैंकबाट तोकिएको न्यूनतम कुल पुँजीकोष कायम रहेको…

Read More

झापा, २९ भदौ । सन्तानको सौर्यवृद्धि र कल्याणको कामना गर्दै मधेसको प्राचीन मिथिला क्षेत्रका आमाहरूले आज जितिया पर्वको व्रत सुरु गरेका छन् । शनिबार बिहान पवित्र जलाशयमा नुहाएर व्रत सङ्कल्प गर्दै मध्यरातपूर्व ‘ओगटन’ (दर) खाएसँगै सन्तानवती मिथिलानी (मिथिलाका नारी)ले निराहार व्रत सुरु गरेका हुन् । पितृपक्ष पनि भनिने असोज कृष्णपक्षको अष्टमी तिथिमा यो व्रतको परम्परा छ । शनिबार मध्यरातपछि तत्काल अष्टमी तिथि नलागे पनि व्रतको दिन सुरु भएको हुँदा मिथिलानीले ‘ओगटन’ पछि उपवास सुरु गर्नुपरेको हो । अष्टमी तिथि आज बिहान ८ः४४ बजेदेखि सुरु हुने भए पनि व्रत भने शनिबार मध्यरातपछि सुरु भएको बर्दिबास–२ ॐ शान्तिचोककी बर्तालु नगिनादेवी महतोको भनाइ…

Read More

झापा, २९ भदौ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले मधेस र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा साथै बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर साधरणतया बदली रहनेछ । देशका पहाडी भूभागका केही तथा तराई भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । आज राति…

Read More

अर्जुनधारा, २८ भदौ । जेनजी आन्दोलनका क्रममा झापाको अर्जुनधारा नगरपालिकाबाट चोरी भएका सामान फिर्ता गर्न नगरपालिकाले सूचना जारी गरेको छ। नगरपालिकाले एक सूचना जारी गर्दै आन्दोलनका क्रममा चोरी भएका सामान फिर्ता गर्न भनेको हो । चोरी भएका सामान फिर्ता नगरिए भिडियो र फोटोको आधारमा पहिचान गरी कानुन बमोजिम कारबाही गरिने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनोज कुमार घिमिरेले बताउनुभयो । चोरी गर्ने व्यक्तिहरूको पहिचान भइसकेकाले सामान फिर्ता गर्न सूचना जारी गरिएको बताउनुहुँदै उहाँले सामान फिर्ता गर्नेको नाम गोप्य राखिने बताउनुभयो । नगरपालिकाले जारी गरेको सूचनामा भनिएको छ – यस कार्यालय तथा वडा कार्यालयहरुमा मिति २०८२/०५/२४ गते भएको आगजनी तथा तोडफोडको घटना…

Read More