
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, २३ पुस । बझाङको साइपाल गाउँपालिका–२ का तिलक विक २०६२ सालमा साइपाल हिमाल आरोहणमा गए। बेसक्याम्प आसपासका स्थानमा टम्म हिउँ थियो। बाजा राईढुंगी छेउछाउका हिमनदीमा हिउँकै साँघु थिए । ‘ससाना हिमनदी तर्न हिमसाँघु ९हिउँ जमेर बनेका ससाना पुल० थिए। हामी धेरै हिमनदीमा जमेको हिउँको साँघु तरेका थियौं। तर, अहिले ती स्थानमा काठका साँघु बनाइएका छन्’, विक भन्छन्, ‘करिब १ हजार मिटरसम्म हिउँ पग्लिएको छ।’ उक्त हिमाल चीनको तिब्बतसँग जोडिएको क्षेत्र हो। ‘दुई दशकअघि साइपाल हिमाल जाँदा ४ हजार मिटरको उचाइमै हिउँ सुरु हुन्थ्यो’, उनी भन्छन्, ‘तर, अहिले ६ हजार मिटरबाट मात्रै हिउँ देख्न पाइन्छ।’ हिमालमा वैशाख र जेठमा पनि…
झापा, २३ पुस । बीमा समितिले बीमा अभिकर्ताहरूलाई कर्जा दिने विषयमा नीतिगत रूपमै रोक लगाएको छ । समितिले संस्थागत सुशासनसम्बन्धी निर्देशिका संशोधन गर्दै बीमा कम्पनीबाट अभिकर्ताहरूलाई दिइने कर्जामा रोक लगाएको हो । अभिकर्तालाई कर्जा प्रदान गर्ने व्यवस्था बीमा व्यवसायमा अनुत्पादक भएको बताउँदै समितिले यसमा रोक लगाएको हो । र, यसअघि जीवन बीमा कम्पनीहरूले आफ्ना बहालवाला अभिकर्तालाई कर्जा दिन सक्ने व्यवस्था थियो । समितिले अहिले आएर उक्त व्यवस्थालाई हटाएको हो । समितिका कार्यकारी निर्देशन राजुरमण पौडेलले अब कम्पनीहरूले अभिकर्तालाई कर्जा दिन नपाउने बताए । कम्पनीहरूले अब बीमित र कर्मचारीहरूलाई मात्र कर्जा दिन पाउने उनको भनाइ छ । आजको आर्थिक अभियान दैनिकमा…
झापा, २३ पुस । नेकपा एमालेले दशौँ राष्ट्रिय महाधिवेशनपछि पहिलो पटक आजदेखि मुलुकका सबै जिल्ला कमिटीका अधिवेशन गर्दैछ । महाधिवेशनपूर्व तोकिएको एकै दिनमा पालिकास्तरको अधिवेशन तथा प्रतिनिधि छनोट कार्य गरेको एमाले अब जिल्ला र प्रदेश अधिवेशनका लागि जुटेको हो । पार्टी अध्यक्ष केपी शर्मा ओलीले आज जिल्ला अधिवेशनको उद्घाटन थापाथालीस्थित केन्द्रीय कार्यालयको एक्सन रूमबाट एकैसाथ भर्चुअलरुपमा गर्ने तय भएको एमालेका केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।
भद्रपुर, २३ पुस । झापाको कचनकवल गाउँपालिकाको पथरियामा बिहीबार हाडजोर्नी तथा नसा रोगसम्बन्धी बृहत निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ । दुरदराजका विपन्न समुदाय तथा मजदूरहरुलाई लक्षित गरेर काठमाडौंस्थित नेपाल अर्थोपेडिक अस्पतालको आयोजना एवम् रोटरी क्लव अफ भद्रपुर, इनरह्विल क्लव अफ भद्रपुर, रोट्रयाक्ट क्लव अफ भद्रपुर, इन्ट्रयाक्ट क्लव अफ भद्रपुर र नेपाल अपाङ्ग संघ, खगेन्द्र नवजीवन केन्द्र झापाको व्यवस्थापनमा कचनकवल २ नं वडा कार्यालय परिसरमा आयोपजत शिविरमा नेपाल अर्थोपेडिक अस्पतालका मेडिकल डाइरेक्टर वरिष्ठ हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डा युवराज खरेलको नेतृत्वमा रहेको चिकित्सकयि टोलीले बिरामीको चेकजाँज गरेको थियो । शिविरमा कचनकवलका दूरदराजबाट बृद्धबृद्धा, विपन्न परिवार र मजदुरहरु उल्लेख्य मात्रामा…
झापा, २३ पुस । मेची–महाकाली विद्युतीय रेलमार्गको काँकडभिट्टा–इनरुवा खण्ड अन्तर्गत झापाको जग्गा अधिग्रहण तथा मुआब्जा क्षतिपूर्ति निर्धारणका लागि आवश्यक प्राविधिक काम तत्काल सम्पन्न गर्ने निर्णय भएको छ । झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाको अध्यक्षतामा जिल्लास्थित राजनीतिक दल तथा सरोकारवाला निकायका प्रतिनिधिको बिहीबार जिल्ला प्रशासन कार्यालयमा भएको बैठकले त्यस्तो निर्णय गरेको हो । प्रजिअ तिमिल्सिनाले प्रशासन कार्यालयका तर्फबाट हालसम्म भएको पहल र प्रगति बारे जानकारी गराएका थिए । रेल्वेका लागि नक्सांकन भएका झापाका ६ वटै पालिकाको वडास्तरसम्म पुगेर रेल्वे प्रभावित क्षेत्रको लगत सङ्कलन कार्य सम्पन्न भएको र यसबारेमा केही प्रमाणीकरण गर्न बाँकी रहेको भए तत्काल सम्पन्न गर्ने निर्णय भएको छ…
इलाम, २२ पुस । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एमसीसीबारे अध्ययन समितिको रिपोर्ट आएपछि मात्र टुंगो लाग्ने बताएका छन् । इलाम सदरमुकाममा नेपाल प्रेस युनियनले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा महामन्त्री शर्माले त्यस्तो बताएका हुन् । त्यस्तै, शर्माले राजनीतिक इगो र आवेगमा संसदलाई बन्धक बनाउनु नहुने बताए । शर्माले भने, ‘मैले दुई दुई पटक विघटन गरेको संसद चल्न दिन्न भन्ने आवेग पूर्वप्रधानमन्त्री केपी ओलीमा देखिन्छ । यदि त्यस्तो हो भने स्थिरताको कल्पना गर्न सकिँदैन ।’ एमालेले आफ्नो पार्टीले निष्कासन गरेको सांसदलाई संसदको बैठकमा राख्न नहुने भन्दै निरन्तर रूपमा सदनमा अवरोध गरिरहेको छ । शर्माले कुनै अथोरेटीले (सभामुखले) गरेको निर्णयमा असहमति…
झापा, २२ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले नेपाललाई हिन्दु राष्ट्र बनाउन आवश्यक भइसकेको बताएका छन् । बिहीबार धनगढीको पार्कमोडमा राष्ट्रिय प्रजातन्त्र पार्टीको सुदूरपश्चिमस्तरीय आमसभालाई सम्बोधन गर्दै उनले हिन्दु राष्ट्र र राजसंस्था बिना देश अन्योलमा परेको दाबीसमेत गरे । राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दु राष्ट्र र राजतन्त्र नेपालमा आवश्यक छ भनेर २०६२÷०६३ सालदेखि नै भन्दै आएको पनि उनले स्मरण गराए । ‘मुख्य राजनीतिक दलहरुले धर्मलाई हस्तक्षेप गरे, धर्मनिरपेक्ष राष्ट्र बनाए । यसले उल्टै देशमा अराजकता र अन्यौलको स्थिति सिर्जना ग¥यो,’ उनले भने, ‘समय ढिलो भइसकेको छ, अब राष्ट्रलाई बचाउन हिन्दु राष्ट्र र राजतन्त्रको आवश्यता भइसक्यो ।’ आफूहरुले भोट माग्नका…
विराटनगर, २२ पुस । प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादवले जिल्ला अस्पताल इनरुवामा आज विहान छड्के अनुगमन गर्नु भएको छ । इनरुवा अस्पतालमा आएका विरामीलाई अन्यत्र रेफर गर्ने गुनासो बढेपछि मन्त्री यादव विहानै अस्पताल पुग्नु भएको थियो । मन्त्री यादवले अस्पतालको फार्मेसी कक्ष, विरामीको अवस्था, सरसफाई, एक्स–रे कक्ष लगायतका कोठाहरुमा पुगेर अनुगमन गर्नुभएको मन्त्रीका स्वकीय सचिव देवेन्द्रप्रसाद यादवले जानकारी दिनुभयो । मन्त्री यादवसँगै सुनसरीको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले पनि अनुगमन गर्नुभएको थियो । अनुगमनका क्रममा विशेषज्ञ चिकित्सको अभाव, सरसफाईमा कमी, औषधीको अभाव लगायतका समस्याहरु देखा परेको मन्त्री यादवले बताउनुभयो । उहाँले इनरुवा अस्पताललाई सुधार गर्ने आफ्नो प्रमुख…
बिर्तामोड, २२ पुस । बिर्तामोडस्थित मनकामना कलेजमा साताब्यापी खेलकुद प्रतियोगिता सुरु भएको छ । कलेजको खेल मैदानमा बुधबारदेखि अन्तर कक्षागत भलिबल प्रतियोगिता सञ्चालन भएको हो । विभिन्न तहका १० वटा टिमबीच सञ्चालित भलिबल प्रतियोगिताको उद्घाटन क्याम्पस प्रमुख प्रेमप्रसाद भट्टराईले गरेका थिए । बिए, बिबिएस, बिएसडब्ल्यु, बिएड, कक्षा ११, कक्षा १२, कम्प्युटर साइन्स, बिजनेश स्टडिज लगायतका भिन्न कक्षाहरुबाट टिम तयारी गरी आन्तरिक प्रतिष्पर्धा भइरहेको हो । अनुशासन, गतिशलिता र स्वास्थ्यका लागि खेलकुद अपरिहार्य हुने भएकाले विद्यार्थीहरुमा खेलप्रतिभाको विकास गर्ने कलेजभित्र यस्तो प्रतियोगिता हरेक वर्ष सञ्चालन गर्दै आएको उद्घाटन मन्तब्यका क्रममा क्याम्पस प्रमुख भट्टराईले बताए । शिक्षा भनेको किताबभित्रको कुरा जानेर ब्याख्या…