झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, २४ बैशाख । नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ । विगत केही दिनदेखि निरन्तर बढ्दै आएको अमेरिकी डलरको भाउ आज भने घटेको छ। आज पाउन्ड, कुवेती र बहराइन दिनारको पनि मूल्य पनि घटेको छ । तर, अस्ट्रेलियन डलर र युरोको मूल्य भने बढेको राष्ट्र बैंकले जनाएको छ । आज अमेरिकी डलर १ को खरिददर १५१ रुपैयाँ ०८ पैसा र बिक्रीदर १५१ रुपैयाँ ६८ पैसा छ । हिजो अमेरिकी डलर १ को खरिददर १५२ रुपैयाँ १६ पैसा र बिक्रीदर १५२ रुपैयाँ ७६ पैसा थिया। अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै सबैभन्दा महँगो हो । विगत…

Read More

झापा, २४ बैशाख । एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले दोहोरो सुविधाको गाडी सरकारलाई फिर्ता गरेका छन् । बुधबार ओलीले दोहोरो सुविधाको गाडी सरकारलाई फिर्ता गरेका प्रधानमन्त्री कार्यालयले जनाएको छ । गृह मन्त्रालयले दोहोरो सुविधामा लिएको गाडी फिर्ता गर्न पत्र पठाएपछि ओलीले बा.१३ च ६४३७ नम्बरको निजी नम्बर प्लेटको गाडी फिर्ता गरेका हुन् ।

Read More

झापा, २४ बैशाख । सरकारले निजामती सेवा र स्वास्थ्य सेवाका राष्ट्रियस्तरका १२ वटा ट्रेड युनियनको दर्ता खारेज गरेको छ । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले आज नेपाल निजामती सेवा ऐन, २०७४ अनुसारका आठ र नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ अन्तर्गतका चार वटा ट्रेड युनियनको दर्ता खारेज गरेको हो । निजामती अन्तर्गतका नेपाल निजामती कर्मचारी सङ्गठन, नेपाल निजामती कर्मचारी युनियन, नेपाल राष्ट्रिय निजामती कर्मचारी सङ्गठन, नेपाल मधेसी निजामती कर्मचारी मञ्च, नेपाल स्वास्थ्यकर्मी सङ्घ, मधेसी स्वास्थ्यकर्मी फोरम नेपाल, एकीकृत सरकारी कर्मचारी सङ्गठन नेपाल र स्वतन्त्र राष्ट्रसेवक कर्मचारी सङ्गठन नेपालको दर्ता खारेज भएको छ । यस्तै स्वास्थ्य सेवाअन्तर्गतका नेपाल स्वास्थ्यकर्मी युनियन, स्वास्थ्यकर्मी युनियन…

Read More

धरान, २४ बैशाख । धरान उपमहानगरपालिका–१३ र २० को सिमानामा रहेको श्रम संस्कृति पार्क पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बनेको छ। पहिले सुनसान जङ्गल रहेको क्षेत्र श्रमदानमार्फत विकास भएपछि अहिले लोकप्रिय पर्यटन गन्तव्य बनेको हो। विशेषगरी पानीको फोहरा, फूलबारी, चौतारा र हरियालीले पर्यटकलाई लोभ्याइरहेका छन्। पार्कभित्र स्थानीय जनजीवन झल्काउने प्रतिमा, किरात संस्कृतिसँग सम्बन्धित संरचना, गोर्खा चौतारी, ज्येष्ठ नागरिक पार्क, चिल्ड्रेन पार्कलगायत दर्जनौँ आकर्षण थपिएका छन्। पार्क बनेपछि आसपासमा होटल–खाजा पसलको सङ्ख्या बढेको छ भने दैनिक सयौँदेखि हजारौँ पर्यटक आउने गरेका छन्। बिदामा पाँच हजारसम्म आगन्तुक भित्रिने गरेको पार्क संरक्षण समितिले जनाएको छ। हाल पार्कमा २५–२८ जनाले रोजगारी…

Read More

इलाम, २४ बैशाख । सामाजिक सञ्जालमा ‘अव्यवस्थित बसोबासी हटाइने’ भन्ने हल्ला चलेपछि रोङ गाउँपालिकाले पुर्जा वितरणको काम अन्तिम चरणमा पुगेको जनाएको छ । गाउँपालिका अध्यक्ष मणिकुमार स्याङ्बो (सुवास) का अनुसार गाउँपालिकामा एक हजार ८५७ घरपरिवार अव्यवस्थित रहेकामा हालसम्म १५२ घरपरिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण सम्पन्न भइसकेको छ । बाँकीलाई पनि प्रमाणपत्र वितरणको काम अन्तिम चरणमा पुगेको छ । “रोङमा भूमिहीन दलित चार, भूमिहीन सुकुमवासी ६९ र एक हजार ७८४ अव्यवस्थित बसोबासी छन्”, अध्यक्ष स्याङ्बोले भन्नुभयो, “वडा नं १ का १५२ घरपरिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण सकिएको छ । बाँकीको काम अन्तिम चरणमा छ । लगत सङ्कलन, प्रमाणीकरण र नक्साङ्कनको कार्य सकिएको छ…

Read More

झापा, २४ बैशाख । हाल नेपालमा पश्चिमी र स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको छ । यसको प्रभाव रहँदा हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ, तराई भू–भागमा आंशिक बादल लाग्नेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशको हिमाली र पहाडी भू–भागका केही स्थानहरूमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षा÷हिमपात साथै बाँकी तराई भू–भागका थोरै स्थानहरूमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यसैगरी, आज राति कोशी प्रदेशलगायत देशका हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ र बाँकी भूभागमा आंशिक बादल लाग्नेछ । कोशी प्रदेशका थोरै स्थानहरूमा…

Read More

झापा, २३ बैशाख । सरकारले सुकुम्बासीमा बस्तीमा चलाएको डोजरको विरोध गर्दै झापामा पनि सुकुम्बासी आन्दोलित बनेका छन् । अखिल नेपाल सुकुम्बासी संगठन दमक नगर समिति र राष्टि«य अधिकार आयोग नेपाल झापाले आज विरोध प्रदर्शन गरेका छन् । दमक–५ गोर्खा डिपार्टमेन्टबाट अखिल नेपाल सुकुम्बासी संगठन दमक नगर समिति झापाको अयोजनामा अखिल नेपाल सुकुम्बासी संघ दमक नगर अध्यक्ष श्याम कुमालको नेतृत्वमा उपस्थित सुकुम्वासी र समर्थकले विभिन्न नाराहरु लेखिएका पम्प्लेटसहित पैदल र्‍यालि सुरु गरेका थिए । उक्त र्‍याली दमक–६ गणतन्त्र चोक, गोल्डेन गेट, फर्निचर लाइन, देवकोटा चोक, थानारोड गणतन्त्र चोक हुँदै दमक–५ स्थित आकाशेपुलमा पुगेर कोणसभामा परिणत भएको थियो । यसैगरी, बिर्तामोड–३ मा…

Read More

झापा, २३ बैशाख । हिजोको तुलनामा आज स्थानीय बजारमा सुनचाँदीको भाउ बढेको छ । सुन तोलामा पाँच हजार ८०० र चाँदी १७५ ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला दुई लाख ९६ हजार ८०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु पाँच हजार ५५ कायम भएको छ । हिजो मङ्गलबार एक तोला छापावाल सुन रु दुई लाख ९१ हजार र त्यति नै परिमाणको चाँदी रु चार हजार ८८० मा किनबेच भएको थियो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ६३० र त्यति नै परिमाणको चाँदी ७४ अमेरिकी…

Read More

भैरहवा, २३ बैशाख । रुपन्देहीको सिद्धार्थनगरस्थित एक क्यासिनोमा जुवा खेलिरहेका अवस्थामा १९ नेपाली नागरिक पक्राउ परेका छन् । लुम्बिनी प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय रुपन्देहीको संयुक्त टोलीले सिद्धार्थनगर नगरपालिका–१० मा रहेको होटल गौतमबुद्ध इन्टरनेसनलभित्र सञ्चालित रोयल कालिङ्गा क्यासिनोमा गए राति छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दका अनुसार पक्राउ पर्नेमा क्यासिनो व्यवस्थापनमा संलग्न चार जना र जुवा खेलिरहेका १५ जना छन् । उनीहरूलाई विशेष सूचनाका आधारमा सञ्चालन गरिएको अपरेसनका क्रममा नियन्त्रणमा लिइएको जनाएको छ । पक्राउ परेकाहरू विभिन्न जिल्ला तथा रुपन्देही क्षेत्रका रहेको जनाइको छ । उहाँका अनुसार…

Read More

झापा, २४ बैशाख । झापाको शिवसताक्षी नगरपालिका–९ स्थित चिल्लागढ धाम नजिकै कलेजको बस दुर्घटनामा परेको छ । आज बिहान शिवसताक्षी–९ चिल्लागढ धाम नजिक भित्रि सकड खण्डमा ब्याङ्डाडाबाट बिर्तामोडतर्फ जाँदै गरेको बिर्तामोड–१ स्थितमा रहेको इको होम कलेजको प्र १–०१–००१ क १३१४ नम्बरको बस अनियन्त्रित भई सडक छेउमा पल्टिएर दुर्घटना भएको हो । दुर्घटनामा बसमा सवार चालकसहित ५ जना मध्ये ४ जना समान्य घाइते भएका छन् । उनीहरुलाई उपचारको लागि बिर्तासिटि अस्पताल बिर्तामोड पठाइएको र बस चालक प्रहरीको नियन्त्रण रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । दुर्घटनामा बुद्धशान्ति–४ का २४ वर्षीय सहचालक प्रकाश सिलुवाल, शिवसताक्षी–८ का १८ वर्षीय इसान पकवाल, १८…

Read More