झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, १६ भदौ । भारतबाट नेपाल प्रवेश गर्ने क्रममा प्रतिबन्धित लागुऔषधसहित एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।  इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको टोलीले झापा जिल्ला मेचीनगर नगरपालिका–६ स्थित पुरानो मेचीपुल नजिकै शंका लागी चेकजाँच गर्दा अर्जुनधारा नगरपालिका–२ निवासी २८ वर्षीय प्रकाश योङहाङको साथबाट प्लास्टिक बाहेक २ ग्राम ३२० मिलिग्राम खैरो हेरोइन फेला परेको हो। प्रहरीले उनलाई लागुऔषधसहित नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ।

Read More

झापा, १६ साउन । नेपालको पहिलो फ्रिलाइन्स प्लेटफर्म ‘यहा छ’ एप सार्वजनिक भएको छ।  रोजगार र सीपलाई प्रविधिसँग जोड्न उद्देश्यले निर्माण गरिएको यो एप आज सार्वजनिक गरिएको हो । ROOTDEVS सफ्टवेयर डेभलपमेन्ट प्रालि.ले निर्माण गरेको यो एपको आज बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतारा प्रसाईंले सार्वजनिक गर्नुभएको हो ।

Read More

काठमाडौँ, १६ भदौ । भाद्र शुक्ल पूर्णिमाका दिन यही भदौ २२ गते आइतबार खग्रास (पूरै ढाकिने) चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । ग्रहणले भदौ २२ गते राति १० बजेर ११ मिनेटमा स्पर्श गर्ने समितिले स्वीकृति दिएको पात्रो (पञ्चाङ्ग) मा उल्लेख छ । राति ११ः ५६ मा चन्द्रग्रहणको मध्य हुनेछ । राति ०१ः ४१ बजे ग्रहण सकिने समितिका पूर्वअध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए । साढे तीन घण्टा काठमाडौँबाट चन्द्रग्रहण देखिने पनि उनले सुनाए । यो ग्रहण विसं २०८२ को पहिलो ग्रहण हो । यसै वर्ष आगामी फाल्गुन शुक्ल पूर्णिमामा पनि खण्डग्रास चन्द्रग्रहण लाग्ने समितिले जनाएको छ…

Read More

बिर्तामोड, १६ भदौ । आगामी कात्तिक तेस्रो सातादेखि सुरु हुने पहिलो संस्करणको झापा महिला गोल्डकपमा सदस्यता लिनेको संख्या दुई सय नाघेको छ । झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा हुने प्रतियोगिताका लागि सदस्य बन्न उत्साहजनक सहभागिता भइरहेको गोल्डकपका अध्यक्ष सन्तोष थोप्रा लिम्बूले जानकारी दिए । गोल्डकपले भदौबाट सुरु गरेको सदस्यता अभियानअन्तर्गत १० हजार शुल्क तिरेर सदस्य बन्नेको संख्या दुई सय नाघेको हो । गोल्डकपको सदस्य बन्न झापासहित देशभर र विदेशमा रहेका नेपालीले पनि इच्छा देखाएका छन् । दीर्घकालीन रुपमा गोल्डकपलाई अघि बढाउन संस्थापक सदस्यता योजना ल्याइएको हो । सदस्यलाई प्रतियोगितामा विशेष सुविधा दिने तयारी गरिएको सचिवालय प्रमुख हिमाल खरेलले जानकारी दिए ।…

Read More

एजेन्सी, १६ भदौ । अफगानिस्तानको जलालाबाद नजिकै गएराति गएको ६ म्याग्निच्युडको भूकम्पमा ज्यान गुमाउनेको सङ्ख्या छ सय पुगेको छ । भुकम्पमा कैयौं घाइते भएको बीबीसीले जनाएको छ । घाइतेहरुको सङ्ख्या उल्लेख भएको छैन । अमेरिकी भू–गर्भ सर्वेक्षण (यूसजीएस) का अनुसार भूकम्प जलालाबाद शहरबाट १७ माइल टाढा र झन्डै पाँच माइलको गहिराइमा गएको हो । भूकम्पपछि ५।२ म्याग्निच्युड सम्मका कम्तीमा पाँचवटा पराकम्पन पनि गएराति छन् । अफगान स्वास्थ्य मन्त्रालयका अनुसार प्रभावित क्षेत्र दुर्गम र हिमाली भू–भाग भएकाले वास्तविक क्षति र जनधनको नोक्सानीबारे पूर्ण विवरण आउन समय लाग्नेछ । उहाँले उद्धारका लागि ठूलो अभियान शुरु गरिएको र सयौं जनशक्ति परिचालन गरिएको जानकारी…

Read More

झापा, १६ भदौ । प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र क्वारेन्टिन कार्यालय काँकडभिट्टाबाट चालू आर्थिक वर्ष २०८२–८३ को साउन महिनामा १ अर्ब २३ करोड ५३ लाख ८६ हजार रुपैयाँ बराबरको कृषिजन्य वस्तु निर्यात भएको छ । कार्यालयका सूचना अधिकारी सन्तोष थापाका अनुसार निर्यात हुने मुख्य वस्तुहरुमा अलैँची, चिया, प्लाइ तथा भेनियर, अदुवा, अम्लिसोलगायत छन् । एक महिनाको अवधिमा सबैभन्दा धेरै चिया ३७ करोड ९८ लाख ६८ हजार रुपैयाँको, अलैँची ३२ करोड ४३ लाख २१ हजार रुपैयाँको, प्लाइ तथा भेनियर २६ करोड ८७ लाख रुपैयाँको, अम्लिसो आठ करोड ८७ लाख रुपैयाँ मूल्य बराबरको निर्यात भएको छ । यसैगरी कार्यालयको तथ्याङ्कअनुसार अदुवा…

Read More

बिर्तामोड, १६ भदौ । प्रदेश राजधानी विराटनगरमा ‘गणतन्त्र अगाडि र पछाडिको नेपाल’ तुलनात्मक अध्ययन पुस्तकमाथि विमर्श सम्पन्न भएको छ । मार्क्सवादी ज्ञान केन्द्र द्वारा लिखित पुस्तकको विमर्श सम्पन्न भएको हो । समाजमा व्याप्त व्यवस्थाप्रतिको भ्रम तथ्याङ्कमै चिरफार गर्नु र पुस्तकको दोस्रो संस्मरणका लागि आवश्यक सुझाव लिनु कार्यक्रमको उद्धेश्य रहेको मार्क्सवादी ज्ञान केन्द्र कोशी प्रदेशका अध्यक्ष सीता कडरियाले जानकारी दिइन् । कार्यक्रममा नेकपा एमालेका नेता घनश्याम खतिवडा, नेकपा माओवादी केन्द्रका १ नम्बर प्रदेश अध्यक्ष हर्क नेम्बाङ (मिक्सो), नेपाली कांग्रेसका प्रवक्ता यदु बिष्ट लगायतले सुझाव राखेका थिए । प्राध्यापक कृष्ण पोख्रेल र उपप्राध्यापक इन्दिरा प्रसाईले पुस्तकमाथि विमर्श गरेका थिए । मार्क्सवादी ज्ञान…

Read More

बनियानी, १६ भदौ । कोशी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र राईले सम्पन्न नभएका योजनाहरुको छलफल अब पर्दा पछाडि नहुने बताउनुभएको छ । भौतिक पूर्वाधार विकास कार्यालय झापाले आइतबार यहाँ आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा मन्तव्य राख्नुहुँदै मन्त्री राईले संघ, प्रदेश र स्थानीय सरकारले सञ्चालन गरेका थुप्रै योजना रहेको बताउनुहुँदै सम्पन्न नभएका योजनाहरुको छलफल पर्दा पछाडि नहुने बताउनुभयो । “थुप्रै आयोजना सञ्चालनमा छन्, नागरिकको गुनासो पनि धेरै छ”, उहाँले भन्नुभयो, “अब सम्पन्न नभएका योजनाको छलफल पर्दा पछाडि हुँदैन ।” निर्माण व्यवसायी, मन्त्री र कर्मचारी मिलेर पैसा झ्वाम पार्ने अनि नागरिक अलपत्र सडकमा हिँड्नुपर्ने भन्ने आमनागरिकको गुनासो रहेको उहाँले उल्लेख गर्नुभयो…

Read More

राजेश ढुंगानाकेही दिनकतै कोही मरेनकहीं कसैलेकसैलाई मारेनशान्त थियोर,म प्रतिद्वन्दीविहीनएक्लो दौडमा थिएँनिर्विकल्प विजेता मसबै सिद्धिएरआफ्नो मात्र एकछत्र शासनकोकोमल आसनमाथिगजधम्म बसेरअरु सबैलाईआफूभन्दापुड्का र होचादेख्न थालें एक दिनएकाबिहानै कसैलेमेरो ढोकाढकढक ढक्ढक्यायोचुकुल खोलेर हेर्दाउहीआतंक पो मुस्कुराइरहेछजसलाई मअर्काको विरुद्ध काम लगाउथें म उसलाईभित्र पस्ने निम्तो दिँदैदिनभरि सत्कार गर्दै बसेंउसलेमेरा प्रतिद्वन्दीहरू समाप्तिकोएक…एक कथानबिराइ..नबिसाइ सुनाउँदै गयो साँझपख मैलेजब उसलाई आजको दिनकोअन्तिम सत्कार गर्नकेही बाँकी छ कि ?सोधेको मात्र के थिएँउसले मलाई नै पोझम्टेर आक्रमण गर्योमेरो प्रतिद्वन्दीको आदेशमा आतंकउसको भएनमेरो आदेशमारमेरो पनि रहेनउसको हुकुममा…

Read More

झापा, १६ भदौ । झापाको अर्जुनधारा नगरपालिका–२ बेल्टारस्थित घिमिरे चोक हुँदै अवैध रूपमा काठ तस्करी भइरहेको सूचनाको आधारमा सशस्त्र प्रहरीले सालको गोलिया काठसहित पिकअप गाडी र चालकलाई नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल, नेपाल ईन्टेलिजेन्स ब्यूरोको सूचनाका आधारमा भदौ १४ गते राति सुरक्षा बेस खुदुनाबारीबाट खटिएको टोलीले लु. १ च ६८४३ नम्बरको पिकअप गाडीमा चोरी तस्करी गरी ल्याइँदै गरेको ५ थान सालको गोलिया काठ बरामद गरेको हो । गाडी चालक ३८ वर्षीय रबिन्द्र बुढाथोकी (अर्जुनधारा नगरपालिका–३ निवासी) लाई समेत नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि सव डिभिजन वन कार्यालय सुरुङ्गामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ । प्रहरीले काठ तस्करीमा संलग्न…

Read More