
झापा, १६ भदौ । भारतबाट नेपाल प्रवेश गर्ने क्रममा प्रतिबन्धित लागुऔषधसहित एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको टोलीले झापा जिल्ला मेचीनगर नगरपालिका–६ स्थित पुरानो मेचीपुल नजिकै शंका लागी चेकजाँच गर्दा अर्जुनधारा नगरपालिका–२ निवासी २८ वर्षीय प्रकाश योङहाङको साथबाट प्लास्टिक बाहेक २ ग्राम ३२० मिलिग्राम खैरो हेरोइन फेला परेको हो।
प्रहरीले उनलाई लागुऔषधसहित नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



